×

NMB BANK
NIC ASIA

हिजो दिनभर : अब सरकारी कार्यालय ५०% कर्मचारी मात्रै, यसरी खुल्यो विभत्स हत्याकाण्डको रहस्य

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

सरकारले कोरोना संक्रमणको जोखिम बढ्न नदिन काठमाडौं उपत्यकाका सरकारी कार्यालय ५० प्रतिशत कर्मचारीबाट मात्र चलाउने निर्णय गरेको छ । 

Muktinath Bank

मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले सरकारी, गैर सरकारी तथा बैंक तथा सेवा प्रवाह गर्ने निकायलाई वर्क फर्म होमको व्यवस्था मिलाउन निर्देशन दिने निर्णय भएको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘सरकारी र गैर सरकारी कार्यालय, बैंक तथा बैंकिङ सेवा प्रवाह गर्ने निकायले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्ने, बढीमा ५० प्रतिशत कर्मचारी उपस्थित हुने व्यवस्था मिलाउने र वर्क फर्म होमको व्यवस्था मिलाउने निर्णय भएको छ,’ सोमवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मंगलवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता खतिवडाले भने । 


Advertisment
Nabil box
Kumari

सरकारले बढी जनसम्पर्क हुने कार्यालय अर्को निर्णय नहुँदासम्मका लागि स्थगित गर्ने पनि निर्णय गरेको छ । 

Vianet communication
Laxmi Bank

सरकारले साउन ५ गतेको आदेशमा थपघट गर्दै साउन १५ गतेबाट होटल रेस्टुरा खोल्ने भनिएकोमा टेक अवे मात्र कायम गर्ने निर्णय गरेको छ ।

‘यसो गर्नुपरेको कारण, होटल रेस्टुरामा स्वास्थ्य सुरक्षाको कारण हो, मास्क नलगाउने कारण स्वास्थ्य जोखिम बढेको छ,’ उनले भने ।  

सरकारले ठेलागाढामा भइरहेको तरकारी तथा फलफूलको व्यापारमा पनि रोक लगाउने निर्णय गरेको छ । 

मन्दिरमा नित्य पूजा मात्र, चाडबाड पनि परिवारका सदस्यका बीचमा मात्र सीमित

सरकारले कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै मन्दिर र धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य गतिविधि गर्न नदिने निर्णय गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को सोमवार बसेको बैठकले साउन ५ गतेको आदेशमा संशोधन र थपघट गर्दै मन्दिरमा नित्यपूजा मात्र गर्ने निर्णय गरेको हो । 

सरकारले चाडपर्व आ–आफ्ना परिवारका सदस्यको बीचमा मात्र मनाउन दिने निर्णय पनि गरेको मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउन मंगलवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता डा. युवराज खतिवडाले जानकारी गराए ।

हस्ताक्षरको मसी नसुक्दै नेकपा सांसदहरूद्वारा आ–आफ्नै गुटको ‘भजन गान’ !

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का ५ दर्जन सांसदहरूले पार्टी विभाजनको विपक्षमा हस्ताक्षर गरेको ३ दिन नबित्दै हस्ताक्षरकर्ताले नै यसप्रति असन्तुष्टि व्यक्त गर्न थालेका छन् ।

आइतवार अपराह्न सिंहदरबारस्थित संसद सचिवालयमा पत्रकार सम्मेलन गरेर पार्टी एकताका पक्षमा ६३ जनाको हस्ताक्षर संकलन भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा उपस्थित सांसदहरूले आफू कुनै पनि पूर्व समूहमा नलाग्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेको बताएका थिए ।

हस्ताक्षर गर्ने बहुमत सांसदहरू प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय हुन् । ओली पक्षका ३० जना, अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका १२ जना र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका २१ जना सांसदहरूले हस्ताक्षर गरेका थिए ।

पूर्व माओवादी पक्षका सुरेशकुमार राईले सोमवार लोकान्तरलाई दिएको अन्तर्वार्तामा पूर्व समूहको गुणगान गाउनेहरूलाई टीमबाट नै निष्कासन गरिने बताएका थिए ।

तर हस्ताक्षरको मसी सुक्न नपाउँदै प्रधानमन्त्री ओली पक्षीय केही सांसदहरूले प्रधानमन्त्री ओलीलाई हटाउने भारतीय प्रपञ्चलाई अध्यक्ष प्रचण्ड लगायत अन्य शीर्ष नेताहरूले सहयोग गरेको भन्दै विभिन्न सञ्चारमाध्यममार्फत पुरानै समूहको ‘गीता’ गाउन थालेका छन् । 

