×

NMB BANK
NIC ASIA

विभत्स हत्या

गोंगबु हत्या प्रकरण : यस्ता छन् प्रहरीले पत्ता लगाएका १६ तथ्य र ८ प्रमाण

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गोंगबु हत्याकाण्डको प्रमुख अभियुक्त पक्राउ परी सार्वजनिक भएपछि उक्त प्रकरणको पर्दा उघ्रिएको छ ।

Muktinath Bank

प्रहरीले घटनामा संलग्न रहेको आशंकामा पक्राउ गरेको महिलाले अपराध स्वीकारेपछि शव पहिचान भएको भोलिपल्टै घटनाको यथार्थ बाहिर आएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

हत्यामा संलग्न कल्पना मुडभरी पौडेललाई महानगरीय प्रहरी परिसर काठमाडौंले मंगलवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।


Advertisment
Nabil box
Kumari

प्रहरीसँगको बयानमा मुडभरीले आफ्नो अपराध स्वीकारेकी छन् ।

Vianet communication
Laxmi Bank

नक्कली फेसबूक अकाउन्ट बनाएर निर्वस्त्र तस्वीरहरू पठाउने गरेकाले कोठामा बोलाएर हत्या गरेको बयान उनले दिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्यामलाल ज्ञवालीले पत्रकार सम्मेलनमा दिए ।

दहीचिउरामा स्लिपिङ ट्याबलेट राखेर खुवाएको र त्यसपछि अण्डकोषमा हानेर मारेको उनले बताएकी छन् ।

शव व्यवस्थापनमा भने छोरीले पनि सघाएको बयान उनले दिएको प्रहरीले जनाएको छ ।

गोंगबुमा टाउको र खुट्टविनाको शव सुटकेशमा भेटिएको थियो । सुटकेशमा शव नआटाएपछि टाउको र खुट्टा काटेको उनले बताएकी छन् ।

टाउको र खुट्टा भने जेब्रा झोलामा अर्कै स्थानमा भेटिएको थियो । शरीर भेटिएपछि टाउको भने प्रहरीको जोजो नामक कुकुरले पत्ता लगाएको थियो ।

शवको सनाखत हुन नसकेपछि प्रहरीले फोटो नै सार्वजनिक गरेको थियो ।  त्यसपछि शव दाङका कृष्णबहादुर बोहोराको भएको खुलेको थियो । 

सनाखत भएकै दिन प्रहरीले मुडभरीलाई पक्राउ गरेको थियो ।

अनुसन्धानबाट खुलेका तथ्यहरू :

– मिति २०७७।०४।२५ गते बिहान अन्दाजी ०७:०० बजेको समयमा टोखा न.पा. वडा नं. १० नवज्योति मार्गमा रातो प्लास्टिकले बेरेको, बोराको नाम्लोसहित कालो रंगको सुटकेशभित्र टाउको र खुट्टाविनाको पुरुषको शव फेला परेको ।
– तत्काल तालिम प्राप्त जोजो नामको ट्र्याकिङ डग (कुकुर) परिचालन गर्दा टाउको र खुट्टा पोको पारी फालेको अवस्थामा अन्दाजी ३०० मिटर पूर्व उत्तरमा रहेको स्वर्गद्वारी मार्गको खाली जमिनको कुनामा फेला परेको ।
– मृतक पहिचानका लागि मिति २०७७।०४।२६ गते मृतकको फोटो सामाजिक सञ्जाल तथा मिडियामार्फत सार्वजनिक गरिएको ।
– मिति २०७७।०४।२६ गते मृतकको मामा नाता पर्ने व्यक्ति आई मृतकको सनाखत गरेको ।
– मृतक जिल्ला रोल्पा रून्तीगढी गाउँपालिका वडा नं. ७ घर भई हाल गोंगबुस्थित एक होटलमा बस्दै आएका वर्ष ४५ का कृष्णबहादुर बोहोरा भन्ने यकिन भएको ।
– निज मृतक विगत ८ महिनादेखि उक्त होटलमा बस्दै आएको ।
– मृतक र अभियुक्तबीच करीब ३/४ वर्षदेखि फेसबूकमार्फत चिनाजानी भई सम्पर्कमा रहेको ।
– मृतक कृष्णबहादुर बोहोरा अभियुक्तको कोठामा बेलाबेलामा आई भेट्ने गरेको ।
– मृतकले अभियुक्तको फोटो राखी फेक फेसबूक आई.डी. खोली चलाउने गरेको भन्ने बुझिएको र आफू अनुकूल चल्नका लागि दबाब दिने गरेको ।
– मृतक घटनाको दिन आफू बसेको होटलबाट बा ७२ प ५६४४ नं. को स्कुटी प्रयोग गरी अभियुक्तको कोठामा आएको ।
– मृतकलाई अभियुक्तले दही, चिउरा, मासु र भोड्का खान दिएको ।
– शवको बाँकी भाग कालो रंगको सुटकेशमा राखी पश्चिम बाटोको छेउमा फाली कोठामा फर्की आई बसेको ।
– मिति २०७७।०४।२५ गते बेलुकी बिरामी लिएर काठमाडौं आई फर्कन लागेको चिनेजानेको एम्बुलेन्स ड्राइभरलाई फोन गरी भाडा तिरी सोही एम्बुलेन्सबाट चितवनतर्फ गएको ।
– अनुसन्धानका क्रममा निज कल्पना मुडभरी (पौडेल) घटनामा संलग्न भएको र निजको छोरी शव व्यवस्थापनमा संलग्न रहेको खुल्न आएकाले पक्राउका लागि प्रहरी परिचालन भएको ।
– निजहरूलाई खोजतलासका क्रममा जिल्ला प्रहरी चितवनको समन्वयमा पक्राउ गरिएको ।
– हालसम्मको प्रारम्भिक अनुसन्धानमा क्राइम सीन तथा भिक्टिम र शंकास्पद् व्यकतिको बीचमा टेक्निकल र फिजिकल सम्बन्ध स्थापना भएको तथा थप अनुसन्धान कार्य भइरहेको ।  

घटनास्थलबाट बरामद भएका दशी/प्रमाणका सामानहरू :

– घटनामा प्रयोग भएको धारिलो हतियार 
– हिर्काउन प्रयोग भएको ह्याम्मर
– रगत लतपतिएको पञ्जा, म्याट्रेसको टुक्रा
– घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल
– सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा
– मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरू
– स्लिपिङ ट्याबलेटको खोल
– मोबाइल सेटहरू

​​अभियुक्तको विवरण :

(१) नाम/थर : कल्पना मुडभरी (पौडेल)  

वतन : जिल्ला– चितवन, कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा  नं. १० नवज्योति मार्ग बस्ने ।
उमेर : ३७ वर्ष
पेशा : गृहिणी/अभिनय (केही टेलीशृंखलामा)
पक्राउ मिति : २०७७।०४।२६ गते ।
पक्राउ स्थान : जिल्ला– चितवन, कालिका न.पा. वडा नं. ९ शक्तिखोरस्थित माइती ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x