×

NMB BANK
NIC ASIA

हिजो दिनभर : गृह मन्त्रालयले बन्द गर्‍याे सवारी पास , सुनको मूल्य एकैदिनमा ठूलो गिरावट

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

गृहले गर्‍याे सवारी पास बन्द, ७७ वटै प्रशासनलाई परिपत्र

काेराेना भाइरस संक्रमितकाे संख्या दिनप्रतिदिन बढ्दै गएपछि गृह मन्त्रालयले सवारी पास बन्द गरेकाे छ। गृहले बुधबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै बिहीबारदेखि सवारी पास जारी नगर्न भनेकाे हाे।

Muktinath Bank

यसअघि जिल्ला प्रशासन कार्यालयहरुले अन्तरजिल्ला सवारी पास जारी गर्दै आएका थिए।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा अतिआवश्यक बाहेक अन्तरजिल्ला आवागमन बन्द गरेकाे थियाे। अति आवश्यक कामले सवारीसाधन लिएर अन्तरजिल्ला जानु परे जिल्ला प्रशासन कार्यालयबाट सवारी पास लिनु पर्दथ्याे।


Advertisment
Nabil box
Kumari

तर गृहले अर्काे व्यवस्था जारी नभएसम्मका लागि भन्दै पास जारी नगर्न भनेकाे हाे।

Vianet communication
Laxmi Bank

सरकारले गत चैत ११ गतेदेखि जारी गरेकाे लकडाउन साउन ६ गते मध्यरातिदेखि अन्त्य गरेकाे थियाे। तर काठमाडाै‌ं उपत्यकासहित विशेषगरी तराईका जिल्लामा संक्रमण बढ्नुका साथै ज्यान गुमाउनकाे संख्या बढ्न थालेपछि सरकारले प्रतिबन्धात्मक आदेश जारी गरिसकेकाे छ। यसअघि भदाै १ गतेबाट खुल्ने भनिएका लामाे दूरीकाे यातायात, हवाई उडान र विद्यालय भर्ना पनि अनिश्चित जस्तै बनेकाे छ।

सरकारले पछिल्लाे पटक लकडाउन त घाेषणा गरेकाे छैन । तर संक्रमण बढी फैलिएका जिल्ला, स्थानीय तहमा स्थानीय प्रशासनले लकडाउन/निशेधाज्ञा जारी गरिरहेका छन्। काठमाडाैं उपत्यका र सक्रिय संक्रमित २ सय नाघेका जिल्लामा राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न पनि निषेध गरिएकाे छ। ती जिल्लामा सार्वजनिक र निजी सवारीसाधनमा जाेरबिजाेर प्रणाली लागू गरिएकाे छ। 

पछिल्लो २४ घण्टामा ४ सय ८४ कोरोना संक्रमित, ६४ डिस्चार्ज

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा ४ सय ८४ मा कोरोना संक्रमण देखिएको पुष्टि गरेको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएको र त्यसमा ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ भने हालसम्म १६ हजार ७ सय २८ कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् ।


काठमाडौँ उपत्यकामा थपिए १ सय ३८ कोरोना संक्रमित
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १ सय ३८ कोरोना संक्रमित थपिएको जनाएको छ ।

बुधवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएको र त्यसमा देशभरबाट ४ सय ८४ जनामा संक्रमण पुष्टि भएको बताएका हुन् ।

त्यसमध्ये काठमाडौँ उपत्यकामा १ सय ३८ जनामा संक्रमण देखिएको छ ।

डा. गौतमका अनुसार काठमाडौँ जिल्लामा १ सय ९, भक्तपुरमा ८ र ललितपुरमा २१ जनामा संक्रमण देखिएको हो ।

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ६४ रहेको छ भने हालसम्म १६ हजार ७ सय २८ कोरोना संक्रमण जितेर घर फर्किसकेका छन् ।

कोरोना सङ्क्रमणलाई अवसरका रूपमा लिएर देश विकास गरौं : महामन्त्री कोइराला

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणलाई अवसरको रुपमा लिएर देशको विकास गर्नुपर्ने बताएका छन् ।

सुशील कोइराला मेमोरियल फाउन्डेसनले कांग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री सुशील कोइरालाको ८१ औँ जन्मजयन्तीका अवसरमा बुधवार आयोजित ‘अन्वेषण यात्रा’ विषयक जुम कार्यक्रममा उनले कोभिड–१९ का कारण स्वदेश फर्केका युवालाई कृषि क्षेत्रमा लगाएर देशको विकास गर्नुपर्ने बताएका हुन ।

“कोभिड–१९ लाई अवसरको रुपमा बदल्नका लागि स्वदेश फर्केका युवालाई कृषिमा जोडेर मुलुकलाई आत्मनिर्भर बनाउनुपर्छ”, उनले भने ।

कांग्रेसले मुलुकको सम्भावनालाई हेरेर विकासको खाका बनाउनुपर्नेमा उनले जोड दिए ।

महामन्त्री कोइरालाले वीपी कोइरालाले देखेको जनप्रतिनिधिद्वारा निर्माण गरिने संविधानको सपना स्व सुशील कोइराला नेतृत्वको सरकारले पूरा गरेको बताउँदै नैतिकताको राजनीतिमा विश्वास गर्ने सुशील कोइरालामा सादा जिवन, उच्च विचार रहेको थियो, भने ।

फाउन्डेसनका अध्यक्षसमेत रहेका महामन्त्री कोइरालाले व्यक्तिभन्दा पार्टीलाई प्राथमिकतामा राख्ने स्व कोइराला भ्रष्टाचारविरोधी नेताका रुपमा आफूलाई स्थापित गरेको बताए ।

कार्यक्रममा प्राडा जयराज आचार्यले मूल्य, मान्यता र सिद्धान्तको राजनीतिमा विश्वास गर्ने स्व कोइराला सरल र सादगी नेता भएको उल्लेख गर्दै वीपी कोइरालाले देखाएको बाटोलाई सधै पछ्याउने स्व कोइरालाले संविधान निर्माण गरेर वीपीको सपनालाई पूरा गरेको बताए ।

पछिल्लो समय कांग्रेसभित्र मूल्य मान्यता र सिद्धान्त हराउँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै उनले पार्टीभित्र सिद्धान्तभन्दा पनि पैसा भएका व्यक्ति हावी हुँदै गएको धारणा व्यक्त गरे ।

फाउन्डेसनका सदस्य–सचिव अतुल कोइरालाले फाउन्डेसनले आगामी दिनमा ‘अन्वेषण यात्रा’लाई निरन्तर रुपमा अगाडि बढाउने जानकारी दिए ।

सुनको मूल्य एकैदिनमा ठूलो गिरावट

सुनको भाउमा एक्कासि ठूलो गिरावट आएको छ ।

अघिल्लो दिन मंगलवार १ लाख १ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको भाउ बुधवार घटेर ९५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

एकैदिन सुनको भाउ ६ हजार २ सय रुपैयाँ घटेको हो ।

यस्तै तेजाबी सुन ९४ हजार ९ सयमा कारोवार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि घटेर १२ सय १० रुपैयाँ प्रति तोला कायम भएको छ ।

मंगलवार चाँदी १ हजार ४ सय ३५ रुपैयाँ प्रति तोलामा कारोवार भएको थियो ।


 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x