बुटवलको काेराेना अस्पतालमा ज्यान गुमाएका युवाको पिसिआर रिर्पोट नेगेटिभ

प्रकाश आचार्य
प्रकाश आचार्य

लोकान्तर संवाददाता आचार्य प्रदेश नम्बर ५ बाट रिपोर्टिङ गर्छन् ।

बुटवलको धागो कारखानाको काेराेना विशेष अस्थायी अस्पतालमा बुधबार बिहान ज्यान गुमाएका २५ वर्षीय युवा प्रदीप तेलीको पिसिआर रिर्पोट नेगेटिभ आएको छ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नम्बर १२ का तेलीको श्वासप्रश्वासमा समस्या आएपछि मंगलबार राति बुटवलस्थित अस्पताल ल्याएर भेन्टिलेटरमा राखिएको थियो। 


Advertisement

बुधबार साँझ आएको पिसिआर रिपोर्टमा तेलीलाई कोरोना संक्रमण नदेखिएको  अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले लोकान्तरलाई जानकारी दिए। थापाले भने, ‘कही बेर अगाडि नेगेटिभ रिर्पोट आएको छ। उहाँको मृगौलामा समस्या रहेछ।’ 

तेली यही साउन २४ गते भारतको मुम्बईबाट घर आएका थिए। भारतबाट नै आउँदा ज्वरो र रुघाखोकी देखिएपछि उनले स्थानीय अस्पतालमा उपचार गराएका थिए। श्वासप्रश्वासमा समस्या देखिनुका साथै कोरोनासँग मिल्दोजुल्दो लक्षण भएपछि उनलाई काेराेना अस्थायी अस्पतालको भेन्टिलेटरमा राखिएको थियो। 


Advertisement

बुधबार नै बुटवलमा कोरोना संक्रमणबाट भेन्टिलेटरमा उपचार गराइरहेका कपिलवस्तुकै कृष्णनगरका ४२ वर्षीय पुरुषको मृत्यु भएको छ। ४२ वर्षीय पुरुषको कुनै ‘ट्राभल्स हिस्टी’ पाइएको छैन। 

प्रकाश आचार्य
प्रकाश आचार्य

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्