माधव नेपालको टिप्पणी : भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक

नेपाल कम्युनिस्ट पार्टी नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय विदेशमन्त्रीको अभिव्यक्ति आपत्तिजनक रहेको टिप्पणी गरेका छन् । 

आइतवार सामाजिक सञ्जाल फेसबूकमा टिप्पणी लेख्दै उनले भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई 'महान् भारतीय' भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक रहेको बताएका हुन् ।  


Advertisement

उनले ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा-नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्छन् भन्ने कुरा ख्याल गर्न ध्यानाकर्षण समेत गराएका छन् ।

उनले लेखेका छन्, भारतीय विदेशमन्त्री एस. जयशंकरले नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई 'महान् भारतीय' भन्दै गरेको प्रचार तथ्यहीन र आपत्तिजनक छ । ऐतिहासिक तथ्य, प्रमाण र पुरातात्विक अध्ययनबाट समेत बुद्ध नेपालमा जन्मिएकोमा कुनै शंका बाँकी नरहँदा-नरहँदै बेलाबखतमा भारतीय नेताहरूबाट व्यक्त हुने यस्ता असंवेदनशील र गलत कुराले दुई देशबीचको सम्बन्धमा प्रतिकूल असर पार्दछन् भन्ने कुरा ख्याल गर्न म ध्यानाकर्षण गराउँछु । साथै, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा हाम्रो संसदमै 'बुद्ध नेपालमा जन्मिएका हुन्' भनेर स्पष्ट रूपमा उल्लेख गरेको सन्दर्भमा भारतीय जिम्मेवार अधिकारीबाट यस्ता अभिव्यक्ति आउनु थप दुखद् रहेकाले यसबारेमा नेपाल सरकारलाई औपचारिक रूपमै भारतसँग कुरा गर्न अनुरोध गर्दछु ।'


Advertisement

शनिवार भारतीय विदेशमन्त्री एस जयश‌ंकरले नेपालकाे लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई 'महान भारतीय' भन्दै सम्बोधन गरेका थिए । उनको यस भनाइको अहिले सर्वत्र विरोध भइरहेको छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्