मंसिर १०, २०८०
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
जब प्रेमको उदाहरण दिइन्छ तब श्रीकृष्ण र राधाको प्रेम प्रसंग सबैभन्दा पहिला आउँछ । राधा कृष्णको प्रेमलाई जीवात्मा र परमात्माको मिलनको रुपमा धर्मशास्त्रमा व्याख्या गरिएको छ ।
श्रीकृष्ण र राधाको बाल्यकाल देखिनै प्रेम थियो । श्रीकृष्ण जब ८ वर्षका थिए तब दुबै जनामा प्रेमको अनुभूति भएको थियो । राधा श्रीकृष्णमा दैवीय गुण थियो । उनीहरुले जिन्दगी भरी आफ्नो मनमा प्रेमको स्मृति बनाएका थिए । यो नै उनीहरुको सम्बन्धको सबैभन्दा राम्रो पक्ष हो ।
भनिन्छ, श्रीकृष्णलाई केवल दुई चीजमा सबैभन्दा धेरै प्रेम थियो । यो दुबै चीज आपस गहिराइमा जोडिएका थिए । ती हुन्, बाँसुरी र राधा ।
कृष्णको बासुरीको धुन नै थियो जसले राधालाई श्रीकृष्ण तर्फ खिचेको थियो । राधाका कारणले नै श्रीकृष्ण बाँसुरी सधै आफैंसँगै राख्थे ।
श्रीकृष्ण र राधाको मिलन हुन नसकेपनि श्रीकृष्णको बाँसुरीले उनीहरुलाई सधै एकै सूत्रमा बाधेको थियो ।
श्रीकृष्णको जतिपनि चित्रण पाइन्छन् त्यसमा बाँसुरी सबैमा देखिन्छ । जो राधासँगको प्रेमको प्रतीक थियो ।
कृष्णका कयौं लिला र राधासँगको प्रेमप्रसंग बारे कृष्ण चरित्रहरुमा उल्लेख गरिएको छ ।
त्यस्तै एक प्रसंग यहाँ उल्लेख गरिएको छ ।
राधालाई छोडेर रुक्मिनीसँग कृष्णको विवाह
भगवान श्रीकृष्णसँग राधा पहिलो पटक त्यतिबेला अलग भइन् जब मामा कंसले बलराम तथा कृष्णलाई आमन्त्रित गरेका थिए । वृन्दावनका मानिस यो खबर सुनेर निकै दुखी भएका थिए ।
मथुरा जानुभन्दा अघि श्रीकृष्णले राधासँग भेटेका थिए । राधा, कृष्णको मनमा चलिरहेको हरेक गतिविधीलाई थाहा पाउँथिन् । राधासँग विदा मागरे श्रीकृष्ण मथुरा गए ।
कृष्ण राधासँग प्रतिज्ञा गरेर गएका थिए कि उनी फर्किएर आउँनेछन् । तर मथुराबाट श्रीकृष्ण फर्किएर आएनन् । उनी राधाको नजिक भएनन् । विभिन्न परिवन्दका कारण कृष्ण विवाह पनि रुक्मणीसँग भएको थियो ।
रुक्मिनीले पनि श्रीकृष्ण पति पाउनका लागि निकै उपासना गरेकी थिइन् ।
श्रीकृष्णसँग विवाह गर्नका लागि उनी आफ्ना भाइ रुकमी विरुद्ध उभिएकी थिइन् । राधा जस्तै उनी पनि श्रीकृष्णसँग प्रेम गर्थिन् । रुक्मिनीले श्रीकृष्णलाई एक प्रेमपत्र पनि पठाएकी थिइन् । उनले आफूलाई लिएर जान श्रीकृष्णलाई आग्रह गरेकी थिइन् ।
पछि श्रीकृष्ण रुक्मिनीलाई लिन गए र विवाह गरे ।
राधाको मृत्यु
कृष्णले वृन्दावन छोडेसँगै राधाको वर्णन कम भएको थियो । राधा र कृष्णबीच जब अन्तिमपटक भेट भयो (कंस वध भन्दा अघि) तब राधाले कृष्णसँग उनी टाढा जान लागेको भएपनि आफ्नो मन कृष्णसँग हुने बताएकी थिइन् । यसपछि कृष्ण मथुरा गएका थिए ।
कंस र बाँकी राक्षसलाई मार्ने आफ्नो काम पूरा गरे । यसपछि आफ्नो प्रजाको रक्षाका लागि कृष्ण द्वारिका गए र द्वारकाधीशको नाममा लोकप्रिय भए ।
जब कृष्ण वृन्दावनबाट गएका थिए तब राधाको जिन्दगीले अलगै मोड लिएको थियो । राधाले आफ्नो दाम्पत्य जीवनको सबै प्रकृया निभाइन् र बुढी भइन् तर उनको मन त्यति बेला पनि कृष्णका लागि समर्पित थियो ।
राधाले पत्नीको रुपमा आफ्नो सबै कर्तव्य पूरा गरिन्, अर्को तर्फ श्रीकृष्णले आफ्नो दैवीय कर्तव्य निभाए ।
सबै कर्तव्यबाट मुक्त भएपछि राधा अन्तिममा आफ्ना प्रियतम कृष्णसँग भेट्न गइन् । जब उनी द्वारका पुगिन् उनले कृष्णको रुक्मिनी र सत्यभामासँग विवाह बारेमा सुनिन् तर उनी दुखी भइनन् ।
