नक्कली सुन काण्डका मुख्य अभियुक्त इल्ताफ हुसेन पक्राउ

साढे १५ किलो नक्कली सुन काण्डका मुख्य अभियुक्त मानिएका इल्ताफ हुसेनलाई प्रहरीले पक्राउ गरेको छ ।

नक्कली सुन भारततर्फ सप्लाइ गर्ने क्रममा प्रहरीले फलो गरेपछि आधा किलो सुन र सुनको जलप लगाएको साढे १५ किलो चाँदीसहितको झोला छाडेर फरार भएका इल्ताफलाई महानगरीय अपराध महाशाखाको समन्वयमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको टोलीले बाराबाट पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) श्याम ज्ञवालीले जानकारी दिए ।


Advertisement

बा६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलसहितको झोला निलेश सखियालाई दिएर सार्वजनिक गाडी चढ्न आग्रह गरी उनी फरार भएका थिए ।

बारा घर भएका इल्ताफ भारतीय जाली नोट कारोवारमा पनि संलग्न रहेको प्रहरीले जनाएको छ ।


Advertisement

जिल्ला अदालत ललितपुरले उनलाई ३ वर्ष कैद र २ करोड ३१ लाख जरिवाना हुने फैसला २०६७ साल जेठ ३ गते सुनाएको थियो ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्