×

NMB BANK
NIC ASIA

राजधानी काठमाडौंमा थपिए १२७ कोरोना संक्रमित

साउन २९, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

पछिल्लो २४ घण्टामा राजधानी काठमाडौं उपत्यकामा १२७ जना कोरोना संक्रमित थपिएका छन् ।

Sagarmatha Cement
Muktinath Bank

संक्रमितको राष्ट्रिय विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काठमाडौंमा १११, ललितपुरमा ११ र भक्तपुरमा ५ जना संक्रमित थपिएका विवरण सार्वजनिक गरे ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंका संक्रमितमध्ये १ जनाको हेटौडा प्रयोगशालामा संक्रमण पुष्टि भए पनि संक्रमित हाल कहाँ छन् भनेर खुलाइएको छैन । अन्य सबै संक्रमण राजधानीकै विभिन्न प्रयोगशालामा पुष्टि भएको हो ।


Advertisment
Nabil box
Kumari

अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा देशभर थप ५२५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रवक्ता गौतमले देशभरका ३८ प्रयोगशालामा भएको परीक्षणबाट ५२५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।

Vianet communication
Laxmi Bank

हालसम्म देशभर कूल संक्रमितको संख्या २४ हजार ९५७ पुगेको प्रवक्ता गौतमले बताए । यससँगै देशभर सक्रिय संक्रमित ८ हजार २५ जना रहेका छन् भने १६ हजार ८३७ जना डिस्चार्ज भइरहेका जनाइएको छ । पछिल्लो २४ घण्टामा १०९ जना डिस्चार्ज भएका छन् ।

देशभरका क्वारेन्टीनमा १४ हजार ७६९ जना रहेका प्रवक्ता गौतमले जानकारी दिए । ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका जिल्लामा पर्सा, रौतहट, महोत्तरी र काठमाडौं रहेका छन् भने संक्रमित शून्य रहेका जिल्ला संखुवासभा, मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला रहेका छन् ।

देशभर कोरोना भाइरस संक्रमणबाट मृत्यु हुने कूल संक्रमितको संख्या ९५ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले मृतकमध्ये ७३ पुरुष र २२ महिला रहेका जानकारी दिए । पछिल्लो पटक ४ जनाको मृत्यु भएको हो ।

महोत्तरीको मटिहानीका ४५ वर्षीय पुरुषको रामजानकी अस्पतालमा मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिए । उनका अनुसार धनुषाको मिथिलाका ८५ वर्षीय महिलाको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा, अछामको रामारोशनमा १८ वर्षीय पुरुषको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान ललितपुरमा र मोरङको विराटनगरका ५७ वर्षीय पुरुषको कोशी अस्पताल विराटनगरमा निधन भएको छ ।

मृतकमध्ये प्रदेश १ का ८ जना, प्रदेश २ का ३९ जना, बाग्मतीका १८, गण्डकीका ६, प्रदेश ५ का १२, कर्णाली ४ र सुदूरपश्चिमका ८ जना रहेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x