जब कृष्णले राधालाई देखे तब निकै खुसी भए । दुबैले इसाराको भाषामा एक अर्कासँग कुरा गरे । राधालाई कन्हैयाको नगरी द्वारिकामा कसैले पनि चिन्दैन थिए । राधाको अनुरोधमा कृष्णले उनलाई महलमा एक देवीको रुपमा नियुक्त गरेका थिए ।
राधा दिनभर महलमा बस्थिन् । उनी महलसँग सम्बन्धित काम हेर्थिन् ।
मौका पाउने वित्तिकै श्रीकृष्णलाई हेर्न पुग्थिन् । तर महलमा राधाले श्रीकृष्णको साथ पहिलाको जस्तो आध्यात्मिक आत्मियता महसूस गरिनन् । यसकारण राधा टाढा जान लागेकी थिइन् । उनले सोचिन् कि उनी टाढा गएर अर्कोपटक श्रीकृष्णसँग गहिरो आत्मीय सम्बन्ध स्थापित गर्न पाउनेछिन् ।
उनलाई थाहा थिएन की उनी कहाँ जाँदै छिन् । तर भगवान श्रीकृष्णलाई भने यो सबै कुरा थाहा थियो । समय वित्दै जाँदा राधा एक्लै परेकी थिइन् भने कमजोर भएकी थिइन् । त्यस समय उनलाई भगवान श्रीकृष्णको आवश्यकता परेको थियो । आखिर समयमा भगवान श्रीकृष्ण उनको अगाडि आए ।
कृष्णले राधासँग केही माग्न अनुरोध गरे तर राधाले माग्न मानिन् । कृष्णले फेरि अनुरोध गरे त्यतिबेला उनले कृष्णसँग अन्तिमपटक बाँसुरी बजाएको देख्न चाहेको बताइन् । श्रीकृष्णले बाँसुरी लिए र निकै सुरीलो धुन बजाए ।
श्रीकृष्णले कयौं दिन–रात बाँसुरी बजाए, त्यतिबेलासम्म राधा आध्यात्मिक रुपमा कृष्णमा विलिन भएकी थिइन् । बाँसुरीको धुन सुन्दा–सुन्दै राधाले आफ्नो शरीरलाई त्याग गरेकी थिइन् ।
भगवान कृष्णलाई थाहा थियो कि उनको प्रेम अमर हो तर पनि कृष्णले राधाको मृत्युलाई स्वीकार गर्न सकेनन् ।
कृष्णले प्रेमको प्रतिकात्मक अन्त्यको रुपमा बाँसुरीलाई तोडेर झाँडीमा फालिदिए । त्यसपछि जीवनभर श्रीकृष्णले बाँसुरी या कुनै अन्य वादक यन्त्र बजाएनन् ।
धर्मशास्त्रहरुका अनुसार जब द्वापर युगमा भगवान विष्णुले श्रीकृष्णको रुपमा जन्म लिएका थिए तब लक्ष्मीले राधा रानीको रुपमा जन्म लिएकी थिइन् ताकि मृत्यु लोकमा पनि विष्णुको साथ रहन सकियोस् ।
काठमाडौं, — हिन्दू धर्मले सहगोत्रीका बीच विवाह गर्न नहुने विधान गरेको छ । गोत्र भनेको वंश र कुल हो । प्रत्येक नयाँ पुस्तालाई गोत्रले जोड्ने काम गर्छ । जस्तो, कसैको भारद्वाज गोत्र छ भने त्यो व्यक्ति भरद्वा...
घरमा माउसुली देखिनु एक सामान्य घटना हो । सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ ।...
वास्तुशास्त्र अनुसार घरमा कुन ठाउँमा के कुरा राख्ने नियमको पालना गर्दा सुखसमृद्धि प्राप्त हुन्छ । वास्तु पालन नगर्दा भने स्वास्थ्य र धनहानिका अलावा अन्य धेरै समस्याबाट ग्रस्त भइन्छ । खराब भएको र टुटेफुटेको सामान घ...
सनातन धर्ममा गोत्रको धेरै महत्व हुन्छ । ‘गोत्र’को शाब्दिक अर्थ त धेरै व्यापक हुन्छ । यद्यपि विद्वानहरुले समय–समयमा यसरबारे यथोचित व्यख्या गरेका छन् । ‘गो’ अर्थात् इन्द्रिय, र &...
काठमाडौं -केही मानिस धार्मिक मान्यताका कारण लसुन र प्याज खाँदैनन् । विशेषगरी ब्राह्मणहरू लसुन प्याज खाँदैनन् । यसरी नखानुका वैज्ञानिक र धार्मिक कारण छन् । आयुर्वेदका अनुसार खाद्य पदार्थलाई तीनवटा श्रेणीमा बाँड...
१. नमस्कारको चलन हिन्दु संस्कृतिमा मानिस हात जोडेर एक अर्कालाई अभिवादन गर्छन् जसलाई नमस्कार भनिन्छ । यो परम्पराका पछाडिको सामान्य कारण भनेको दुवै हात जोडेर गरिने अभिवादनले सम्मान झल्काउँछ । तर वैज्ञानिक र...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...