कर्णालीमा दैनिक १ हजारकाे काेराेना परीक्षणकाे तयारी

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेअब दैनिक १ हजारको कोरोना परीक्षरण गर्ने तयारी गरिहेको जानकारी दिएका छन्।

संवाद डबली अन्तरसंवाद कार्यक्रममा बोल्दै काफ्लेले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले अहिलेसम्म २० हजार बढी स्वाबको कोरोना परीक्षण गरेको जानकारी गराउँदै अब परीक्षणको दायरा बढाउने बताए।
 
प्रतिस्‍ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ६ सय जनामा कोरोना पोजेटिभ देखएको बताउँदै काफ्लेले ८० जनालाई अस्पतालमै भर्ना गरेर उपचार गरेर कोरोनामुक्त भएपछि डिस्चार्ज गरिएको बताए।


Advertisement

कर्णालीमा कोरोना संक्रमण फैलिन थालेपछि प्रदेश र संघीय सरकारसँग समन्वय गर्दै आवश्यक पूर्वतयारी गरेको उनले बताए। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्