×

NMB BANK
NIC ASIA

गैरजिम्मेवारीको पराकाष्ठा

प्रदेश २ मा कोरोना संक्रमणको अवस्था भयावह, तर प्रदेश सरकार काठमाडौंमा !

साउन २५, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

जनताको जीउ धनको सुरक्षा गर्नुपर्ने प्रदेश सरकारले कोरोना लडाईंभन्दा पनि पार्टीको बैठकलाई बढी प्राथमिकता दिएको छ । कोरोना रोगलाई नियन्त्रणका लागि ठोस काम गर्नुपर्ने बेला प्रदेश सरकारका सबै मन्त्रीहरू पार्टीको बैठकका लागि पछिल्लो ४ दिनदेखि काठमाडौंमा डेरा जमाएर बसेका छन् । 

Muktinath Bank

वीरगञ्जमा उपचार गर्न नपाएर पछिल्लो तीन दिनमा तीनजना कोरोना संक्रमितको मृत्यु भएको छ, तर जनताको घरदैलोमा हुनुपर्ने सरकार भने प्रदेशमा नभएर पार्टी बैठकका लागि काठमाडौंमा छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रदेश २ मा अहिले कोरोना संक्रमण दिन प्रतिदिन बढिरहेको छ । कोरोना संक्रमितहरूले अस्पतालको बेड नपाएर आफ्नो घर तथा क्वारेन्टीनमा बस्न बाध्य छन् । प्रदेशका आठवटै जिल्लाको सदरमुकामस्थित शहरदेखि कतिपय जिल्लामा जिल्ला सुरक्षा समितिहरूले निषेधाज्ञा जारी गरेका छन् ।


Advertisment
Nabil box
Kumari

कुनै शहरमा उक्त निषेधाज्ञा लागू भएको दुई साताभन्दा पनि बढी भइसकेको छ, यस्तो अवस्थामा प्रदेश सरकारले अभिभावकको भूमिका निर्वाह गर्नुपर्ने हुन्छ, तर प्रदेश सरकारको नेतृत्व गर्ने मुख्यमन्त्रीदेखि विभिन्न मन्त्रीहरू संघीय राजधानी काठमाडौंमा छन् । 

Vianet communication
Laxmi Bank

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकका लागि मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आर्थिक मामिला तथा योजना मन्त्री विजयकुमार यादव, सामाजिक विकास मन्त्री नवलकिशोर साह सुडी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश राय भने काठमाडौंमा छन् ।

‘पार्टीको केन्द्रीय समितिको बैठकका लागि मुख्यमन्त्रीसहित केही मन्त्रीहरू काठमाडौं आएका छौं,’ सामाजिक विकास मन्त्री सुडीले भने, ‘म भोलि सोमबार जनकपुर फर्किनेछु भने अन्य मन्त्रीहरू पनि एकदुई दिनमा फर्किनुहुन्छ होला ।’

प्रदेशका प्रमुख सचिव अर्जुनप्रसाद पोखरेल भने मुख्यमन्त्री पार्टीको बैठकसहित केही सरकारी कामका लागि काठमाडौं गएको बताउँछन् ।

आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्रकुमार यादव भने कोरोना संक्रमित भएका कारण मन्त्री निवासमा नै होम आइसोलेसनमा छन् ।

 मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सामाजिक विकास मन्त्रालय, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा केही कर्मचारीहरूमा समेत कोरोना संक्रमण देखिएपछि मधेश भवनमा रहेका सबै मन्त्रालयहरू बन्द भएको थियो । करीब एक सातादेखि मन्त्रालयहरू बन्द गरेर मन्त्रीदेखि कर्मचारीहरू समेत आ–आफ्नो घरमा बसेर जिम्मेवारीबाट पछि हटेका छन् । 

प्रदेश सरकार कोरोना रोकथाम नियन्त्रणमा पूर्णरूपमा असफल भएका बेला सरकार जनताप्रति झन् जवाफदेही हुनुपर्ने बेला पार्टीको काम र बैठकलाई प्राथमिकता दिएर काठमाडौं जानु अनुचित भएको प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलका नेता रामसरोज यादव बताउँछन् ।

‘अहिले कोरोनाविरुद्धको लडाईंमा झन् अहोरात्र खटिनुपर्ने बेला मुख्यमन्त्रीदेखि अन्य मन्त्रीहरू पनि काठमाडौं जानु भनेको जनतासँग कुनै सरोकार नरहेको भनेर देखाउनु भएको छ,’ यादवले लोकान्तरसँग भने, ‘अस्पतालको आइसोलेसनलाई व्यवस्थित गर्दै थप आइसोलेसन अस्पतालहरू निर्माण गर्नुपर्नेदेखि कोरोना परीक्षणको दायरा बढाउनु जरूरी भएका बेला सरकार आफ्नो जिम्मेवारीबाट पछि हटेको छ ।’

अस्पतालमा चिकित्सकदेखि स्वास्थ्यकर्मी, न्यायाधीश, प्रहरी, नेपाली सेना, मन्त्री, मन्त्रालयका कर्मचारी, स्थानीय तहमा मेयरदेखि आम जनतामा समेत कोरोना संक्रमण फैलिसकेको छ । निषेधाज्ञा मात्र जारी गरेर काम सकियो भन्ने बुझाइमा रहेको प्रदेश सरकारले एक घर एक परीक्षण गरेर परीक्षणको दायरा बढाउनुपर्ने काम गर्न नसकेको उनी बताउँछन् ।

