नेपाली सेनालाई भारतले दियो १० वटा भेन्टिलेटर

भारतले नेपाली सेनालाई १० वटा भेन्टिलेटर दिएको छ ।

नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई कोरोना भाइरस रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि सरकारले जारी गरेको ‘कोभिड–१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना २०७७’ कार्यान्वयनमा सहयोग पुर्‍याउने उदेश्यले भारतले आज (आइतबार) उपलब्ध गराएको नेपाली सेनाले जनाएको छ ।


Advertisement

भारतले सेनालाई २ करोड ८० लाख भारतीय रुपैयाँ बराबरको भेन्टिलेटर उपलब्ध गराएको हो ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्