×

NMB BANK
NIC ASIA

अमेरिका र चीनबीच तनाव बढेपछि चीनले पूर्वी एसियामा बढायो युद्धाभ्यास

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

चीन र अमेरिकाबीच शाब्दिक युद्ध चर्किएपछि चीनले पूर्वी एसियाका विभिन्न क्षेत्रमा सैन्य अभ्यास बढाइरहेको छ । वाशिङटनले सैन्य गतिविधि बढाइरहँदा र अमेरिकाका क्याबिनेट सेक्रेटरीले ताइवानको भ्रमण गर्न लाग्दा युद्धाभ्यास बढाइएको हो । 

Muktinath Bank

एक चिनियाँ थिंक ट्यांकले अमेरिकी प्रभुत्वको गुआम टापुमा चिनियाँ जनमुक्ति सेनाले लाइभ फायर अभ्यास गर्न सक्ने जनाएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जुलाई महिनामा दुईपटक दक्षिण चीन सागरमा अमेरिकाले युद्धपोत तैनाथ गरेर अभ्यास गरेपछि बेइजिङले युद्धाभ्यास बढाएको हो । 


Advertisment
Nabil box
Kumari

तर अमेरिकाको हेल्थ यान्ड ह्युमन सर्भिसेज सेक्रेटरी एलेक्स अजारले ताइवानको भ्रमण गरेपछि चीन–अमेरिका तनाव झनै चर्किएको छ । लामो समयपछि ताइवान भ्रमण गर्ने अजार सबभन्दा माथिल्ला अमेरिकी अधिकारी हुन् ।
 

Vianet communication
Laxmi Bank

ताइपेइमा अजारको उपस्थिति ताइवानका विषयमा अमेरिकी प्रतिबद्धताको गम्भीर उल्लंघन भएको चीनको परराष्ट्रमन्त्रीका प्रवक्ता झाओ लिजियानले बताए । 

सोमवार बिहान चीनले ताइवान जलप्रपातको मध्यरेखापारि लडाकू विमान पठाएको थियो । ताइवानले ती विमानलाई आफ्ना युद्धक विमानले भगाएको जनाएको छ । चिनियाँ विमानलाई ताइवानको एन्टी–एयरक्राफ्ट क्षेप्यास्त्रले पनि ट्य्राक गरेको ताइवानको रक्षा मन्त्रालयले जनाएको छ । 

चीनका सम्भावित युद्धाभ्यासहरूका विषयमा सोध्दा यूएस इन्डो–प्यासिफिक कमान्डका प्रवक्ता मेजर –यान्डी रेडीले भविष्यमा हुन पनि सक्ने नहुन पनि सक्ने काल्पनिक अभ्यासका विषयमा कुनै अनुमान नगर्ने बताए । 

सैन्य विश्लेषक कार्ल शुस्टरले वाशिङटन र ताइपेइ दुवैलाई बलियो सन्देश दिन चीनले सैन्य अभ्यास गर्नु आश्चर्यको कुरा नभएको बताए । 

‘उनीहरूले ताइवानको पूर्वी क्षेत्रमा एयर नेभल स्ट्राइक अभ्यास गर्न सक्छन् । चीनका राष्ट्रपति सी चिनफिङले चेतावनी दिन चाहेमा गुआमभन्दा पश्चिमतिरको जलक्षेत्रमा ब्यालिस्टिक क्षेप्यास्त्र प्रहार गराउन सक्छन्,’ उनले थपे । 

चिनियाँ जनमुक्ति सेनाको अंग्रेजी संस्करणको वेबसाइटमा गुआमको नाम परेकाले त्यहाँ आक्रमण हुन सक्ने सम्भावना रहेको उनको भनाइ छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर १६, २०८०

पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x