पूर्व समूहकै पैरवी गर्ने हो भने विभाजनको विपक्षमा हस्ताक्षर गर्नुको के अर्थ भनेर हामीले ओली पक्षका एक सांसदलाई सोधेका थियौं । नाम उल्लेख नगर्ने शर्तमा उनले भने, ‘संसदीय दलमा बहुमत पुर्‍याएर प्रधानमन्त्रीलाई हटाउने र एकता भंग गर्ने षड्यन्त्रविरुद्ध हामीले हस्ताक्षर गरेका हौं ।’

उनको यो भनाइले ओली पक्षीय सांसदहरू रणनीतिक रूपमै हस्ताक्षर प्रक्रियामा सहभागी भएको बुझ्न सकिन्छ । आइतवार हस्ताक्षर सार्वजनिक गर्ने कार्यक्रममा जानुअघि ओली पक्षीय सांसदहरूले सिंहदरबारभित्रै एक मन्त्रीको कार्यकक्षमा बसेर छलफल गरेका थिए । 

तर ओली पक्षका अर्का सांसद कृष्णप्रसाद दाहालले भने रणनीतिक हिसाबले हस्ताक्षर गरिएको कुरा खण्डन गरेका छन् । ‘पहिला हामी विभिन्न समूहमै थियौं, त्यो स्वाभाविक थियो,’ उनले लोकान्तरसँग भने, ‘तर अहिले हस्ताक्षर गरिसकेपछिको स्थिति त्यो होइन । हाम्रो टाउको गनेर पार्टी विभाजन गर्न खोज्नेहरूलाई जवाफ दिन खोजेका हौं । हस्ताक्षर गर्नेहरूले ओली, प्रचण्ड वा माधव कमरेडले तयार पारेको कुनै पनि कागजमा सही गर्न नजाने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।’

संसदीय दललाई विभाजनको क्रीडास्थल बनाउन खोजिन्छ कि भन्ने आशंका भएकाले त्यसको विरुद्धमा छुट्टै टीम बनाउनुपरेको उनले बताए । यद्यपि प्रचण्ड–नेपाल र ओली दुवै समूहले संसदीय दलमा आफ्नो पक्षमा बहुमत रहेको दाबी गर्दै आएका छन् । 

संसदीय दललाई विभाजनको क्रीडास्थल बनाउन नदिने सांसद दाहालको प्रतिबद्धताको दोहोरो अर्थ लगाउन सकिन्छ । दुवै समूहकाले आ–आफ्नो अर्थ लगाएर हस्ताक्षरकर्ता टीमबीच विग्रह ल्याउन सक्ने सम्भावनालाई नकार्न सकिँदैन । 

हस्ताक्षर सार्वजनिक गर्ने कार्यक्रममा बोल्दै ओलीइतर पक्षबाट सांसद रामकुमारी झाँक्रीले अहिलेको पार्टी भित्रको लडाइँ पदको नभई विचार र पद्धतिको भएको बताएकी थिइन् । असार १० गतेदेखि शुरू भएको जारी पाचौं स्थायी कमिटीको बैठकमा प्रधानमन्त्रीको राजीनामा माग्ने क्रम नरोकिएपछि ओली समूहले प्रचण्ड–नेपाल समूहलाई पदलोलुप भएको आरोप लगाएका थिए । 

आइतवार झाँक्रीले त्यसको खण्डन गरिन् । अर्का सांसद विशाल भट्टराईले भने पार्टी भित्रको लडाइँ वैचारिक नरहेको र पद र प्रतिष्ठामा अल्झिएको भन्दै ओलीइतर समूहलाई आरोप लगाएका थिए । यसरी कुनै समूहमा नलाग्ने प्रतिबद्धतासहित हस्ताक्षर गरेको भए पनि दुवै पक्षका सांसदहरूको सम्बोधनमा गुटगत गन्ध देखिएको थियो । 

