×

NMB BANK
NIC ASIA

विज्ञ भन्छन्– ‘भेन्टिलेटरको अभावमा ज्यान जाने दिन आउन सक्छ’, तर सरकार रमिते !

साउन २८, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं उपत्यकासहित देशभर कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण यही अवस्थामा बढ्दै गएको खण्डमा भेन्टिलेटर नपाएर बिरामीको ज्यान जानसक्ने विज्ञहरूले बताएका छन् । 

Muktinath Bank

दिनदिनै कोभिड संक्रमण बढ्दै जाने तर उपचारका लागि आवश्यक पर्ने उपकरणहरू भेन्टिलेटर, आईसीयू र आइसोलेसन बेड अहिलेकै अवस्थामा रहने हो भने बचाउन सकिने खालका बिरामीको पनि ज्यान जाने चिन्ता विज्ञहरूले गरेका हुन्  ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

तर स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतम भने कोरोनाका बिरामीका लागि अहिले नै थप भेन्टिलेटर आवश्यक परिनसकेको बताउँछन् ।


Advertisment
Nabil box
Kumari

लोकान्तरसँगको संक्षिप्त कुराकानीमा प्रवक्ता गौतमले भेन्टिलेटर कोरोनाको उपचार नभएको भन्दै कोरोनाका बिरामी ६० जना आईसीयूमा हुँदा सरदर ३ जनालाई मात्रै भेन्टिलेटर आवश्यक पर्ने बताए ।

Vianet communication
Laxmi Bank

‘भेन्टिलेटरमा गएका मानिसहरू कमै फिर्ता भएका छन्, त्यसमा पनि ६० जना आईसीयूमा रहेकामध्ये ३ जना मात्रै भेन्टिलेटरमा गएको देखिन्छ,’ प्रा.डा. गौतमले लोकान्तरसँग भने ।

कोरोनाका भाइरस (कोभिड–१९) को संक्रमण देशको राजधानी तथा सबैभन्दा धेरै जनघनत्व भएको काठमाडौं उपत्यकामा दिनानुदिन फैलिरहेको छ । 

पछिल्लो १५ दिनयता राजधानीमा प्रत्येक दिनजसो करीब सयको हाराहारीमा संक्रमण पुष्टि भइरहेको छ । लक्षणसहितका संक्रमित देखिने क्रम बढेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले पनि उपत्यकाको अवस्था पहिलेको जस्तो नभएको भने पत्रकार सम्मेलनमै स्वीकारिसकेका छन् ।

उपत्यकामा कोरोनाको भाइरसको महामारी फैलिएको खण्डमा उपचार गर्ने अस्पताल, भेन्टिलेटर र आईसीयूको पर्याप्त उपलब्धता हुने अवस्था छैन ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो समयमा कोरोना परीक्षण गर्ने क्षमता दैनिक १० हजारबाट बढाएर १८ हजार पुर्‍याएको जनाएको छ ।

यद्यपि अहिलेसम्म त्यो परिमाणमा परीक्षण भने भएको छैन ।

तयारी पुगेन : विज्ञ

सरकारले भविष्यलाई हेरेर राम्रोसँग तयारी नगरेका कारण भविष्यमा समस्या पर्नसक्ने नेपाल चिकित्सकसँगका सदस्य डा. प्रकाश बुढाथोकी बताउँछन् ।

‘सरकारले भविष्यमा आउने जोखिमलाई मध्यनजर गरेर तयारी गरेको भए कोरोनाका बिरामीहरू बढ्दै गएपनि जोगाउन सकिने थियो तर अबको अवस्था त्यस्तो देखिन्न,’ डा. बुढाथोकीले लोकान्तरसँग भने ।

'सरकारले ‘होप फर द बेस्ट बट प्रिपेयर फर द वर्स्ट’ (राम्रो हुने अपेक्षा गर्दै नराम्रो अवस्थाका लागि तयारी) को रणनीति अख्तियार गर्न सकेन । नराम्रो अवस्थाको तयारी गरेर बसेको भए अहिलेको अवस्था आउने थिएन । भर्ना भएका बिरामी, भेन्टिलेटर चाहिने बिरामीलाई पनि जोगाउन सकिन्थ्यो । स्वास्थ्य सामग्रीहरू जस्तै, शय्याहरू, भेन्टिलेटर, आईसीयू रातारात नहुने भएकाले आगामी दिनमा तत्कालै व्यवस्था गर्न कठिन हुने र स्वास्थ्य उपकरणको अभावमा बिरामीको ज्यान जाने अवस्था छ,' डा. बुढाथोकीले भने ।

