पार्टी एकताका लागि भन्दै नेकपाका दुवै समूहका सांसदको सामूहिक हस्ताक्षर

पार्टी एकता जोगाउन भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवै समूहका सांसदले हस्ताक्षर संकलन गरेका छन् । 

सिंहदरबारस्थित संसद् सचिवालयमा पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले दबाब आन्दोलन घोषणा समेत गरेका छन् ।


Advertisement

सांसद एवं केन्द्रीय सदस्य रामकुमारी झाँक्री लगायतको नेतृत्वमा भएको हस्ताक्षर अभियानमा दुवै पक्षका सांसदले हस्ताक्षर गरेका छन् ।

९० जना सांसदको हस्ताक्षर संकलन गर्ने योजना रहेको नेतृ झाँक्रीले बताइन् । हस्ताक्षर संकलन अभियानमा विशाल भट्टराई, यज्ञराज सुनुवार, नारदमुनि राना लगायत सहभागी छन् ।


Advertisement

उनीहरूले पार्टी एकता जोखाइ राख्न दबाब दिने उद्देश्यले हस्ताक्षर अभियान चलाइएको बताए । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्