गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, कुनै शंका छैन- भारत

भारतीय विदेश मन्त्रालयले भगवान गौतम बुद्ध नेपालमा जन्मेको र त्यसका कुनै शंका नरहेको बताएको छ।

भारतीय विदेश मन्त्रालयले आइतबार प्रेस नोट जारी गरी भनेको छ, ‘यसमा कुनै शंका छैन कि गौतम बुद्ध लुम्बिनीमा जन्मिएका हुन्, जुन नेपालमा पर्छ।’


Advertisement

विदेशमन्त्री एस जयशंकरले शनिबार मात्र भगवान् गौतम बुद्ध भारतमा जन्मेको बताएका थिए।

नेपालको परराष्ट्र मन्त्रालयले आइतबार नै प्रेस नोट जारी गरी बुद्ध नेपालमा जन्मिएको निर्विवाद एवं ऐतिहासिक र पुरातात्विक तथ्य रहेको स्पष्ट गरेको थियो। 


Advertisement


 


 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्