×

NMB BANK
NIC ASIA

देउवा सभापतिभन्दा सभापतिका उम्मेदवारको सहयोगीको भूमिकामा देखिनुभयो : मीनेन्द्र रिजाल

साउन २६, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधरको विरोधका बावजुद नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको विभाग गठन, नियुक्ति र मनोनयन गरेपछि नेपाली कांग्रेसभित्र फेरि विवाद बल्झिएको छ । देउवाइतर पक्षले विभाग गठन गर्ने सभापति देउवाको निर्णयप्रति आपत्ति जनाएको छ । 

Muktinath Bank

कांग्रेस केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले देउवाको भूमिका पार्टी सभापतिभन्दा पनि आगमी महाधिवेशनमा सभापतिको उम्मेदवारको सहयोगीको जस्तो भएको टिप्पणी गरे । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘विभाग गठनको एकतर्फी निर्णयले शेरबहादुर देउवा पार्टी सभापति भन्दा पनि सभापतिको उम्मेदवारको सहयोगीको रूपमा प्रकट हुनुभयो,’ रिजालले लोकान्तरसँग भने, ‘महाधिवेशनको मुखमा आएर भोलिको उम्मेदवारले आफूलाई अनुकूल हुनेगरी एउटा पक्षबाट मनोनयन गर्न मिल्छ ?’


Advertisment
Nabil box
Kumari

देउवाको कार्यशैलीले सरकारको स्वेच्छचारी कदमको विरोध गर्ने नैतिक धरातल गुमेको रिजालले टिप्पणी गरे । 

Vianet communication
Laxmi Bank

‘राज्यका विभिन्न निकायमा एकतर्फी नियुक्ति गरेर सरकारले अधिनायकवादी चरित्र देखायो भनेर विरोध जनाउने नैतिक धरातल कांग्रेसले सभापतिको कार्यशैलीका कारण गुमाएको छ,’ रिजालले थपे । 

महाधिवेशन सम्पन्न भएको दुई वर्षभित्र गर्नुपर्ने विभागको गठन चारवर्षे कार्यकाल पूरा भएर थपिएको समयमा गरेपछि कांग्रेसभित्र विवाद शुरू भएको छ । 

देउवाले आइतवार संगठन विभागमा गोपालमान श्रेष्ठ, शिक्षा विभागमा हरिप्रसाद नेपाल, यातायात व्यवसायी समन्वय विभागमा महेन्द्र यादव, मुस्लिम विभागमा फरमुल्लाह मन्सुर, तराई–मधेश समन्वय विभागमा अजयकुमार चौरसिया, संघीय मामिला तथा प्रदेश समन्वय विभागमा रमेश रिजाल, वन वातावरण तथा विपद व्यवस्थापन विभागमा अम्बिका बस्नेत, वित्तीय तथा सहकारी संस्था समन्वय विभागमा आनन्दप्रसाद ढुंगाना, स्थानीय तह समन्वय विभागमा अर्जुनप्रसाद जोशी र निर्माण व्यवसायी समन्वय विभागमा वीरबहादुर बलायरलाई प्रमुखमा चयन गरेका थिए । 

केन्द्रीय सदस्य रिजालले देउवाको स्वेच्छाचारी कार्यशैलीको प्रतिवाद गर्ने र आफ्नो पक्षका सदस्यहरूलाई अवैधानिक विभागहरूमा सहभागी नहुन आग्रह गरिने बताए । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x