मंसिर १९, २०८०
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
२१ जेठ २०७५ गते हेटौंडामा बाग्मती प्रदेश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले भनेका थिए– म पार्ट–पूर्जा फेरेको मान्छे हो, किड्नी ट्रान्सप्लान्ट गरेको ११ वर्ष भयो । १८–२० घण्टा किन काम गरिरहेको छु ? देश बनाउने उद्देश्यका लागि म खटिइरहेको छु । मर्दा–मर्दा जिएको जिन्दगीलाई आराम दिएको भए हुन्थ्यो, तर देश विकासका लागि लागेको छु ।
संसद्मा प्राप्त झण्डै दुईतिहाइ मतको ऊर्जासहित ओलीले प्रदेश सभाहरूमा गएर सांसदलाई जिल्ल बनाउने योजना सुनाए ।
शुरूआती दिनमा ओलीले बाँडेका विकासका आश्वासन पत्याउनुको विकल्प थिएन । न त कसैले ओलीले अगाडि सारेका योजनालाई चुनौती दिने हिम्मत राख्दथे । मुलुक एक प्रकारले ओलीमय बनेको थियो । हेटौंडामै ओलीले नेपालको आँप क्यानडा र हरियो साग खाडीका मुलुकमा निर्यात गरेर देशमा डलर भित्र्याउने सपना बाँडे ।
तर, विस्तारै ओली सरकारको पाइनमा खिया लाग्दै गयो । केही समयअघि दिवंगत भएका गीतकार रत्नशमशेर थापाले लेखेको ‘ठट्टैमा यो बैंस जान लाग्यो.. ’ बोलको गीत जस्तै प्रधानमन्त्री ओली सरकारको बैंस लगभग सकिएको छ ।
आजकाल ओलीका बोलीलाई जनताले त्यति गम्भीरता साथ लिएको पाइँदैन । मुलुकको कार्यकारीका अभिव्यक्तिलाई ठट्टा र हाँसीमजाकको रूपमा लिने गरेको पाइन्छ ।
कतिपयको दृष्टिमा विकासको सपना बाँडेको युग या कतिपयको दृष्टिमा सत्ता टिकउने खेल जेमा लागेको भनेपनि ओली सरकारको दोस्रो कार्यकालको आधा समय घर्किएको छ ।
वर्तमान संसद् र सरकारको कामको मध्यावधि समीक्षा गर्ने समय आएको छ । अर्थात् वर्तमान संसद र ओली नेतृत्वको सरकारले आधा कार्यकाल पूरा गरेका छन् ।
२०७४ मंसिर १० र २१ गते प्रदेश सभासँगै प्रतिनिधि सभा सदस्य निर्वाचित गर्न आम निर्वाचन सम्पन्न भएको थियो । निर्वाचनमा तत्कालीन वामपन्थी गठबन्धनले भारी बहुमत ल्याएपछि फागुन ३ गते केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका थिए ।
आम निर्वाचन सम्पन्न भएको ३२ महिना पूरा भएको छ भने ओलीले सत्ता सम्हालेको ३० महिना पूरा भएको छ । अर्थात् पाँच वर्षे कार्यकालको ठ्याक्कै आधा समय गुज्रिएको छ ।
२०७४ साल फागुन २१ गते संघीय संसद्को अधिवेशन शुरू भएको थियो । संसद्को कार्यकाल पाँच वर्षको हुने संविधानको स्पष्ट व्यवस्था छ । संविधानको धारा ८५ अनुसार संकटकालीन अवस्थाको घोषणा या आदेश लागू रहेको अवस्थामा मात्र प्रतिनिधि सभाको कार्यकाल एक वर्ष नबढ्ने गरी थप गर्न मिल्छ ।
कुनै कारणले अगावै विघटन भएको अवस्थामा बाहेक प्रतिनिधि सभाको कार्यकाल २०७९ फागुन २० गते सकिने छ, त्यसका लागि २०७९ मंसिरमै संघीय संसद्को आवधिक निर्वाचन गर्नुपर्नेछ ।
