फागुन २९, २०८०
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
महिना दिनभर तपाईँले औसतमा कति मूल्य बराबरको विद्युत् उपभोग गर्नुहुन्छ? त्यसको लेखाजोखा तपाई आफैँले गर्न सक्नुहुने भएको छ।
तपाईँलाई धेरै विद्युत् खपत हुन्छ भन्ने लागेको खण्डमा बढी महसुल तिर्नुपर्नेछ, कम खपत गर्छु भन्ने लागेको छ भने कम महसुल तिर्दा हुने भएको छ। यस्तै, आगामी महिनाको विद्युत् महसुल पनि यसै महिना तिर्छु भन्ने तपाईँलाई लागेको छ भने त्यो पनि गर्न सकिने भएको छ। नेपाल विद्युत् प्राधिकरणले आइतबारदेखि सञ्चालनमा ल्याएको स्मार्ट मिटरले तपाईँले अग्रिम नै महसुल तिर्न सक्ने व्यवस्था गरेको हो।
प्रविधिमा आएको परिवर्तन तथा संसारका विभिन्न देशमा लागू भएको स्मार्ट मिटर अवधारणा कार्यान्वयनमा आएपछि महिना दिनभित्र आफूले प्रयोग गर्ने विद्युत्को मात्रा आफैले तोक्नसमेत सकिने भएको छ। ‘स्मार्ट मिटरमा पोष्ट पेड र प्रि पेड दुवै व्यवस्था हुने हुँदा ग्राहकको इच्छाअनुसार पोष्ट पेड र प्रि पेडमा महसुल तिर्न सक्ने छन्। ग्राहकले जुनसुकै ठाउँबाट अनलाइन बिल भुक्तानी गर्न समेत सहज हुनेछ,’ नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने।
प्राधिकरणले घरायसी ग्राहकको घरमा रहेका सिंगल फेज मिटरलाई विस्थापन गरी स्मार्ट मिटर जडान गर्न सुरु गरेको छ। मुलुकभर हाल करिब ५० लाख सिंगल फेजका ग्राहक रहेकोमा पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज वितरण केन्द्रअन्तर्गतका ग्राहकहरुको सिंगल फेज र थ्रि फेज गरी करिब एक लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरिनेछ। स्मार्ट मिटर जडानको शुरुआतसँगै प्राधिकरणले अगाडि सारेको ‘डिजिटल एनइए’ पनि कार्यान्वयनतर्फ गएको छ।
स्मार्ट मिटर प्रयोगमा आएपछि ग्राहकको घरघरमा गएर मिटर रिडिङ गर्नुपर्ने झन्झटको समेत अन्त्य हुनेछ। विद्युत् खपतको तथ्याङ्क (ग्राहक र वितरण केन्द्र) दुवैतर्फ प्रसारण हुन सक्ने हुँदा वितरण केन्द्रबाटै मिटर रिडिङ गर्न सकिने र बिल नतिर्ने ग्राहकको लाइन केन्द्रबाटै अनलाइनमा काट्न सकिने व्यवस्था उक्त मिटरमा रहेको छ। समयमा मिटर रिडिङ हुन नसक्दा हुने विद्युत् चुहावट नियन्त्रण हुने कार्यकारी निर्देशक घिमिङले जानकारी दिए।
कसैले मिटर बाइपास गरी विद्युत् चोरी गर्न खोजेमा त्यसको जानकारी वितरण केन्द्रमा हुने हुँदा चोरी नियन्त्रणमा थप प्रभावकारिता आउने प्राधिकरणको विश्वास छ। स्मार्ट मिटरमा एकीकृत लोड मात्र प्रयोग गर्न पाउने गरी सेटिङ गर्न सकिने हुँदा डिमाण्ड चुहावट नियन्त्रणमा आउनेछ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले आज काठमाडौँको बूढानिलकण्ठ नगरपालिका–९ को वडा कार्यालय मन्डिखाटारमा रहेको सिंगल फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गरी जडान कार्यको शुभारम्भ गरे।
प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले स्मार्ट मिटरको प्रयोगपछि मिटर रिडिङका लागि कर्मचारी आवश्यक नपर्ने हुँदा आगामी दिनमा दुई हजार ५०० देखि तीन हजारसम्म कर्मचारीको खर्च कम हुने जानकारी दिए। उनका अनुसार स्मार्ट मिटरमा हरेक घण्टाको महसुल फरक–फरक कायम गर्न सकिने हुँदा बढी विद्युत् माग हुने समय, सामान्य विद्युत् माग हुने तथा अति सामान्य समयमा ग्राहकका लागि फरक–फरक महसुल तोक्न सकिने छ। यस्तै, वर्षायाममा बढी विद्युत् उत्पादन हुने भएकाले त्यसको खपत बढाउन सस्तो महसुल पनि कायम गर्न सकिने उहाँको भनाइ छ। त्यस्तै, हिउँदको बढी विद्युत् माग हुने भएकाले महसुल पनि फरक तोक्न सकिने भएको छ।