कोरोना संकट निम्तिएको यति लामो समयसम्म पनि सरकारले पर्याप्त तयारी गर्न नसक्नु दुःखद् भएको उनको गुनासो छ ।

अबका दिनमा जनता आफैँले सुरक्षा नअपनाएको खण्डमा कोरोना महामारीको चपेटा पर्न सक्ने सुझाव उनले दिए ।

सरकारको पूर्वतयारी कमजोर भएपनि व्यक्ति आफैँले सुरक्षा सावधानी अपनाएको खण्डमा संक्रमणको जोखिम कम हुने उनको तर्क छ ।

‘सरकारले तयारी गरेन भनेर भन्नुभन्दा उत्तम आफू सुरक्षित हुनु नै हो, यसो गर्दा संक्रमणबाट जोगिन सकिन्छ,’ डा. बुढाथोकीले सुझाव दिए ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकलाई हेर्ने हो भने देशभरमा ९ सय भेन्टिलेटर छन् । आईसीयूमा कोरोनाका बिरामी राख्न सक्ने क्षमता १ हजार ७ सय २ मात्र छ । 

आइसोलेसन बेडको संख्या ६ हजार ६ सय ७१ छ भने २ लाख ३५ हजार ५ सय ९६ क्वारेन्टीन बेड रहेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले लोकान्तर जानकारी दिए ।

अधिकांश क्वारेन्टीन सामुदायिक विद्यालयमा बनाइएकाले ती पनि अहिले खाली गरिँदै गरेको अवस्था छ ।

कोरोना संक्रमण तीव्र गतिमा फैलिएर बढीभन्दा बढी भेन्टिलेटर चाहिने अवस्था आयो भने त्यसको तयारीमा सरकार रहेको देखिँदैन ।

समुदायमै पुगेर नियन्त्रण आवश्यक छः डा. भगवान कोइराला

अहिलेको अवस्थामा कोरोनाभाइरस नियन्त्रणका लागि समुदायमा सावधानी अपनाउनुपर्ने मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला बताउँछन् ।

‘अहिलेको अवस्थामा संक्रमणलाई समुदायमै नियन्त्रण गर्नु नै मुख्य कुरा हो,’ डा. कोइरालाले भने । 

उपकरणहरू कम भएको अवस्थामा भएका उपकरणलाई पुनर्व्यवस्थापन गरेर कोरोनाका बिरामीलाई उपचार गर्न सकिने डा. कोइरालाले बताए । 

कोरोना बढ्दै गएको खण्डमा सामान्य बेडलाई कोभिड बेडको रूपमा बढाउँदै लैजाने, आईसीयू कक्ष बढाउने, सामान्य लक्षण देखिएकालाई अस्पताल भर्ना नगर्ने लगायतका कामहरू गरेको खण्डमा कोभिडका बिरामीलाई व्यावस्थापन गर्न सकिने डा. कोइरालाले बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २८, २०८०

काठमाडौंको चन्द्रागिरिस्थित सेतो पहरामा शनिवार दिउँसो कार दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । काठमाडौंबाट चित्लाङका लागि छुटेको प्रदेश - ३ - ०१ - ०२३ च ६९८५ नम्बरको कार दुर्घट...

कात्तिक १६, २०८०

काठमाडौं –छिट्टै उर्जा प्रदान गर्ने फलको रुपमा चिनिने केराले तपाईलाई स्वस्थ्य मात्रै राख्दैन, केही जटिल प्रकारका रोगबाट पनि बचाउँछ ।  पूर्ण रुपमा पाकेको केराले तपाईको शरीरलाई धेरै प्रकारका र...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

मंसिर १४, २०८०

काठमाडौं- खान–पिनमा शौकीन व्यक्तिलाई कुनै विशेष खाद्य पदार्थको लाभ तथा हानीबारे जानकारी हुँदैन । उनीहरुलाई त्यो कुराले फरक पनि पर्दैन । किनकी त्यस्ता व्यक्तिलाई जुन खानेकुराको स्वाद मनपर्यो, त्यसलाई नखाइ ...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x