×

NMB BANK
NIC ASIA

पाेखरामा एकै परिवारका ९ जनामा कोरोना पुष्टि भएपछि उच्च सतर्कता

साउन २७, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पोखरामा एकै परिवारका ९ जनामा कोरोना संक्रमण भेटिएपछि उच्च सतर्कता अपनाइएको छ।

Sagarmatha Cement
Muktinath Bank

पोखरा वडा ९ बसोबास गर्ने एकै परिवारका ९ सदस्यमा कोरोना पुष्टि भएपछि सतर्कता अपनाइएको वडाध्यक्ष रामराज लामिछानेले जानकारी दिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनका अनुसार २ दिनअघि परिवारका २ जनामा कोरोना पुष्टि भएकोमा उनीहरुको कन्ट्याक्टमा आएकाको मंगलबार भएको पीसीआर परीक्षणमा थप ७ जनामा संक्रमण देखिएकाे हाे। जससमा ६ महिला (१ बच्चासमेत) र १ जना पुरुष छन्। यसअघि २ जना (महिला/पुरुष) संक्रमित थिए।


Advertisment
Nabil box
Kumari

गण्डकी स्वास्थ्य निर्देशनालयले मंगलबार साँझ विज्ञप्ति जारी गरी वडा ९ का ४ महिलाहरु वर्ष ११, ३५, २७, ३७ तथा पुरुष वर्ष ३० र ३१ मा कोरोना पुष्टि भएको जनाएको छ। वडामा पहिले २ र अहिले ७ गरी कुल ९ जनामा कोरोना देखिइसकेको महानगरका स्वास्थ्य शाखाका वरिष्ठ अधिकृत हरिलाल आचार्यलाई उद्घृत गर्दै वडाध्यक्ष लामिछानेले दाबी गरे। 

Vianet communication
Laxmi Bank

वडाले सोमबार नै सूचना जारी गरी अत्यावश्यक कामबाहेक सकेसम्म घरबाहिर ननिस्कन वडावासीमा आग्रह गरिसकेको थियो। अब थप सचेतना उपाय के गर्नेबारे सरोकारवालासँग छलफल गरी निर्णय गरिने उनले बताए। वडा ९ पोखराको मुख्यबजार क्षेत्र पर्छ।

पोखरामा हालसम्म १ सय ६४ जना संक्रमित भेटिएका छन्। मंगलबार मात्र पोखरामा १५ जना संक्रमित थपिएका हुन् । 

बिहान पोखरा वडा ५ का ११ वर्षीय बच्चा (पुरुष) र ३८ वर्षीया महिला, वडा १७ की ४५ वर्षीया महिला र वडा ३० का ३० वर्षीय पुरुषलाई कोभिड–१९ पुष्टि भएको थियो।

त्यस्तै, साँझ वडा ९ र वडा १९ मा गरी ११ संक्रमित भेटिएका हुन्। वडा १९ का  ५२, ८०, ६१ र २५ का ४ जना महिलामा संक्रमण देखिएको छ। त्यस्तै पोखराकै वडा नखुलेकी ३७ वर्षीया महिला छन्। 

पोखरामा कुल संक्रमितमध्ये १ सय ७ जना निको भइ डिस्चार्ज भैसकेको छन् । शनिबार रातिमात्र पोखरा १९ का ६२ वर्षीय पुरुषको कोरोनाका कारण ज्यान गएको थियो।

गण्डकी प्रदेशमा कुल संक्रमित संख्या १ हजार ६ सय ४८ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार २५ जना मंगलबार मात्र थपिएका हुन् । कास्कीमा ११, बागलुङ र तनहुँमा २–२ जना तथा स्याङजामा ४ महिला र २ पुरुष गरी ६ जना संक्रमित भेटिएका हुन् । 

गण्डकीमा हालसम्म २९ हजार ८ सय ३४ नमुना संकलनमा कुल संक्रमितमध्ये १ हजार ४ सय ९३ निको भएका छन् । मृत्यु हुनेको संख्या ५ पुगेको छ। तीमध्ये स्याङ्जाका २, गोरखा, बागलुङ र कास्कीका १–१ जना पुरुष छन् ।

गण्डकी प्रदेशअन्तर्गत पोखरास्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालमा सोमबारदेखि कोरोना संक्रमितको उपचार सेवा सुरु गरिएको छ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x