घट्यो सुनको मूल्य

पछिल्लो समय आक्रामक रूपमा बढेको सुनको मुल्य बिस्तारै घट्न शुरू गरेको छ । 

मंगलवार नेपाली बजारमा सुनको मूल्यमा ८ सय रुपैयाँको गिरावट आएको छ । यसदिन छापावाल सुन प्रतितोला १ लाख १ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


Advertisement

अघिल्लो दिन छापावाल सुन प्रतितोला १ लाख २ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । 

यसदिन तेजाबी सुन प्रतितोला १ लाख १ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । 


Advertisement

मंगलवार चाँदीको मूल्यमा भने ४० रुपैयाँको वृद्धि भएको छ । यसदिन चाँदी प्रतितोला १ हजार ४ सय ३५  रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी प्रतितोला   १ हजार ३ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्