जर्मनीमा नग्नतावादीको ल्यापटप लग्यो बँदेलले, फिर्ता लिनका लागि दौडिए

जर्मनीको बर्लिनमा रहेको एक ताल नजिक नांगै बसिरहेका एक नग्नतावादीको ल्यापटप बँदेलले लिएर भागेपछि उनले बँदेललाई लखेटेको तस्वीर सार्वजनिक भएको छ । 

उक्त घटनाको तस्वीर खिच्ने फोटोग्राफरले नाम नखुलाइएका नग्नतावादीले तस्वीर सार्वजनिक गर्न आपत्ति नजनाएको बताइन् । ती नांगा मान्छेले बँदेल लखेट्दा अन्य मानिसहरूले रमाइलो मानेर हेरेका थिए । 


Advertisement

पश्चिम बर्लिनको टुफेल्सीमा ती व्यक्ति नांगो भएर घाम तापिरहेका थिए । जर्मनमा नांगै बसेर घाम ताप्ने संस्कृतिलाई फ्रेईक्योर्परकल्टर भन्ने गरिन्छ । 

ती व्यक्तिले बँदेलको पछि दौडिएर ल्यापटप फिर्ता लिएका थिए । 


Advertisement

उक्त क्षेत्रमा खानाको खोजीमा बँदेलहरू आउने गरेका छन् । अन्य व्यक्तिले पिज्जा खाइरहेको देखेपछि बँदेलले नग्न व्यक्तिको पहेंलो झोलाभित्र पिज्जा हुन सक्ने अनुमान गर्दै मुखले च्यापेर चम्पत भएको थियो । अनि ती नग्न व्यक्तिले झाडी भएको ठाउँतिर बँदेलको पिछा गरेका थिए । 

बँदेल भाग्दै जाँदा बाटोमा कार्डबोर्ड बक्स देखेर अड्किएको थियो । त्यसपछि नग्न मानिसले थपडी बजाएर अनि भुइँमा लट्ठीले हानेर बँदेललाई ल्यापटप भएको झोला भुइँमा झार्न लगाएका थिए । 

उनी ल्यापटप लिएर आउन सफल भएपछि सबैले ताली बजाएको एक प्रत्यक्षदर्शीले बताए । 

द गार्डियनबाट
 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्