मंसिर २५, २०८०
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
साउन २८, २०७७
काठमाडौं उपत्यकामा कोरोना संक्रमितको उपचार गर्न तोकिएका अस्पतालका शय्या भरिएपछि सरकारले लक्षण भएकालाई पनि जबरजस्ती घरमै राख्न थालेको छ ।
यसअघि चाप बढेपछि लक्षण नभएकाले घरमै आइसोलेसनमा बस्न पाउने नियम ल्याइएको थियो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) अनुसार पछिल्ला ५ दिनमा २०७ जनालाई घरमै आइसोलेसनमा राखिएको छ । ईडीसीडीका अनुसार उपत्यकामा साउन २२ मा ८१ जना संक्रमित देखिएकामा १४ जना घरमै आइसोलेसनमा छन् ।
यसरी घरमै बसेकामध्ये एक युवाले स्वास्थ्य मन्त्रालय र विभागका भेट्टाएजति सबै नम्बरमा फोन गरेर अस्पतालको आइसोलेसनका लागि हारगुहार गरिरहेका छन् । सिनामंगलमा भाडामा कोठा लिएर बसेका ती २७ वर्षीय युवामा संक्रमणको लक्षण समेत छ । उनले आफ्नो अवस्था यसरी सुनाए –
‘मलाई कोरोना लागेको शनिवार राति ११ बजे थाहा पाएँ । अफिसले शुक्रवार मसहित ३२ जनाको निजी प्रयोगशालालाई पैसा तिरेर कोरोना परीक्षण गराएको थियो । मेरो मात्रै पोजिटिभ रिपोर्ट आयो । म सेल्सको काम गर्ने भएकाले बजार जान्थें तर सावधानी अपनाउँथें । कहाँबाट सर्यो थाहै छैन ।
संक्रमण पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयका कर्मचारीले फोन गर्छन् र सरकारी एम्बुलेन्समा राखेर आइसोलेसन लैजान्छन् भन्ने सुनेको थिएँ ।
फोन आउला कि भनेर रातभरि कुरिरहें । न फोन आयो न त एम्बुलेन्स नै । कतैबाट फोन नआएपछि मन्त्रालयको टोल फ्रि ११३० नम्बरमा फोन गरें । आइतबार डाक्टर आएपछि फोन गर्ने जवाफ उताबाट आयो । अरू रोग भए पो
ट्याक्सी चढेर वा साथीको मोटरसाइकलमा नजिकैको क्लिनिक र अस्पताल जानु ! आफूलाई कोरोना पोजिटिभ छ भन्ने थाहा हुँदाहुँदै लुखुरलुखुर कहाँ जानु ? कोरोना लागेको थाहा पाएको रात त सुत्नै सकिएन
आइतवार पनि स्वास्थ्य मन्त्रालयबाट फोन आउला भनेर कुरिरहें । दिउँसो भइसक्दा पनि कसैले फोन गरेन । फेरि मन्त्रालयको ११३० र १११५ नम्बरमा फोन गरें । एउटा नम्बर पाएपछि कल गरेर कुरा गरें । मलाई कोरोनाको लक्षण भएको सुनाएँ ।
उहाँले अस्पतालमा बेड खाली छैन, केही दिन पर्खनुस्, बेड खाली भएपछि खबर गरौंला भन्नुभयो । ३ दिन भयो । कतैबाट खबर आएको छैन ।
शुरूमा मैले जोसँग कुरा गरेको थिएँ उहाँले पनि अर्को मान्छेको नम्बर दिनुभयो । उहाँलाई पनि मलाई सुक्खा खोकी भएको, सास फेर्न गाह्रो भएको, स्वाद थाहा नपाउने जस्ता समस्या रहेको सुनाएँ । तर अस्पतालमा बेड खाली नभएकाले भर्ना गर्न नसकिने जानकारी दिनुभयो । सोमवारसम्म पनि उहाँले फोन गरेर स्वास्थ्य अवस्था सोध्नुभयो । मलाई थप समस्या भयो भने जतिबेला पनि फोन गर्नुस् भन्नुभएको छ । तर उहाँले मेरा लागि बेड खोज्न सक्नुभएन ।
सरकारले कोरोना लक्षण भएकालाई अस्पतालको आइसोलेसनमा पठाउने गरेको समाचार हेर्छु, सुन्छु । मैले स्वास्थ्य मन्त्रालय, विभाग सबैतिर हारगुहार गरें तर मेरो समस्या कसैले सुनेनन् । यतिसम्म कि मन्त्रालयमा बारम्बार फोन गरेपछि एक जना कर्मचारीले त हिँडेर केएमसी अस्पताल जानुस्, आफ्नो समस्या सुनाउनुस् समेत भने । मलाई थाहा छ, कोरोना पोजिटिभ भएपछि जहाँ पायो त्यहाँ भर्ना लिइँदैन । उनको कुरा सुनेर रिस उठ्यो । मान्छे मरेपछि मात्रै रेस्पोन्स गर्नुहुन्छ भनेर रिसाएँ । मैले जति मान्छेलाई फोन गरें, सबैले अस्पतालमा बेड खाली छैन भन्छन् । त्यसैले मंगलवार त कसैलाई फोन पनि गरिनँ ।
