बिल गेट्स भन्छन्, ‘टिकटकसँगको सम्झौता विषकुम्भं पयोमुखम् हो’

माइक्रोसफ्ट कम्पनीका सहसंस्थापक बिल गेट्सले टिकटक किन्नका लागि भइरहेको सम्झौतालाई पोइजन च्यालिस अर्थात् माथिमाथि अमृत अनि तल पूरै विष भएको घैंटोसँग तुलना गरेका छन् । 
 

वायर्ड पत्रिकासँगको अन्तर्वार्तामा गेट्सले सामाजिक सञ्जाल व्यवस्थापन गर्न सहज नभएको बताए । सामाजिक सञ्जालको क्षेत्रमा थप प्रतिस्पर्धा हुनुपर्ने आफ्नो धारणा रहेको बताउँदै गेट्सले टिकटकमा प्रतिबन्ध लगाउने डोनल्ड ट्रम्पको निर्णय अनौठो भएको बताए । 


Advertisement

त्यो सम्झौता के कसो होला कसैलाई थाहा छैन । तर यो विषकुम्भं पयोमुखम् चाहिँ पक्कै हो । सामाजिक सञ्जालको कारोबारमा ठूलो खेलाडी हुनु गाह्रो कुरा हो,’ उनले भने । 

माइक्रोसफ्टले सामाजिक सञ्जालको क्षेत्रमा प्रवेश गर्न लागेको विषयले चिन्तित तुल्याएको छ कि भन्ने विषयमा प्रश्न सोध्दा गेट्सले जवाफ दिए, ‘यस क्षेत्रमा जति बढी प्रतिस्पर्धा भयो, त्यति राम्रो हो । तर ट्रम्पले एक मात्र प्रतिस्पर्धीलाई मार्नु भनेको निकै अनौठो घटना हो ।’
 


Advertisement

टिकटकले अमेरिकामा बिक्रीबाट कमाएको पैसाको केही भाग सरकारी कोषमा राख्नुपर्ने भनी ट्रम्पले गरेको टिप्पणीलाई पनि गेट्सले आलोचना गरे । 

यस प्रक्रियालाई अघि बढाउने सिद्धान्त नै अनौठो भएकोमा म सहमत छु । अनि सरकारलाई बिक्रीको केही भाग बुझाउनुपर्ने झनै आश्चर्यजनक छ । जे होस्, माइक्रोसफ्टले त्यो सबैलाई सम्हाल्छ,’ उनले थपे । 
 

टिकटकको विशाल प्रयोगकर्ता संख्या भएकाले त्यसलाई किन्दा माइक्रोसफ्टलाई सामाजिक सञ्जालको क्षेत्रमा प्रवेश गर्न सहज हुने बताइएको छ । अहिले सामाजिक सञ्जाल क्षेत्रमा फेसबूक र ट्विटर लगायतका कम्पनीको दबदबा छ र माइक्रोसफ्टको आफ्नै चाहिँ कुनै ठूलो उत्पादन छैन । 

चिनियाँ कम्पनी बाइटडान्सको टिकटकले फेसबूक लगायतलाई प्रयोगकर्ताको संख्यामा ठूलै चुनौती दिइरहेको छ ।

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्