×

NMB BANK
NIC ASIA

अन्तर्राष्ट्रिय युवा दिवस : सरकारी कार्यक्रम प्रभावकारी नहुँदा युवा भएनन् लाभान्वित

साउन २८, २०७७

NTC
Sarbottam
प्रतिकात्मक तस्वीर
Premier Steels
Marvel

नेपाल लगायत विश्वमा अगस्ट १२ तारिखमा अन्तर्राष्ट्रिय युवा दिवस मनाइने गरिन्छ ।

Muktinath Bank

नेपालमा पनि ‘विश्व अभियानका लागि युवा सहभागिता ः रोजगारी प्रवद्र्धन र वातावरण संरक्षणमा युवा संलग्नता’ भन्ने नाराका साथ यो दिवस मनाउन थालिएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यस वर्ष कोरोना भाइरसका कारणले दिवस भर्चुअल रूपमा कार्यक्रम गरी मनाउन थालिएको हो । राष्ट्रिय युवा परिषद्को आयोजनामा भर्चुअल रूपमा बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म विभिन्न कार्यक्रमको उद्घाटन गरी प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् । 


Advertisment
Nabil box
Kumari

दिवसकै अवसरमा युवा नेतृत्वमा विकास गर्नका लागि राष्ट्रिय परिषद्ले १ हप्तादेखि विभिन्न कार्यक्रम गर्दै आइरहेको छ । 

Vianet communication
Laxmi Bank

युवाका सवाललार्ई सम्बोधन गर्ने हेतुले संयुक्त राष्ट्रसंघले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमितरूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् । 

नेपालमा भने युवासँग काम गर्ने संघसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि दिवस मनाउन थालिएको हो । नेपालमा पनि युवा दिवस मनाउन थालिएपछि युवाका मुद्दा केही न केही सम्बोधन हुन थालेका छन् तर युवालाई उच्च प्राथमिकतामा राखेर सरकारले धेरै कार्यक्रम ल्याए पनि ती कार्यक्रम प्रभावकारीरूपमा कार्यान्वयन नहुँदा युवा लाभान्वित बन्न सकेका छैनन् । 

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि विक्रम संवत् २०६५ सालमा सरकारले युवा तथा खेलकूद मन्त्रालय, राष्ट्रिय युवा नीति २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगतरूपमा समावेश गरेको छ । यसैगरी सरकारले विक्रम संवत् २०७२ सालमा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । 

सरकारले ल्याएको १५ औं योजनाको आधार पत्रमा ‘युवाको जाँगर समृद्धिको आधार’ भन्ने मूल नाराका साथ युवालाई मुलुकको समृद्धिसँग जोडेको छ । युवा रोजगार प्रधानमन्त्री कार्यक्रम, युवालाई स्वरोजगार बनाउनका लागि युवा तथा साना लगानी स्वरोजगार सचिवालयको गठन जस्ता कार्यक्रम ल्याइएका छन् । 

नेपाललाई सन् २०२५ सम्म दु्रत विकासशील राष्ट्रमा पुर्‍याउन शिक्षालाई गुणस्तरीय, व्यावसायिक र रोजगारमूलक बनाउँदै सम्पूर्ण युवाको पहँुच सुनिश्चित गर्नका लागि ‘युथभिजन २०२५ सहित १० वर्षे रणनीतिक योजना’ ल्याइएको छ । 

युवामा नेतृत्व विकास र रोजगारको समस्या हल गर्न ल्याइएका नीतिगत तथा संरचनागत संस्थाले नतिजामुखी परिमाण दिन नसक्दा बेरोजगार, नीतिगत निर्णय, अर्धदक्ष जनशक्ति, गुणस्तरीय शिक्षा जस्ता समस्या अहिले पनि रहेका छन् ।
कोभिड–१९ को कारणले अहिले मुलुकमा लाखौं युवा बेरोजगार बन्नु परेको अवस्था छ । सरकारले ती युवालाई समेटेर रोजगारीका कार्यक्रम ल्याउनु आवश्यक रहेको छ । 

