एलजी नेपालको आधिकारीक वेबसाइट लन्च

सि.जी. इलेक्ट्रोनिक्सले एल.जी. नेपालको आधिकारीक वेबसाइट www.lgnepal.com लन्च गरेको छ ।

यो वेबसाइट मार्फत उपभोक्ताले एल.जी. को घरायसी उत्पादनहरुको बारेमा जानकारी साथ साथै तुलना पनि गर्न सक्नेछन् । यस वेबसाइटमा उपभोक्ताहरूले मुल्य, विशेषता, वारेन्टी र कम्पनिले दिने छुटको बारेमा जानकारी पाउँन सक्नेछन् । 


Advertisement

एल.जी.को कुनै पनि नयाँ उत्पादन आएको र सो को विशेषता यस वेबसाइटबाट प्राप्त गर्न सकिनेछ । एल.जी. को उत्पादनहरूमा आएको समस्या मर्मत र वारेन्टी दाबीका साथै अन्य सेवाहरु यस वेबसाइट बाट दर्ता र प्राप्त गर्न सकिनेछ ।

अब ग्राहकहरुलाई उत्पादन हेर्न तथा उत्पादनको विशेषता बुझ्न भौतिक पसलमा जान आवश्यक नपर्ने र विना कष्ट सजिलै सम्पूर्ण जानकारीका साथै आफुलाई चाहिने एल.जी.का उत्पादनहरु बुक पनि गर्न सकिनेछ । 


Advertisement

यस वेबसाइटले एल.जी. का सबै उत्पादनहरु जस्तै एल.ई.डि टि.भी, रेफ्रिजेरेटर, वासिङ मेसिन, ए.सि., एयर प्युरिफायर, भ्याकुम क्लिनर, माइक्रोवेभ वोभन, कन्डेन्सर ड्रायरहरु को बारेमा सम्पूर्ण जानकारी प्रदर्शन गर्ने कम्पनीले जनाएको छ । 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्