प्राधिकरणले पहिलो चरणमा देशभरका आठ हजार २२२ टाइम अफ डे (टिओडी) मिटरलाई स्मार्ट बनाइसकेको छ । दोस्रो चरणमा देशभरका करिब एक लाख २५ हजार थ्रि फेज मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्ने काम आइतबारदेखि शुरु भएको हा्। प्राधिकरणका अनुसार काठमाडौँ उपत्यकामा यस्ता करिब १८ हजार मिटर जडान भइसकेका छन्।
स्मार्ट मिटरको प्रभावकारी प्रयोगका लागि आवश्यक सञ्चार उपकरण सहितको ‘व्याकबोन’ काठमाडौँ उपत्यकाभरीलाई हुने गरी जडान गरिँदै छ सञ्चार उपकरण सहितको प्रणाली र सिंगल फेज स्मार्ट मिटर जडानको लागत करिब रु एक अर्ब रहेको छ। त्यसका लागि एसियाली विकास बैंकले सहुलितपूर्ण ऋण उपलब्ध गराएको छ।
कार्यक्रममा मन्त्री पुनले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य राज्यका निकायले प्रवाह गर्ने सेवाको आधुनीकरण र चुस्तता कायम गर्नुभएको उल्लेख गर्दै त्यसलाई पूरा गर्न स्मार्ट मिटर जडानको शुरुआत एउटा कोशेढुङ्गा भएको स्पष्ट पारे।
‘स्मार्ट मिटरको जडान मात्रै हैन, सङ्घीय राजधानीलगायत मुलुकका मुख्य मुख्य सहरमा विद्युत वितरण प्रणालीलाई भूमिगत गरी सहरी सौन्दर्यता बढाउन र प्रणालीलाई विश्वसनीय तथा भरपर्दो बनाउन काम गरिरहेका छौँ,’ प्राधिकरण सञ्चालक समितिका अध्यक्षसमेत रहेका मन्त्री पुनले भने।
उनले प्राधिकरणको प्रस्तावमा विद्युत् नियमन आयोगमार्फत इतिहासमै पहिलोपल्ट उपभोक्ता महसुल घटाइएको जानकारी दिए। प्राधिकरणलाई पछिल्ला दुई वर्षदेखि सबैभन्दा बढी नाफा कमाउने मुलुककै एक नम्बरको संस्था बनाउन सफल भएकोमा प्रसन्नता व्यक्त गर्दै उनले इमान्दार प्रयास गरिएमा जस्तो सुकै संस्थालाई पनि सुधार गर्न सकिन्छ भन्ने पुष्टि भएको बताए। उनले मुलुक छिट्टै ऊर्जामा आत्मनिर्भर हुने पनि विश्वास व्यक्त गरे।
ऊर्जा सचिव दिनेशकुमार घिमिरेले मन्त्रालयले दुई वर्षअघि श्वेतपत्रमार्फत घोषणा गरेको पाँच वर्षभित्र स्मार्ट ग्रिड र स्मार्ट मिटर लागू गर्ने भनिएको कार्यक्रम कार्यान्वयनको उत्साहजनक प्रगति देखिएको बताए। उनले वितरण प्रणालीलाई भूमिगत बनाउने र स्मार्ट मिटरको प्रयोगलाई समानान्तर रुपमा अगाडि बढाइने जानकारी दिए ।
काठमाडौँ उपत्यकामा हाल रहेका करिब चार लाख मिटरलाई स्मार्ट मिटरले प्रतिस्थापन गर्न बोलपत्र प्रक्रिया अगाडि बढाइएको छ। प्राधिकरणले मुलुकभरका सबै ग्राहकको मिटरलाई स्मार्ट बनाउने गरी कार्यक्रम अगाडि बढाएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ।
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...
अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
तिहारकाे समयमा स्वदेशी पेन्ट्सको प्रयोग गरेर सरकारी निवासहरू चिटिक्क बनाइएको छ । यदि तपाईँ अहिले शीतलनिवासस्थित राष्ट्रपति भवन, बालुवाटारस्थित प्रधानमन्त्री निवास र प्रधान न्यायाधीशको निवासमा पुग्नुभयो...
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
स्वधर्म भन्ने शब्द हामीमध्ये धेरैले सुन्ने गरेका छौँ । स्वधर्मको आदि शिक्षक, प्रचारक वा आचार्य भगवान् कृष्ण हुन् । उनले सर्वप्रथम अर्जुृनलाई यसको शिक्षा दिएका थिए कुरुक्षेत्रको युद्ध मैदानमा । यसका आधुनिक व्याख्याता भने ...
गठबन्धनको नयाँ समीकरणसँगै पुनर्गठित मन्त्रिपरिषद्मा नेकपा (माओवादी केन्द्र)का तीन मन्त्री दोहोरिए । पार्टी नेतृत्वको निर्णयप्रति केही युवा सांसदले आक्रोश व्यक्त गरे । माओवादी पार्टी एउटा भए पनि सहायक गुट धेरै छन्...
उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...