पार्टीभित्र अन्तरविरोध के हो भन्ने विषयमै अन्तरविरोध जन्मिएपछि अन्तरविरोधको समाधान कसरी हुन्छ भनेर लोकान्तरकर्मीले गरेको प्रश्नमा अर्थ समितिका सभापतिसमेत रहेका सांसद कृष्णप्रसाद दाहालले भनेका थिए, ‘हामी पूर्व समूहमा आएकाले आ–आफ्नो समूहको प्रतिनिधित्व हुने गरेर सम्बोधन गर्ने कुरा स्वाभाविक हो । त्यसलाई हामी आउँदो दिनमा निराकरण गर्छौं ।’ तर दाहालले भनेजस्तो गुटगत गन्ध निराकरण भएको छैन, बरू झन् बढिरहेको छ । 

सोमवार अपराह्न वरिष्ठ नेता नेपालले आफू पक्षका केही सांसद र केन्द्रीय कमिटी सदस्यहरूलाई आफ्नो निवास कोटेश्वरमा बोलाए । त्यहाँ हस्ताक्षरकर्ता सांसदहरू पनि गएका थिए । कोटेश्वर भेलामा सहभागी भएका एक केन्द्रीय सदस्यका अनुसार नेता नेपालले ओलीलाई जसरी पनि बैठकमा ल्याउने र विधिसम्मत निर्णय गराएर पार्टीलाई अघि बढाउने वचनवद्धता व्यक्त गरेका थिए । 

सांसद नारदमुनी रानाले पार्टीभित्र अस्वस्थ प्रकारको प्रतिस्पर्धा देखिएकाले त्यसमा निर्णायक हस्तक्षेपको जरुरी आवश्यक रहेको ठानेर हस्ताक्षरको पहलकदमी लिइएको बताए । उनले लोकान्तरसँग भने, ‘नेतृत्वलाई पार्टी एकजुट बनाएर राख्न दबाब दिनका लागि हस्ताक्षर गरिएको हो । यस अभियानमा कृष्णप्रसाद दाहाल, रामकुमारी झाँक्री, गणेश पहाडी, सुरेश राई र म समेतले अगुवाइ गरेका हौं ।’ 

जनप्रतिनिधि हुनुका नाताले जनताले नै आफूहरूलाई एकजुट भएर अघि बढ्न दबाब दिएकाले यसो गर्नुपरेको उनको भनाइ छ । ‘हामीले कुनै पनि नेतालाई लक्षित गरेर यो गठजोड गरेका होइनौं,’ उनले थपे, ‘एकता प्रक्रिया पूरा भएको छैन । यो बीचमा नेतृत्व नै परिवर्तन गर्ने कुराहरू आइरहेका छन् । अविश्वासको प्रस्तावबाट प्रधानमन्त्रीलाई हटाउने कुरा पनि आएका छन् । तर हामी निष्पक्ष भएर राष्ट्र र जनताका पक्षमा लाग्छौं । कुनै पूर्व समूहको पक्षमा हामी छैनौं ।’

विधिमा टेकेर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको भन्दै नेतृत्वलाई विधिसम्मत पार्टी चलाउन उनले आग्रह गरे । ‘नेताहरूले विभिन्न समयमा गरेका सहमतिहरूलाई इमान्दारीपूर्वक लागू गर्नुपर्छ, पार्टीको विधान र पद्धतिलाई आत्मसात गरेर अघि बढ्नुपर्छ, हाम्रो जोड त्यसमा रहन्छ,’ उनले भने ।

पूर्व माओवादी पक्षकी सांसद धर्मशीला चापागाईंले साथीहरूले पार्टी एकताका पक्षमा हस्ताक्षर गरौं न त भनेर जोड गरेपछि आफूले पनि हस्ताक्षर गरेको तर विधि विधान र पद्धतिका बारेमा छलफल नहुने हो भने आफू टीममा नरहने खुलासा गरिन् । 

‘पार्टीभित्र अहिले विचारको बहस हो कि पद प्रतिष्ठाको बहस हो भन्ने प्रश्नको एउटै जवाफ छैन,’ चापागाईंले लोकान्तरसँग भनिन्, ‘पूर्व माओवादी र पूर्व एमाले दुवै पार्टी अहिलेको अवस्थामा आएर एक हुनु एउटा विशिष्ठ परिस्थिति थियो । यो सही छ । तर फरक–फरक पृष्ठभूमि र योगदानबाट आएका पार्टीहरू मिलिसकेपछि नयाँ क्रमभंग हुनुपर्थ्यो । त्यो भएको छैन । वैचारिक हिसाबले त यो पार्टी नै कम्युनिस्ट हो कि होइन भन्ने प्रश्नको संघारमा उभिएको छ ।’

