डिशहोमको द स्ट्रिङ्स शोको पहिलो राउण्ड सम्पन्न

डिशहोमले शुरू गरेको डिजिटल रेट्रो इंलिश संगीतिक प्रतियोगिता द स्ट्रिङ्सको पहिलो राउण्ड सम्पन्न भएको छ । 

पहिलो राउण्डमा उत्साहजनक रुपमा थुप्रै प्रतियोगीहरुले सहभागिता जनाएको डिशहोमले जनाएको छ ।


Advertisement

तीन राउण्डमा संचालन हुने यो संगीतिक प्रतियोगितामा ७० देखि ९० दशक सम्मको सफ्ट अंग्रेजी गीतहरु थुप्रै सहभागीहरुले गाएर डिशहोमको आधिकारीक फेसबुक पेजमा अपलोड गरेका थिए  । छिटै सम्पुर्ण सहभागीहरु मध्य बाट १० जना छनौट हुँदैछन् ।

अव यो सांगीतिक प्रतियोगीताको दोस्रो चरणमा हामी प्रवेश गर्दै छौ । सहभागीहरुले अपलोड गरेको भिडियोमा आएको अनलाईन भोटिङ्ग र उत्कृष्ट प्रस्तुतीको आधारमा निर्णायकहरुले उत्कृष्ट १० जना छनौट गर्नेछन् ।


Advertisement

 निर्णायकहरु पेम्बा लेप्चा, निर्भाणा चौधरी र युलिया कोईराला रहेका छन् । दोस्रो चरणमा पुग्ने प्रतिस्पर्धी विचको सांगीतिक प्रतियोगीता अव झन उत्साहजनक र रोचक हुनेछ तेस्रो चरणमा प्रवेश गर्नका लागि र टप ५ भित्र समावेश हुनकालागी प्रतिस्पर्धीहरुले अझ उत्कृष्ट र दमदार प्रस्तुती देखाउनु पर्ने हुन्छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्