मंसिर २६, २०८०
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच गत मंगलवार यता संवाद हुन सकेको छैन ।
अध्यक्षद्वयबीच देखिएको संवादहीनताले पार्टीभित्र थप अविश्वास पैदा गरेको छ ।
यतिबेला पार्टी स्पष्ट रूपमा दुई ध्रुवमा विभाजित देखिएको छ । एउटा ध्रुवको नेतृत्व प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले गरिरहेका छन् भने अर्को ध्रुवमा अर्का अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल रहेका छन् ।
दुवै समूहले एक अर्कामाथि पार्टी फुटाउन उद्दत रहेको भन्दै आरोप प्रत्यारोपको शृंखला जारी राखेका छन् ।
सचिवालय र स्थायी कमिटीले विवाद हल गर्न नसकेको बह्न्दै १ सय ५२ केन्द्रीय सदस्यहरूले हस्ताक्षर नै गरेर बैठक बोलाउन माग गरेका छन् ।
विधानतः केन्द्रीय कमिटीका एक चौथाइले हस्ताक्षरसहित बैठक बस्न माग गरेको १ महिनामा बैठक बस्नुपर्ने प्रावधान छ । तर प्रधानमन्त्री ओली न त जारी पाचौं स्थायी कमिटी बैठक सुचारू गर्ने मुडमा छन् न त केन्द्रीय कमिटी बैठक बोलाउने तत्परता देखाएका छन् ।
बालुवाटारमा विज्ञहरूलाई बोलाएर प्रधानमन्त्री ओलीले कोरोना संक्रमण फैलिरहेको अवस्थामा आफ्नै पार्टीका नेताहरूले बैठक बोलाउन माग गरेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए ।
केही दिनअघि अध्यक्ष प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल र पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले केही सञ्चारकर्मीहरूलाई बोलाएर पार्टीभित्र पद र प्रतिष्ठाको लडाई नभएर विधि र पद्धतिको लडाईं भएको ब्रिफिङ गरेका थिए, यसलाई बालुवाटारले पार्टी फुटाउने प्रपञ्चका रूपमा व्याख्या गर्यो ।
सञ्चारकर्मीलाई ब्रिफिङ गर्दै वरिष्ठ नेता खनालले केन्द्रीय कमिटीलाई सडकछाप र स्थायी कमिटीलाई हुल्लडबाजको संज्ञा दिएर प्रधानमन्त्री ओलीले पार्टीलाई नै चुनौती दिएको आरोप लगाए । पछिल्लो समयमा दुवै समूहबाट एकले अर्कामाथि निम्नस्तरमा ओर्लेर प्रहार गर्ने क्रम झन् बढेको छ ।
ओलीमाथि स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको, विधि पालना गर्न नचाहेको, कमिटी बैठकमै बस्न नचाहेको, नेकपा एमाले दर्ता गर्न लगाएको, नेताहरूलाई बालुवाटार बोलाएर आफ्नो कित्ता स्पष्ट पार्न दबाब दिएको जस्ता आरोप लाग्ने गरेका छन् ।
यता प्रचण्ड-नेपाल समूहमाथि गुटगत भेलाहरू गर्ने गरेको, अन्तै धारणा बनाएर आएर पार्टी कमिटीमा त्यसलाई लाद्न खोजेको, संक्रमणको महामारीका बीच पनि ओलीको राजीनामा मागेर अस्थिरता सिर्जना गर्न खोजेको जस्ता आरोपहरू लाग्ने गरेका छन् ।
दुवै पक्षका नेताहरूले सार्वजनिक रूपमा पार्टी नफुट्ने आशयका वक्तव्यहरू दिने गरेका भएपनि आन्तरिक रूपमा भने सबैले आ-आफ्नो पोजिसन क्लियर गर्न खोजिरहेका छन् । सहमतिका लागि जोड गर्नुभन्दा पनि एकले अर्कालाई आरोप प्रत्यारोप गरेर आफूलाई चोखो देखाउने प्रयास नेताहरूको रहने गरेको छ ।
पार्टी एकता जोगाउन ओली संयमित ?
ओलीनिकट मानिने केन्द्रीय कमिटी सदस्य खगराज अधिकारीले प्रचण्ड-माधव समूहले पार्टी फुटाउन खोजेको आरोप लगाए ।
उनले लोकान्तरसँग भने, '४ जना नेताहरू शपथ नै खाएर पार्टी फुटाउन लागेको कुरा कहीं कतैबाट छुपेको छैन, यो अवस्थामा हामीले प्रधानमन्त्रीलाई धैर्यतापूर्वक पार्टी एकताको पक्षमा उभिन आग्रह गरेका छौं ।'
उनले महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने प्रकिया सबैभन्दा ठूलो लोकतान्त्रिक प्रक्रिया हुने तर्क पेश गरे ।
'साउन ३ गतेको सचिवालय बैठकमा मङ्सिरमै महाधिवेशन गरौं भनेर आएको प्रस्तावका पक्षमा सबै सचिवालय सदस्य देखिएका थिए । त्यसपछि साउन १३ गते बस्ने भनिएको स्थायी कमिटीमा प्रस्ताव लैजाने तयारी भएको थियो । त्यो के कारणले भाँडियो ? कसका कारणले भाँडियो ?' अधिकारीले प्रश्न गरे ।
अधिकारीले प्रचण्ड-नेपाल समूहले फायर खोलेको खोल्यै गर्दा पनि ओली संयमित भएर पार्टी एकताका पक्षमा उभिएको भन्दै ओलीको सराहनासमेत गरे । मन्त्रीहरूलाई बालुवाटार बोलाएर कित्ता स्पष्ट गर्न उर्दी जारी प्रधानमन्त्रीले किन गरेका भन्ने प्रश्नको भने अधिकारीसँग कुनै जवाफ छैन ।
दुवै अध्यक्ष असफल !
