कोरोनाको पहिलो र सफल भ्याक्सिन बनाएको पुटिनको घोषणा, भने– 'मेरी छोरी पनि ठीक भइन्'

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशले कोरोनाभाइरस (कोभिड- १९)को पहिलो र सफल भ्याक्सिन बनाएको घोषणा गरेका छन् ।

उक्त भ्याक्सिन आफ्नी छोरीलाई समेत लगाइसकेको उनको दाबी छ । उक्त भ्याक्सिनलाई रुसी स्वास्थ्य मन्त्रालयले मंगलवार मञ्जुरी दिएको छ ।


Advertisement

रुसी मिडियाहरूका अनुसार यो भ्याक्सिन मस्कोस्थित गामेल्या इन्स्टिच्युटले विकास गरेको हो ।

राष्ट्रपति पुटिनले छिट्टै ठूलो परिमाणमा यसको उत्पादन थाल्ने घोषणा पनि गरेका छन् ।


Advertisement

आफ्नी छोरीलाई कोरोनाभाइरसको संक्रमण भएको र यो भ्याक्सिन दिएपछि ठीक भएको दाबी पुटिनले गरेका छन् ।

'मेरी छोरीलाई पनि कोरोनाभाइरस संक्रमण भएको थियो, उनलाई हामीले यो नयाँ भ्याक्सिन दियौं, केही समयका लागि तापक्रम बढ्यो तर अहिले उनी बिलकुल ठीक छिन्,' पुटिनले भनेका छन् ।

विश्वभर अहिले कोरोनाको भ्याक्सिन बनाउने काम चलिरहेको छ । डब्लूएचओका अनुसार १०० भन्दा बढी भ्याक्सिनमा काम चलिरहेको छ ।

रुसले बनाएको भ्याक्सिनलाई डब्लूएचओले मान्यता भने दिइसकेको छैन ।

यदि रुसले दाबी गरेजस्तै यो भ्याक्सिन सफल भएमा दुनियाँका लागि निकै ठूलो उपलब्धि हुनेछ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्