कात्तिक २१, २०८०
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
साउन २७, २०७७
हुम्ला जिल्लाको प्रसिद्ध पर्यटकीय गन्तब्य भ्यू दुलाको महत्व बचाउन प्रदेश सरकारको बल्ल ध्यान पुगेको छ ।
हुम्लाको सर्केगाड गाउँपालिका र खार्पुनाथ गाउँपालिकाको सीमानामा पर्ने समुद्री सतहबाट पाँच हजार मिटरको उचाइमा रहेको भ्यू दुलामा पुग्न मार्ग निर्माण गरिएपछि पाँच पाण्डवका पालामा पहाडमा परेको प्वालको संरक्षणमा सरकारको ध्यान पुगेको हो ।
उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय अन्र्तगत हुम्लामा रहेको डिभिजन बन कार्यालयका सव इन्जिनियर दिपक रावतका अनुसार १०८ वटा सिमेन्टको सिँढी, ३६ वटा सिमेन्टको पक्की पिलर, ढलानसहित दुइ वटा चौर निर्माण गरिएको छ । यस्तै, १८ सय मिटर बाटो निर्माण भएको छ भने पचास एमएमको स्टेनलेस स्टिलका ३६० मिटर रेलिङको प्रयोग गरिएको हो ।
मानसरोवरको तालबाट तत्कालिन पाण्डव मध्येका भीमसेनले अग्ला डाँडालाई सम्म बनाउन भन्दै ढुंगा हानेका थिए । त्यो पहाडमा एक हल गोरु छिर्ने प्वाल बनेको छ । स्थानीय गोरखबहादुर विष्टले भने, उक्त ढुंगा शीव मन्दिर नजिक पुगेको भन्ने किंवदन्ती छ । ढुंगामा भीमसेनको चित्रसमेत कोरिएको छ ।
भ्यूदुला निर्माण उपभोक्ता समितिका अध्यक्ष पदम रोकायाका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्रको रुपमा निर्माण कार्य हिउँ परेको समयमा नै गरिएको बताए । हामीले त्यहाँ वरिपरि रहेका १२ वटा देवताको मन्दिरमा सानो चौर बनाएका छौं । ताकी यहाँ आउने पर्यटकलाई बस्न समस्या नहोस । उनी भन्छन्, अब त्यहाँ धर्मशाला बनाउन सकेको भए धार्मिक पर्यटकको ओइरो लाग्ने थियो ।
उनका अनुसार भ्यू दुलामा एक बोरा सिमेन्ट लैजान १३ हजार परेको थियो । कार्यालयबाट ५० लाख बजेट भुक्तानी भएकोमा कन्टिजेन्सी काटेर थप पाँच लाख रुपैंयाको खार्पुनाथमा धर्मशाला निर्माण गरिएको छ । भ्यू दुलाबाट सिमिकोट, चंखेली, मुगु जिल्लाका केहि भाग र हुम्लाका अधिकांश भागको दृश्यावलोकन गर्न सकिन्छ ।
डिभिजन वन कार्यालय हुम्लाका प्रमुख निरज झाका अनुसार धार्मिक तथा पर्यटकीय क्षेत्र भएका कारण त्यहाँ लगानी गरिएको बताए । अपेक्षा गरेको भन्दा काम राम्रो भएको बताउँदै उनले त्यति उचाइमा पनि यति राम्रो संरचना निर्माण गर्नु ऐतिहासिक भएको बताए ।
उद्योग, पर्यटन बन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले ऐतिहासिक र धार्मिक महत्व बोकेका हरेक पर्यटकीय स्थलको निर्माणमा सरकार प्रतिबद्ध भएको बताए ।
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...