अर्का स्थायी कमिटी सदस्य वेदुराम भुसालले गतिशील हुनुपर्ने पार्टी यतिबेला विभाजनको संघारमा उभिनु आफूलाई सही नलागेको बताए । भुसालले लोकान्तरसँग भने, 'अहिले अध्यक्षद्वयबीच संवादहीनता बढेको छ, यसले दुवै अध्यक्ष असक्षम हुन् भन्ने पुष्टि गर्छ ।'
भुसालले कमिटी बैठक पनि नबस्ने, नेताहरूबीच संवादहीनता पनि बढ्ने र आरोप प्रत्यारोपका शृंखलाहरू बढ्नुले पार्टीभित्र संकटको गहिराई अझ बढेको बताए ।
'जतिसुकै गफ गरेपनि अध्यक्षहरूले आफ्नो क्षमता देखाउन सकेनन्,' उनले भने, 'स्थायी कमिटी बैठक बसेको छैन, केन्द्रीय कमिटी बैठक माग भएको छ तर एउटा अध्यक्षले त्यसको नाम नै सुन्न चाहनुभएको छैन । वातावरण बिग्रदै गएको छ, हामीहरू शीर्ष नेताहरूको असक्षमतालाई टुलुटुलु हेरिरहेका छौं ।'
उनले पार्टी विधि र विधानमा चल्नुपर्ने भन्दै पत्रकारहरूसँग नेताले गरेको ब्रिफिङलाई प्रोपागान्डा बनाएर प्रचार गरेको भन्दै बालुवाटारप्रति असन्तुष्टि पोखे ।
'नेताहरूले पत्रकार भेट्नै नहुने ?' उनको प्रश्न छ, 'आफूहरूले जिल्ला–जिल्लामा नेता कार्यकर्ताहरूलाई फूटका लागि तयार रहन भन्दै ब्रिफिङ गर्दै हिंड्न हुने । केही साताअघि काभ्रेमा ७ सय जना कार्यकर्ता भेला गरेर एकताविरोधी कुराकानी गरेको कसले हो ?'
राजीनामा मागिनुको प्रमुख कारण नै ओलीको कार्यशैली !
अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले पार्टी एकता जोगाउन बालुवाटार नै असंवेदनशील रहेको आरोप लगाए । 'कोरोना संक्रमण बढ्छ भन्दै बैठक राख्न नचाहने तर आफ्ना पक्षमा सडकमा मान्छे उतार्ने अध्यक्ष ओलीको रवैया एकताविरोधी रवैया हो,' पोखरेलले लोकान्तरसँग भने ।
उनले पार्टीभित्र अन्तरविरोध सिर्जना भएपछि राजीनामा मागिएको स्पष्ट पारे । 'पार्टी र सरकार सञ्चालनमा अन्तरविरोध देखिएपछि हामीले राजीनामा मागेका हौं,' पोखरेलले भने, 'राजीनामा मागिएपछि अन्तरविरोध सिर्जना भएको होइन, यसलाई गलत ढंगले प्रचार गरिएको छ ।'
पोखरेलले पार्टीभित्रको लडाईं पद र प्रतिष्ठाको नभएको बताए ।
'राजीनामा मागिनुको प्रमुख कारण नै अध्यक्ष ओलीको कार्यशैली हो । उहाँले राम्रो काम गरिदिएको भए, पार्टीका निर्णयहरू कार्यान्वयन गरेको भए यस्तो अवस्था नै आउने थिएन । विधान पालना नगर्ने, बैठक नै बस्न नचाहने जस्ता ओलीका पछिल्ला कार्यशैलीले समस्या निम्त्याएको हो ।'
ओलीको विचार नै संघीयताविरोधी, धर्मनिरपेक्षता विरोधी रहेको र नेपालमा भएको राजनीतिक प्रवृत्तिप्रति असहिष्णु रहेको पोखरेलको टिप्पणी छ ।
'वैचारिक रूपमा अस्पष्ट मान्छेले परिवर्तित व्यवस्थाको नेतृत्व गर्नुले समस्याको सिर्जना भएको हो,' पोखरेलले कठोर टिप्पणी गरे ।
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
देशका विभिन्न शहरमा गरिब–मजदूरहरूले छाक काटेर सहकारीमा जम्मा गरेको पैसा बदनियतपूर्ण ढंगले हिनामिना गरेर टेलिभिजनमा लगानी गरेको विषयले बजार तातिरहेको छ, जसमा जोडिएका छन् रास्वपा सभापति रवि लामिछाने...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...
रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन । सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...
कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...