‘अस्पतालमा बिरामीको भर्ना हुँदैन, क्वारेन्टीनको हाल बेहाल भएको छ, कुनै व्यवस्थापन नै छैन,’ यादवले भने, ‘कोरोना व्यवस्थापनको नाममा प्रदेश सरकारले करोडौं करोड रुपैयाँ खर्च गरे पनि सदुपयोग हुनुको साटो भ्रष्टाचार मात्र गरेको छ ।’  

एकपछि अर्को मन्त्रालयका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि सूचना प्रकाशन गरेर नै मन्त्रालयहरू बन्द गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव पोखरेल बताउँछन् । तर, कन्ट्याक्ट ट्रेसिङ भएपछि शुक्रबारदेखि मन्त्रालयहरू खोलेको उनले बताए ।

‘सीमित संख्यामा मात्र कर्मचारीहरू उपस्थित भएर जनताको अत्यावश्यक काम नरोकियोस् भनेर शुक्रबारदेखि सबै मन्त्रालयहरू सञ्चालन गर्न निर्देशन दिएका छौं,’ पोखरेलले भने, ‘अहिले जनकपुरमा समेत निषेधाज्ञा जारी रहेका कारण मन्त्रालयमा समेत भीडभाड नबढोस् भनेर सीमित संख्यामा मात्र कर्मचारीहरू उपस्थित भएर जनताको अत्यावश्यक काम सुचारु गराइएको छ ।’

प्रमुख सचिव पोखरेलले त्यसो भने पनि शुक्रबार भने मन्त्रालयमा कर्मचारीहरूको उपस्थिति देखिएको थिएन । मन्त्रालयमा सरसफाइ गरेर कर्मचारीहरू फर्किएको हुनसक्ने तर आज आइतवारबाट कर्मचारी उपस्थित हुने पोखरेल बताउँछन् । 

होम आइसोलेसनमा ‘भीआईपी’

प्रदेश २ मा कोरोना संक्रमित भएका ‘भीआईपी’हरू भने आफ्नो घरमा नै होम आइसोलेसनमा बसेका छन् ।

धनुषाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) प्रेमप्रसाद भट्टराईका अनुसार प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र यादव, प्रदेश सभा सदस्य रीना यादव सहित केही भीआईपीहरू आफ्नो घरमा नै होम आइसोलेसनमा बसेका छन् ।

धनुषामा अरू पनि होम आइसोलेसनमा बसेका छन्, त्यसको लगत संकलन जारी रहेका कारण कति जना मानिस होम आइसोलेसनमा छन् भनेर एकिन भइनसकेको धनुषाका सीडीओ भट्टराईले बताए ।

‘सबै स्थानीय तहमा वडाको सिफारिसअनुसार मेरो कार्यालयमा उक्त सिफारिस आए होम आइसोलेसनका लागि उपयुक्त अवस्था छ कि छैन भन्ने कुराको निरीक्षण गर्न लगाएर होम आइसोलेसनका लागि सिफारिस दिने भनेर स्थानीय तहलाई पत्राचार गरेको छु,’ भट्टराईले भने ।

अस्पतालहरूमा बेडको संख्या कम भएको र संक्रमितको संख्या बढ्दै गएका कारण प्रदेश २ मा अब होम आइसोलेसनमा पनि बस्न सक्ने प्रावधान लागू गरिएको प्रमुख सचिव पोखरेलले बताए ।

छुट्टै कोठा, छुट्टै शौचालय आदि सुविधाहरू घरमा छ कि छैन भन्ने कुराको निरीक्षण गरेर मात्र होम आइसोलेसनको सुविधा दिने गरिएको उनले बताए । 

प्रदेशभरिमा आइसोलेसन तथा आईसीयूको संख्या बढाउने, रियल टाइम पीसीआर मेसिनको संख्या बढाएर परीक्षणको दायरा बढाउने काममा सरकार केन्द्रित भएको पोखरेल बताउँछन् । 

प्रदेश २ मा कोरोना संक्रमणबाट २६ जनाको मृत्यु  

साउन २४ गतेसम्म प्रदेश २ मा २१ जना पुरुष र ५ जना महिला गरी कुल २६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक विजयकुमार झाका अनुसार हालसम्म धनुषा, महोत्तरी र सिरहामा एक–एक जना, सप्तरी, रौतहट र बारामा २–२ जना र पर्सामा सबैभन्दा बढी १७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

हालसम्म प्रदेश २ मा ५ हजार ७३ पुरुष र ५५८ महिला गरी कुल ५ हजार ६३१ जना कोरोना संक्रमित भएका छन्, जसमध्ये सप्तरीमा ४९१ पुरुष र ५१ महिला गरी कुल ५४२ जना, सिरहामा २०२ पुरुष र १८ महिला गरी कुल २२० जना, धनुषामा ७१७ पुरुष र ८२ महिला गरी कुल ७९९ जना संक्रमित भएका छन् ।

त्यसैगरी महोत्तरीमा ८१८ पुरुष र ५० महिला गरी कुल ८६८ जना, सर्लाहीमा ६९५ पुरुष र ८६ महिला गरी कुल ७८१ जना, रौतहटमा १ हजार २०१ पुरुष र ६३ महिला गरी कुल १ हजार २६४ जना, बारामा १८३ पुरुष र २८ महिला गरी कुल २११ जना र पर्सामा ७६१ पुरुष र १८० महिला गरी कुल ९४१ जना कोरोना संक्रमित भएका छन् ।

प्रदेश २ मा ३ हजार ३३४ जना संक्रमितहरू अस्पतालबाट निको भएर डिस्चार्ज समेत भएका छन् ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x