सुझाव प्रतिवेदन पेश गर्न राप्रपामा समिति गठन

फाइल फोटो।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)  ले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेख गरिएका विषयको कार्यान्वयन गर्न समिति गठन गरेको छ। 

बुधबार बसेको पार्टीका अध्यक्षत्रयको बैठकले पार्टी एकीकरणसम्बन्धी आधारपत्रमा उल्लेखित विषयहरुको कार्यान्वयन र थप व्याख्याका लागि सुझाव प्रतिवेदन पेश गर्न ६ सदस्यीय सुझाव समिति गठन गरिएको विज्ञप्तिमा उल्लेख छ।


Advertisement

सुझाव प्रतिवेदन पेश गर्न सात दिनको समय दिइएको सो समितिमा दीपक बोहोरा, बुद्धिमान तामाङ्ग, राजेन्द्र लिङ्देन, विक्रम पाण्डे, धुव्रबहादुर प्रधान र श्यामप्रसाद तिमिल्सिना छन् । २०७६ साल फागुन २४ गते एकताको १० बुँदे आधारपत्रमा तीन अध्यक्षले हस्ताक्षर गरेका थिए। 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्