कोरोना महामारी र राजनीतिक वातावरणका कारण अमेरिकीहरू धमाधम नागरिकता त्याग्दै

अमेरिकामा सहन नसकिने राजनीतिक वातावरण तथा कोभिड–१० संकटको कुव्यवस्थापनका कारण अमेरिकीहरूले धमाधम नागरिकता त्याग्न थालेको नयाँ अनुसन्धानले देखाएको छ । अमेरिकामै रहेका तथा बाहिर रहेकाहरूले कीर्तिमान संख्यामा नागरिकता त्यागेका छन् ।

सन् २०२० को पहिलो ६ महिनामा ५८ सयभन्दा बढी अमेरिकीहरूले नागरिकता परित्याग गरेको बामब्रिज अकाउन्टेन्ट्स न्युयोर्कले जारी गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ । उक्त संस्थाले बाहिर रहेका अमेरिकीहरूलाई कर दाखिला गर्न सहायता गर्ने गरेको छ । 


Advertisement

‘निकै ठूलो संख्यामा अमेरिका बाहिर रहेका अमेरिकीहरूले नागरिकता त्यागेका छन् । सन् २०१७ देखि यो क्रम जारी रहेकोमा अहिले निकै बढेको हो,’ उक्त संस्थाका एक साझेदार एलिस्टेयर बामब्रिजले बताए । राजनीतिक ध्रुवीकरण, कोरोनाभाइरस महामारी तथा झन्झटिलो कर नियमावलिका कारण यसो भइरहेको उनको भनाइ छ ।

सन् २०२० को पहिलो ६ महिनामा नागरिकता परित्याग गर्ने अमेरिकीहरूको संख्या सन् २०१९ को सम्पूर्ण अवधिभन्दा दुई गुणा बढी हो । सन् २०१९ मा २ हजार ७२ नागरिकले अमेरिकासँग सम्बन्ध तोडेका थिए । 


Advertisement

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्