राष्ट्रिय युवा परिषद्का उपाध्यक्ष माधवप्रसाद ढुङ्गेल युवाका मुद्दा सम्बोधनकै क्रममा रहेकाले युवाका क्षेत्रमा केही मात्रामा भए पनि सकारात्मक परिवर्तन देखा पर्न थालेको बताउँछन् । उनी युवाका क्षेत्रमा धेरै नीतिगत काम भए पनि कार्यन्वयनमा चुनौती रहेको बताउँछन् । ‘अहिले मुलुकमा युवाका क्षेत्रमा काम गर्नका लागि धेरै नीतिगत कानून बनेका छन्,’ उनी भन्छन्, ‘तर ती नीतिअनुसार कार्यक्रम कार्यान्वयन नहुँदा युवाका मुद्दा सम्बोधन गर्न भने चुनौती थपिएको छ ।’

सरकारले नेपाली युवालाई स्वदेशमा नै उद्यमशील र स्वरोजगार बनाउने उद्देश्यले २०७५ सालमा सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि २०७५ ल्यायो तर उक्त कार्यविधि पूर्णरूपमा लागू नहुँदा हजारौं युवा बैंकबाट सहजै कर्जा पाउन नसक्दा स्वरोजगार बन्न सकेका छैनन् । २ वर्षमा २८ हजार ६८७ युवाले मात्र कर्जा पाएका छन् । यस वर्ष करीब ६४ अर्ब कर्जा प्रवाह गर्ने लक्ष्य लिइएको छ । 

परिषद्का उपाध्यक्ष ढुङ्गेलले युवाका मुद्दा सम्बोधन गर्न ल्याइएका नीतिगत कानूनलाई विस्तारै कार्यन्वयनतिर लगिरहेको बताए । परिषद् गठनपश्चात युवाका क्षेत्रमा धेरै काम भएको उनले बताए । परिषद्ले संघ र प्रदेशमा नमूना युवा संसद् गठन गरी अभ्याससमेत गरिसकेको छ । यसैगरी परिषद्ले ९० स्थानीय तहमा नमूना युवा संसद् गठन तथा अभ्यास र ७७ स्थानीय तहका १ हजार ९४ वडामा युवा क्लबसमेत गठन गरेको छ ।

विक्रम संवत् २०६८ सालको राष्ट्रिय जनगणनाअनुसार नेपालको जनसंख्याको १६ देखि ४० वर्ष उमेर समूहलाई युवा मान्दा कूल ४०.३५ प्रतिशत अर्थात् १ करोड ७ लाख युवा छन् ।

युथ एक्सन नेपालका अध्यक्ष मदन पोखरेलले राज्यले युवाका मुद्दा सम्बोधन गर्ने खालका कार्यक्रम ल्याए पनि कार्यान्वयनमा समस्या भएको बताए । उनले नीतिगतरूपमा युवाका क्षेत्रमा रचनात्मक काम गर्ने खालका कार्यक्रम ल्याइए पनि कार्यन्वयन नहुँदा विदेश भूमिमा लाखौं युवाले रगत पसिना बगाउनु परेको बताए । ‘नीतिगतरूपमा युवाका क्षेत्रमा धेरै नै काम भएका छन् । युवालाई स्वरोजगारमुखी बनाउनेदेखि उत्प्रेरणा दिने खालका कार्यक्रम छन्,’ उनले भने, ‘तर ती नीतिमा रहेका कार्यक्रम कार्यान्वयन गर्न नसक्दा युवाका क्षेत्रमा नतिजामुखी परिमाण दिन सकिएको छैन । त्यसैले ती नीतिलाई सहजै कार्यान्वयन गर्ने खालका कार्यक्रम ल्याउनु पर्दछ ।’ 

उनले युवाका मुद्दालाई सम्बोधन गर्ने हो भने मुलुकको समृद्ध नेपाल र सुखी नेपालीको अभियानलाई पूरा गर्न सकिने बताए ।

