जसपाले जिम्मेवारी तोक्न सकेन

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक नेताहरूको पदीय बाँडफाँट र जिम्मेवारी नतोकीकनै सकिएको छ । तत्कालीन राजपा र समाजवादीको एकीकरणपछि केन्द्रीय कार्यकारिणी समितिको बैठकमा जिम्मेवारी बाँडफाँटको मुद्दा नै मुख्य चासो बनेको थियो ।

बुधबारदेखि बसेको बैठकमा कार्यविभाजनलाई लिएर विवाद बढ्न सक्ने भन्दै नेताहरूले शनिबार नै यो एजेन्डालाई छलफलबाट हटाएका थिए । सानो टिमबाट मात्रै समाधान निकाल्न सकिने भन्दै कार्यविभाजन र पार्टीको संगठनात्मक समायोजनको काम गर्न नेताहरूकै प्रस्तावमा सचिवालय बनाउने निर्णय भएको छ । सचिवालयमा अध्यक्षद्वय महन्थ ठाकुर, उपेन्द्र यादव, वरिष्ठ नेताहरू अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतो छन् ।


Advertisement

बैठकमा केन्द्रीय कार्यकारिणी समितिमा रहेका सबैको पद तथा जिम्मेवारी बाँडफाँट तत्काल तोक्न सदस्यहरूले माग गरेका थिए । निर्वाचन आयोगमा दल दर्ताका क्रममा दुई अध्यक्ष, तीन वरिष्ठ नेतासहित ५१ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति गठन गरिएको थियो । केन्द्रीय तहका अन्य संरचना बन्न सकेका छैनन् ।

अहिलेसम्म अध्यक्षद्वय ठाकुर र यादवकै भूमिकाको समेत परिभाषा भएको छैन । केन्द्रीय कार्यकारिणी समितिका सदस्य रामसहायप्रसाद यादवले गृहकार्य गर्नका लागि समय नपुगेकाले कार्यविभाजनबारे बैठकबाट निर्णय हुन नसकेको बताए । ‘यो विषयलाई अब सचिवालयले टुंगो लगाउँछ,’ उनले भने । कान्तिपुर दैनिकमा खबर छ ।


Advertisement

छापाबाट
छापाबाट

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्