सीसीएमसीको निष्कर्ष-स्वास्थ्य प्रोटोकलको पालना नहुँदा कोरोनाको जोखिम बढ्यो

फाइल फोटो।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वास्थ्य प्रोटोकलको पालना नहुँदा कोरोना भाइरस संक्रमणको जोखिम बढेको निष्कर्ष निकालेको छ।

सीसीएमसीको आइतबार साँझ बसेको बैठकले काठमाडौं उपत्यकासहित मुलुकका धेरै जिल्लामा संक्रमण बढेको बारे स्थिति विश्लेषण गरेको थियो।


Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले लक्षण भएका बिरामी र मृत्यु बढिरहेकाले सबैले सुरक्षित भएर बढनु पर्ने अवस्था रहेको बताए।

स्वास्थ्य प्रोटकको पालना नहुँदा जोखिम बढ्दै गएको निष्कर्ष निकालेको सीसीएमसीले जीवन रक्षाका लागि बुद्ध, बालबालिका र अत्यावश्यक काम नभएकाहरुलाई घर बाहिर ननिस्कन आग्रह गरेको छ।
अत्यावश्यक काममा बाहिर निस्कन परेमा मास्क, स्यानिटाइजरको प्रयोग गर्न, साबुनपानीले हात धुन र भौतिक दूरी कायम गर्न अनुरोध गरिएको छ।


Advertisement

संक्रमित बढेसँगै आइसोलेसन बेडको आवश्यकता औंल्याइएको छ। त्यसका लागि स्थानीय सरकार र कोभिड-१९ संकट व्यवस्थापन केन्द्रले व्यवस्थापन गर्ने निस्कर्ष निकालिएको छ।

आइतबारको बैठकले स्थिति विश्लेषण गरे पनि मन्त्रिपरिषद्का लागि सिफारिसको कुनै निर्णय नभएको उनले बताए। 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्