उनले दुवै पार्टीको एकता हुनु राम्रो कुरा भएको र एकतालाई बचाउन सबैले भूमिका खेल्नुपर्ने बताइन् । कसैले जनताको बहुदलीय जनवाद भनेर कुरा उठाइरहेको छ, कसैले के भनेको छ । यसबाट त झन् वैचारिक अस्पष्टता झल्किन्छ । दुवै पार्टीले अँगालेको विचारधारालाई समयसापेक्ष ढंगबाट परिमार्जन गरेर अघि बढेमात्र एकता अक्षुण रहन्छ भन्ने मेरो मान्यता हो,’ चापागाईंले थपिन् । 

उनले हस्ताक्षरकर्ताहरूको टीमलाई गुटगत प्रवृत्तिको अभ्यास गर्ने प्लेटफर्म बनाइन सक्ने सन्देह व्यक्त गरिन् । ‘त्यतिबेला एकताका पक्षमा हस्ताक्षर गरौंन त भनेर गरियो, अहिले साथीहरूका कुराले मेरो चित्त बुझ्न सकेको छैन,’ उनले भनिन्, ‘बैठक नै बस्न नखोज्ने, कमिटीगत प्रणालीमा पार्टीलाई चलाउन नखोज्ने प्रवृत्तिका पक्षमा कुरा आए भने म अलग हुन्छु ।’

सांसद दाहालले पार्टीको यो अन्तरिम अवस्था नटुंगिने बेलासम्म आफूहरू एकजुट भएर नेतृत्वलाई दबाब दिइरहने बताए । ‘हामी महाधिवेशनसम्म नै निष्पक्षताको अभ्यास गरेर अघि बढ्छौं,’ दाहालले भने, ‘महाधिवेशन पनि एकताको गर्ने भनेका छौं । त्यो सर्वसम्मतिले हुनुपर्छ । सर्वसम्मतिले हुन नसके माथिल्ला कतिवटा पदमा सहमति गर्ने हो ? त्यसको जवाफ पनि हामी खोज्छौं ।’

उनले बरू विचारमा मतदान गर्न सकिने तर नेतृत्व सर्वसम्मतले चुनिने व्यवस्था मिलाउनुपर्ने र आफ्नो निर्णायक हस्तक्षेप हुने बताए । ‘भद्रगोल हुँदा दिँदैनौं र हामीले हाम्रो पक्षधरता पनि कमसेकम यो अन्तरिमकाल नसकिने बेलासम्म देखाउँदैनौं,’ उनले थपे ।

यतिबेला पार्टी विभाजन गर्ने मनसायका साथ सांसदहरूको टाउको गन्ने प्रवृत्ति हाबी भएकाले आफूहरूले पहलकदमी लिनुपर्ने आवश्यकता ठानेको उनले बताए । ‘हामी अब न माधव, न केपी ओली र न प्रचण्डले तयार पारेको कागजमा हस्ताक्षर गर्न जान्छौं,’ उनले भने, ‘हाम्रो यो गठजोडले पार्टी एकता नचाहनेलाई घाटा पुग्छ । यो वा त्यो पक्षलाई फाइदा र नाफा हुन्छ भनेर हिसाबकिताब गर्न जरुरी छैन ।’

प्रहरीलाई नै रन्थन्याउने गोंगबु हत्याकाण्ड : यसरी खुल्यो पर्दा पछाडि लुकाउन खोजिएको रहस्य

आइतवार बिहान ७ बजे सुटकेशबाट रगत बगेको भन्दै प्रहरीलाई सूचना आयो । त्यसपछि प्रहरी घटनास्थल टोखा नगरपालिका–१० गोंगबुस्थित नवज्योति मार्गतर्फ लाग्यो ।

प्रहरीले घटनास्थलमा कालो सुटकेशबाट रगत बगिरहेको देख्यो, त्यसलाई खोलेर हेर्दा टाउको विनाको शव फेला पर्‍यो । 

प्रहरीले बाँकी शरीरको भाग खोज्न ‘जोजो’ नामक तालिम प्राप्त कुकुर परिचालन गर्‍यो । केही समयमै सुटकेश भेटिएको लगभग ३०० मिटर टाढा रातो जेब्रा झोलामा टाउको र खुट्टा फेला पार्‍यो । 