मलाई सास फेर्न एकदम गाह्रो भइरहेको छ । सुक्खा खोकी रोकिएको छैन । थुक निल्न पनि अप्ठ्यारो हुन्छ । सुत्न त झन् गाह्रो हुन्छ । रुघा पनि छ । कोठामा एक्लै छु । कोठामा आवश्यक सामान साथीहरूलाई ल्याइदिन भन्छु । म संक्रमित भएको घरबेटीलाई थाहा छैन । घरबेटीले थाहा पाए भने निकालेर पठाउँछन् । अनि कहाँ जानु ? घरबेटीले थाहा नपाउन् भनेर साथीहरूलाई सामान ल्याएर ढोका बाहिर छाडेर सुटुक्क जानू भन्ने गरेको छु । साथीहरू बाहिर गएपछि अनि हतारहतार सामान भित्र ल्याउँछु । सास फेर्न गाह्रो भएपछि तातोपानीको बाफ लिन्छु । बिहान उठेर सुरुमा तातोपानीमा बेसार, नुन, अदुवा र मरिच राखेर एक ग्लास खान्छु । त्यसपछि उसिनेको अण्डा र फलफूल खान्छु । दिउँसो पनि तातोपानी तुलसी खान्छु । बिहानबेलुका खाना खान्छु । बेलुका पनि बेसार, अदुवा पानी खान्छु । सुत्ने बेला दूधमा बेसार राखेर खान्छु ।
कोठामा कोही नभएकाले सकिनसकी आफैं पकाएर खान्छु । म अस्पतालको आइसोलेसनमा हुन्थें भने के खाने के नखाने, डाक्टरसँग सोध्न सकिन्थ्यो । अरू संक्रमितसँग कुरा गर्दा तनाव कम हुन्थ्यो । घरमा चिन्ता हुन्छ भनेर आमाबुबालाई पनि म संक्रमित भएको खबर सुनाएको छैन । पैसा चाहिन सक्छ भनेर दाइभाउजूलाई चाहिँ खबर गरें । अफिसमा साथीहरूलाई थाहा छ । आवश्यक सामान अफिसले नै पठाइदिने गरेको छ ।
मलाई सरकारले आइसोलेसनमा लगेको भए मैले अरूलाई सामान ल्याइदेऊ भनेर हारगुहार गर्नुपर्दैनथ्यो ।
लक्षण भएका म जस्तालाई चाहिँ अस्पतालमै लगेर उपचार होस् भन्ने मेरो अनुरोध छ । अस्पतालमा हुँदा चिकित्सक, नर्ससँग कुरा गर्न सकिन्थ्यो । उनीहरूलाई आफ्नो समस्या सुनाउन पाइन्थ्यो । कोठामा बसेर कसलाई सोध्नु ? मैले चिनेको एक जना डाक्टरलाई सोधेर भिटामिन सी र सुक्खा खोकी हटाउन एलेग्रा १८० खाइरहेको छु । बिहान शारीरिक व्यायाम गर्छु । तीनतले घरको भुइँ तलामा खोक्दै कहिले ओछ्यानमा छटपटिन्छु, कहिले बाथरुममा छिर्छु । अलि समस्या भएजस्तो हुँदा सुत्छु । कुनै बेला गाह्रो भयो भने कहाँ जानु, कसलाई भन्नु भन्ने चिन्ता लाग्छ ।
सास फेर्न गाह्रो भएको व्यक्तिलाई अक्सिजन चाहिन्छ भन्ने सुनेको छु । त्यसैले मलाई अस्पतालमा आइसोलेसनको व्यवस्था गरिदिन अनुरोध गर्छन् । कोरोना संक्रमितको संख्या बढ्छ भन्ने अनुमान हुँदाहुँदै पनि आइसोलेसनको व्यवस्था छैन भन्दा दिक्क लाग्छ ।
अहिले दिनमा सय हाराहारी संक्रमित देखिँदा त सरकारको तयारी यस्तो छ भने अरू देशमा जस्तो हजारौं देखिए भने संक्रमितको व्यवस्थापन कसरी होला ? भोलि–पर्सीको स्थितिलाई कसरी व्यवस्थित गर्ने योजना बनाउन पनि ढिलाइ नहोस् । मजस्ता संक्रमितले आइसोलेसनको अभावमा कोठामा छटपटाउन नपरोस् ।’ कान्तिपुर दैनिकमा खबर छ ।
अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...
सवारीसाधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग एकता गर्न नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...
चालुु आर्थिक वर्ष २०८०/८१ मा नेपाली श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...
विशेष आर्थिक क्षेत्र (सेज)भित्र मदिरा, सुर्तीजन्य र विस्फोटक पदार्थ उत्पादन गर्ने उद्योग स्थापना गर्न नपाइने भएको छ। विश...
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...