×

NMB BANK
NIC ASIA

कोरोना संक्रमण बढेपछि थप कडाइ

साउन २८, २०७७

NTC
Sarbottam
फाइल फोटो
Premier Steels
Marvel

सरकारले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिएको भन्दै पुनः होटल तथा रेस्टुरेस्ट बन्द गर्ने निर्णय गरेको छ ।

Muktinath Bank

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले होटल र रेस्टुरेन्टमा बसेर खान नपाइने निर्णय गरेको हो भने ‘टेक अवे’ सुविधा भने खुला गरेको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

अब होटल र रेस्टुरेस्टबाट सामान प्याक गरेर लैजान मात्र पाइने भएको छ । यसअघि मन्त्रिपरिषद् बैठकले १५ साउनदेखि होटल तथा रेस्टुरेन्ट सञ्चालन गर्न अनुमति दिएको थियो ।


Advertisment
Nabil box
Kumari

सरकारले अत्यावश्यक बाहेकमा कुनै पनि प्रकारका बैठक, समीक्षा, गोष्ठी, सेमिनार, छलफल, भेला जस्ता सामूहिक जमघटका कार्य निषेध गर्ने निर्णय पनि गरेको छ । २०० भन्दा बढी संक्रमित भएका जिल्ला र काठमाडौं उपत्यकाका सरकारी तथा गैरसरकारी निकाय, बैंक, सहकारी, लघुवित्त एवं वित्तीय संघ संस्थालगायत प्रत्यक्ष सम्पर्कमा रही सेवा प्रवाह गर्ने सबै कार्यालयलाई ५० प्रतिशत कर्मचारी आलोपालो गरी उपस्थित हुने र घरबाटै सम्पादन गर्न सकिने तोकिएका कार्यहरू गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ भने विद्युतीय माध्यमबाट सेवा प्रवाहको व्यवस्था मिलाउने निर्णय पनि गरेको छ ।

Vianet communication
Laxmi Bank

सरकारले चाडपर्वहरू आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्डहरू पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउन पाउने निर्णय पनि गरेको छ ।

सरकारले शैक्षिक संस्थाहरू, सबै प्रकारका सभा, तालिम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, मनोरञ्जनस्थल, सैलुन, ब्युटीपार्लर तथा स्पा, स्विमिङ पुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकुद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थल, पुस्तकालय, चिडियाखानाको निषेध यथावत् राख्ने निर्णय गर्दै पालनामा कडाइ गर्ने निर्णय गरेको छ ।

फुटपाथ–खुला ठाउँ र ठेलागाडा–साइकल सञ्चालनमा भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ता कपडाको व्यवसाय निषेध गर्ने निर्णय पनि गरेको छ ।

सरकारले लामो दुरी (अन्तरजिल्ला) सञ्चालन हुने यातायात सेवा पनि तत्काल नखुलाउने भएको छ । यसअघि १ भदौदेखि सञ्चालन गर्न दिने निर्णय गरेकामा सोमबारको मन्त्रिपरिषद् बैठकले १६ भदौसम्म सञ्चालन गर्न नदिने निर्णय गरेको हो ।

सरकारले भदौ मसान्तसम्म अन्तर्राष्ट्रिय उडान नखुलाउने निर्णय समेत गरेको छ । सरकार प्रवक्ता, अर्थ, सूचना सञ्चार तथा प्रविधिमन्त्री डा. युवराज खतिवडाले सोमवारको मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न मंगलवार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय उडान ३१ भदौ राति १२ बजेसम्म बन्द गरिएको र स्वदेश आउनैपर्नेलाई सहजीकरण गरेर ल्याइने जानकारी दिए ।

सरकारले विदेशमा अलपत्र परेका नेपालीहरूमध्ये ५ सयलाई मात्र उद्धार गर्ने भएको छ । सरकार प्रवक्ता खतिवडाले दैनिक अधिकतम ५ सय जना नेपाली नागरिकलाई मात्रै उद्धार उडान अनुमति दिने निर्णय भएको जानकारी दिँदै नेपालीहरूलाई संक्रमण मुक्त भएको यकिन भएपछि मात्रै गन्तव्यस्थल जान दिइने बताए ।

सरकारले भारतबाट कामदार ल्याउन पनि प्रतिबन्ध लगाएको छ । सरकारी निर्णय अटेर गरेर उद्योगहरूले लुकीछिपी कामदार ल्याए कारबाही गरिने डा. खतिवडाले बताए ।

सरकारले भारतबाट नेपाल छिर्ने नाका २० बाट १० मा झार्ने निर्णय पनि गरेको छ । प्रवक्ता खतिवडाका अनुसार अब झापाको काकडभिट्टा, मोरङको रानी, सिरहाको माडर, रौतहटको गौर, पर्साको वीरगन्ज, रूपन्देहीको बेलहिया, कपिलवस्तुको कृष्णनगर, बाँकेको जमुना, कैलालीको गौरीफन्टा र कैलालीको गड्डाचौकी नाकाबाट मात्र नेपाल प्रवेश गर्न पाइने छ ।

सरकारले अन्तर्राष्ट्रिय नाकाहरू तथा खुला सिमानाहरू भने ३१ भदौसम्म बन्द गर्ने निर्णय गरेको छ । राजधानी दैनिकमा खबर छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x