श्रम, रोजगार तथा सामाजिक विकास मन्त्रालयको तथ्यांक अनुसार वार्षिक ५ लाख ३८ हजार विदेश जानेमा युवा अहिले ३ लाख २३ हजारमा झरेको छ । यसबाट पनि नेपालमा युवा केही न केही रोजगारीतिर लागेको देखिन्छ । यीमध्ये ७४ प्रतिशत अदक्ष, २४ प्रतिशत अर्धदक्ष र केवल २ प्रतिशत मात्र दक्ष जनशक्तिका रूपमा रहेका छन् ।

युवाका क्षेत्रमा मुलुकमा काम भइरहेकाले अहिले युवा विकास सूचकांकमा नेपाल विश्वमा १४५ औं स्थानबाट ७७ औं नम्बरमा पुगेको छ । १९ दशमलव २ प्रतिशत युवा पूर्ण बेरोजगार रहेका, कृषिमा युवाको संलग्नता ५०.२ प्रतिशत रहेको र २६.१ प्रतिशत युवा स्नातक भएर पनि बेरोजगार बस्नुपरेको अवस्था विद्यमान छ ।

राष्ट्रिय युवा संगठनका संयोजक रामप्रसाद सापकोटाले राज्यले युवाका मुद्दामा खर्च गरे पनि परिमाणमुखी बनाउन नसकेको बताए । उनले नीतिगत निर्माण, राजनीतिक नेतृत्व र रोजगारीमुखी बनाउने जस्ता कार्यक्रममा राज्यको अझै ध्यान पुग्न नसकेको बताए । ‘नीतिगतरूपमा युवाका मुद्दा धेरै छन्,’ उनले भने, ‘तर ती मुद्दालाई व्यवहारमा उतार्ने कार्यक्रम छैनन् ।’

नेपाल युवा संस्था (आयोन) का अध्यक्ष जगदीश ऐरले पहिलेभन्दा युवाका क्षेत्रमा धेरै नीतिगत काम भए पनि कार्यान्वयन नहुँदा युवाका समस्या जहाँको तहीँ रहेको बताए । ‘शुरूमा युवा दिवस मनाउँदा युवाका क्षेत्रमा काम गर्ने सरकारी निकाय नै रहेको थिएन,’ उनले भने, ‘अहिले सरकारले नै दिवस मनाउन थालेको छ । दिवसलाई सार्थकता दिनका लागि युवाका क्षेत्रमा बनेका नीतिलाई कार्यान्वयन गराउनुपर्दछ ।’

उनले कोभिड–१९ को कारणले धेरै युवा बेरोजगार भएको अवस्थामा सरकारले रोजगारीका प्याकेज ल्याउनुपर्ने बताए ।

नेपालमा यस आर्थिक वर्षमा संघीय सरकारले ६४ अर्ब ४९ करोड र प्रदेश सरकारले १२ अर्ब १९ करोड तथा स्थानीय तहले पनि करोडौं रकम युवाका क्षेत्रमा काम गर्ने भनेर छुट्याएका छन् । परिषद्का सूचना अधिकारी धु्रवराज पौडेलले बजेटअनुसार कार्यक्रम प्रभावकारी कार्यान्वयन हुन सके युवाका क्षेत्रमा धेरै काम गर्न सकिने बताए । उनले राज्यले उच्च प्राथमिकतामा राखेर युवाका क्षेत्रमा बजेट विनियोजन गरे पनि एकद्वार प्रणालीबाट कार्यक्रम हुन नसक्दा चुनौती रहेको बताए ।

उनका अनुसार अहिले १८ वटा मन्त्रालयले युवाका क्षेत्रमा काम गरिरहेका छन् तर ती मन्त्रालयबीच समन्वय नहुँदा युवा लक्षित कार्यक्रम प्रभावकारी बन्न सकेका छैनन् । – शरद शर्मा/रासस 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x