अनुमतिबिना उपत्यका प्रवेश गर्न खाेज्ने ७ हजार सवारीसाधन र साढे १९ हजार यात्रु फिर्ता

फाइल फोटो।

गृह मन्त्रालयले काठमाडाैं उपत्यका प्रवेशमा कडाइ गरेकाे छ।

यसअघिबाट साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेशमा राेक लगाइएकाेमा प्रहरीले उक्त निर्णय कडाइका साथ कार्यान्वयन गरिरहेकाे गृह मन्त्रालयले जनाएकाे छ।


Advertisement

गृहका अनुसार हालसम्म अनुमति बिना काठमाडौं उपत्यका प्रवेश गर्न खोज्ने ७ हजार ६ सय सवारीसाधन र १९ हजार ४ सय यात्रुलाई प्रवेश नाकाबाटै फिर्ता गराइएकाे छ।

यसैगरी हालसम्म मास्क प्रयोग नगरी हिँड्ने ३ लाख ९५ हजारलाई नियन्त्रणमा लिइ सम्झा बुझाई छाडिएकाे छ। तीमध्ये कतिपयलाई जरिवाना समेत गरिएको जनाइएकाे छ।


Advertisement

तोकिएको निर्देशन विपरीत  सवारी चलाउने १ लाख ३७ हजार दुई पाङ्‍ग्रे र चार पाङ्‍ग्रे सवारी साधनलाई होल्ड गरिएको छ। हालको जोरबिजोर प्रणाली पश्‍चात सो प्रणाली विपरित सवारीचलाउने ५ हजार ३ सय सवारीसाधनलाई नियन्त्रण र होल्डिङमा राखेर कारबाही गरिएकाे मन्त्रालयले जनाएकाे छ।

गृहले यातायातमा जोरबिजोर प्रणालीको पालना गराउन, अनिवार्य रुपमा मास्कको प्रयोग गर्न/ गराउन पनि भनेकाे छ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्