सुर्खेतमा करोडौंको सुन बरामद

शेरबहादुर थापा
शेरबहादुर थापा

लोकान्तर संवाददाता थापा कर्णाली प्रदेशबाट रिपोर्टिङ गर्छन् ।

फाइल तस्वीर

जिल्ला प्रहरी कार्यालय सुर्खेतले गएराति ठूलो धनराशिको सुन बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको टोलीले वीरेन्द्रनगर वडा नं. २ मुलपानीबाट अन्दाजी ६ करोड बराबर मूल्यको सुन बरामद गरेको हो ।


Advertisement

सुन बरामद गरेको नौ घण्टा बित्दा पनि प्रहरीले सुन सार्वजनिक नगर्दा सामाजिक सञ्जालमा प्रहरीको चर्को आलोचना भइरहेको छ ।

यता जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी  रामप्रसाद घर्तीलाई सम्पर्क गर्दा उनको फोन उठेन । यो सँगै जिल्ला प्रहरी कार्यालयले सुन बारेमा जानकारी दिन आनाकानी गरेको पाइएको हो ।


Advertisement

प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम एसएसपी राजेशनाथ वास्तोलाले जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट आधिकारीक रुपमा के कति सुन समातिएको हो जानकारी नआएको बताए ।

यद्यपी ठूलो मात्रामा सुनका बाला, औंठीहरू भने बरामद भएको खबर सुनेको उनको भनाइ छ । उनलाई लोकान्तरले कहिले सार्वजनिक हुन्छ भनेर सोध्दा यसबारेमा जिल्ला प्रहरी कार्यालय सुर्खेतसँग कुरा गर्ने बताए ।
 

शेरबहादुर थापा
शेरबहादुर थापा

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्