×

NMB BANK
NIC ASIA

कोभिड अस्पतालका शय्या भरिए, नयाँ संक्रमितलाई कहाँ राख्ने ?

साउन २८, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

कोभिड–१९ को बढ्दो संक्रमणसँगै देशभरका स्वास्थ्य संस्थामा शय्या अभाव हुन थालेको सरकारले जनाएको छ ।

Muktinath Bank

संक्रमितले अस्पताल भरिन थालेपछि शय्या अभाव देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

संक्रमण भइसके पनि लक्षण देखा नपरेमा (एसिम्प्टोम्याटिक) घरमै बसेर अन्य व्यक्तिलाई रोग सर्न नदिने सावधानीका उपाय अपनाएमा समेत यो रोग नियन्त्रण र रोकथाम गर्न सकिने उनको भनाइ छ । ‘कोरोना संक्रमणको विस्तार हुन नदिन सावधानीका उपाय अवलम्बन गर्नु बाहेकको विकल्प छैन,’ उनले भने ।


Advertisment
Nabil box
Kumari

हाल पीसीआर परीक्षण संख्याका आधारमा संक्रमण दर ५.२ प्रतिशत छ । होम आइसोलेसनमा २ सय २४ संक्रमित छन् ।

Vianet communication
Laxmi Bank

आईसीयूमा उपचार गराउनेहरूको संख्या समेत बढ्दो छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीका अनुसार मंगलवार देशभर ८५ जना संक्रमित आईसीयूमा र ३ जना भेन्टिलेटरमा छन् । सबैभन्दा बढी प्रदेश २ मा ४३ जना आईसीयूमा छन् । वाग्मतीमा ३५ जना आईसीयू र ३ जना भेन्टिलेटरमा छन् । प्रदेश–५ मा ६ जना र प्रदेश १ मा १ जना आईसीयूमा उपचाररत छन् ।

देशभर १ हजार १ सय ३४ वटा आईसीयू र ५ सय ७६ वटा भेन्टिलेटर शय्या रहेको उनले जनाए ।

यसअन्तर्गत आईसीयू शय्या प्रदेश १ मा ४४, प्रदेश २ मा ४५, वाग्मतीमा ६ सय ३०, गण्डकीमा १ सय ३७, प्रदेश ५ मा २ सय २०, कर्णालीमा ४० र सुदूरपश्चिममा १८ वटा छन् । भेन्टिलेटर भने प्रदेश १ मा ६ वटा, प्रदेश २ मा १७, वाग्मतीमा ३ सय ६१, गण्डकीमा ५९, प्रदेश ५ मा १ सय ६, कर्णालीमा १७ र सुदूरपश्चिममा १० वटा छन् । हालसम्म २३ हजार ९ सय ४८ जनामा संक्रमण देखिएकामा १६ हजार ६ सय ६४ जना निको भइसकेका छन् । निको हुनेको संख्या कुल संक्रमितको ६९.६ प्रतिशत हुन आउँछ । ७ हजार २१ जना उपचाररत छन् ।

काठमाडौंसहित पर्सा, रौतहट, महोत्तरी गरी ४ जिल्लामा ५०० जनाभन्दा बढी संक्रमितको उपचार भइरहेको छ । मंगलवारसम्म काठमाडौंमा ९ सय ३३ जना संक्रमित उपचाररत छन् । हालसम्म काठमाडौंमा १ हजार ५७ जनामा संक्रमण पुष्टि भएकामा १ सय १७ जना डिस्चार्ज भइसकेका छन् । ७ जनाको मृत्यु भएको छ ।

यस्तै प्रदेश २ को पर्सा, रौतहट र महोत्तरीमा सक्रिय संक्रमितको संख्या क्रमशः ९ सय ६४, ७ सय ९६ र ५ सय ९१ तथा निको हुनेको संख्या क्रमशः २ सय २६, ७ सय ९५ र २ सय ६४ छ । पर्सामा १९ र रौतहटमा २ जनाको मृत्यु भएको छ ।

‘गाह्रो भयो भने अस्पताल जान सक्नुहुन्छ, बेड व्यवस्था हुन्छ’
डा. जागेश्वर गौतम, प्रवक्ता, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय

अस्पतालको आइसोलेसनको बेड लक्षण भएका र नभएका संक्रमितले भरिएका छन् । कोरोना संक्रमित बढ्ला भनेर सबै अस्पताललाई आइसोलेसन बनाएका थिएनौं । आइसोलेसन बनाइएका सीमित अस्पताल सबै भरिए । त्यसैले अहिले लक्षण भएकालाई पनि घरमै राख्नुपरेको छ । खासमा लक्षण भएकालाई मात्रै अस्पतालमा राख्नुपर्थ्यो । अब लक्षण नभएकालाई कीर्तिपुरको आयुर्वेद अस्पताल परिसरमा २०० जनालाई राख्ने व्यवस्था गरेका छौं ।

यहाँ पनि घरमा आइसोलेसन बस्न नमिल्नेलाई मात्रै राख्छौं । घरमा आइसोलेसनमा बसेकालाई गाह्रो पर्दा जुनसुकै बेला आफैंले सवारीको व्यवस्थापन गरेर पाटन, एपीएफ, टिचिङमा जान सकिन्छ । त्यहाँ गएर आफू संक्रमित भएको र गाह्रो भएको चाहिँ जानकारी गराउनुपर्छ । बेडको व्यवस्थापन जसरी पनि हुन्छ । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x