शरीरका टुक्रा फेला परे पनि विभत्स हत्याकाण्डको कारण र हत्याराबारे प्रहरी अनभिज्ञ थियो । हत्या गरेर कसले फालेको हो ? किन हत्या गरिएको हो ? यी कुरा पत्ता लगाउन प्रहरीलाई हम्मेहम्मे पर्‍यो ।

केही विकल्प नभएर रन्थनिएको प्रहरीले सोमवार मारिएका व्यक्तिको फोटो सार्वजनिक गरेर चिन्ने मानिसले सम्पर्क गर्न अनुरोध गर्‍यो । महानगरीय प्रहरी परिसर काठमाडौं र महानगरीय अपराध महाशाखाको टोलीले अनुसन्धान गरिरहेको थियो ।

प्रहरीले तस्वीर सार्वजनिक गरेको केही घण्टामै हत्या भएका व्यक्तिको पहिचान खुल्यो । मारिएका व्यक्तिका मामाले महानगरीय प्रहरी वृत्त चक्रपथमा मृतक भान्जा भएको र उनी दाङका कृष्णबहादुर बोहोरा भएको जानकारी दिए ।

प्रहरीले मृतकको परिचय बताउने मामासँग नै कृष्णबहादुरको फोन नम्बर मागेर अनुसन्धान शुरू गर्‍यो । बोहोराको फोनमा सम्पर्क भएका व्यक्तिको अनुसन्धान गर्दा हत्या गरेकी महिलाको पहिचान भयो । त्यसपछि प्रहरीले कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट पक्राउ गरेर काठमाडौं ल्यायो, घटनाको सबै रहस्य खुल्यो ।

मृतक कृष्णबहादुर बोहोरा र कल्पना मुडभरीबीच ३–४ वर्षअघि सामाजिक सञ्जाल फेसबूकमार्फत चिनजान भएको थियो । कृष्ण समय–समयमा कल्पनाको कोठामा आइरहन्थे । केही टेलीशृंखलामा खेल्दै आएकी कल्पना र बोहोराबीच चिनजान हुँदा बोहरा विदेशमा थिए ।

बोहोराले कल्पनाको फोटो राखेर फेसबूक आईडी खोलेर चलाउँदै आएका थिए । आफूले भनेको अनुसार चल्न भनेर बोहोराले कल्पनालाई दबाब दिँदै आएको अनुसन्धानमा खुलेको प्रहरीले जनाएको छ ।

शनिवार राति मृतक बोहोरा आफू बस्दै आएको बसपार्कको होटलबाट बा७२प ५६४४ नम्बरको स्कुटीमा कल्पनाको कोठामा आएका थिए । कोठामा आएपछि कल्पनाले बोहोरालाई दही, चिउरा, मासु, र भोड्का खुवाइन् । कल्पनाले दहीमा निद्रा लाग्ने औषधि (सिल्पिङ ट्याब्लेट) राखेर लठ्ठ पारेको प्रहरी अनुसन्धानमा खुलेको मंगलवार आयोजित पत्रकार सम्मेलनमा प्रहरीले जानकारी दिएको छ ।

बोहरालाई लठ्ठ पारेपछि कल्पनाले हतौडाले अण्डकोषमा हानेको र सलले घाँटीमा थिचेर हत्या गरेको बयानबाट खुलेको प्रहरीले जनाएको छ । हत्या गरेपछि बोहोराको शवलाई टुक्रा–टुक्रा पारेर फालिएको थियो । 

शवका टुक्रा फालेपछि चिनजानका व्यक्तिको एम्बुलेन्समार्फत आइतवार बिहानै कल्पना चितवनको कालिका नगरपालिका–७ घर गएर बसेकी थिइन् ।

प्रारम्भिक अनुसन्धानबाट कल्पना र कुष्णबहादुरबीच शारीरिक सम्बन्ध तथा लेनदेन हुने गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रहरीले घटनास्थलबाट हिर्काउन प्रयोग भएको हतौडा, रगत लत्पतिएको पञ्जा, म्याट्रेसको टुक्रा, घाँटी कस्न प्रयोग गरेको कालो रंगको सल, सुटकेशको ह्याण्डल, नाम्लोमा प्रयोग भएको डोरीको टुक्रा, मृतकले लगाएका तथा झोलामा रहेका मृतकका कपडाहरू, स्लिपिङ ट्याब्लेटको खोल, मोबाइल सेटहरू बरामद गरेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x