नेपालमा चुनावको मिति मौसम हेरेर तय गरिने भएकाले मंसिरमा नभए सोही वर्षको चैत या अर्को वर्षको वैशाखमा चुनाव गर्नु सरकारको बाध्यता हुनेछ ।
लोकतान्त्रिक मूल्य मान्यताबारे अन्तर्राष्ट्रिय समुदायसामु गरेको प्रतिबद्धताअनुसार पनि संसद्को आयु सकिएलगत्तै आम निर्वाचन गर्नु राज्यको दायित्व हुनेछ ।
पाँच वर्षमा आवधिक निर्वाचन गर्दा नेकपा नेतृत्वको सरकारको कार्यकाल अब साढे २ वर्ष बाँकी छ ।
गत वैशाखमा भएको नेकपा सचिवालय बैठकको भद्र सहमतिअनुसार वामदेव गौतम चुनावी सरकारको प्रधानमन्त्री बन्छन् या रहस्यको गर्भमै रहेको आलोपालोको सहमति अनुसार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री बन्छन् वा समृद्ध नेपाल, सुखी नेपालीको नारा पूरा गर्न ओलीले नै बाकी कार्यकाल पूरा गर्छन् ? जोमसोमको मौसमजस्तो छिनछिनमा फेरिने नेकपाको राजनीतिको भविष्यवाणी गर्नु जोखिम छ ।
२९ महिनामा के भए उपलब्धि ?
२३ वर्षको मौनता तोड्दै चीनका राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरे, ओलीको कार्यकालमा । विश्वको उदीयमान अर्थतन्त्र भएको देश चीनका राष्ट्रपतिबाट भएको राजकीय भ्रमण ओली सरकारको महत्त्वपूर्ण सफलता हो । परन्तु चीनसँग भएका सहमति बेवारिस नै छन् ।
ओली प्रधानमन्त्री रहेको समयमा नेपालले दशकौंदेखि भारतद्वारा अतिक्रमित नपाली भूमि नेपालको नक्सामा समेट्ने काम भयो ।
नक्साअनुसार नेपालको निशान छाप परिवर्तन गर्न संविधानमा संशोधन भयो । ओलीको कार्यकालमा भएका यी दुई दूरगामी महत्त्वका कुरालाई कसैले अस्वीकार गर्न सक्ने छैन, इतिहास बनिसकेका छन् ।
तर, ओली प्रधानमन्त्री निर्वाचित भएलगत्तै उनले केही यस्ता आश्वासन बाँडे, जसले जनतालाई तीब्र महत्त्वाकांक्षी बनाइदियो । कतिपय यस्ता आश्वासन बाँडे जो पूरा गर्न सम्भव थिएनन् ।
ओलीले २०७५ साल पुस १५ गतेका लागि मिति नै तोकेर पानी जहाजको टिकट काट्न आग्रह गरे, जुन कुरा हावादारी ठहरियो ।
पानीजहाज चढ्न निम्तो दिएपछि कार्यालयको उद्घाटन गरे, जुन अहिले केही कर्मचारीलाई दिन कटाउने मेलो मात्र भएको छ ।
कोशीमा पानीजहाज चलाउने महत्त्वाकांक्षी घोषणा गरियो, तर चितवनको नारायणी नदीमा बनाइएको अलि ठूलो आकारको डुंगालाई देखाएर ‘पानीजहाज युग’ शुरू भएको घोषणा गरियो ।
प्रधानमन्त्री ओलीले सिलिन्डर युगको अन्त्य भएको र घरघरमा पाइपमार्फत ग्यास पुर्याउने आश्वासन बाँडे । विराटनगरमा गोबरग्यास प्लान्टको उद्घाटन गरेर त्यसलाई ‘सिलिन्डरबाट पाइप युग’ शुरूआत गरेको प्रचार गरियो । त्यो गोबर ग्यास प्लान्ट पनि केही समयमा बन्द भयो ।
पोखरामा गएर ओलीले म्याग्दीको बेनीसम्म चुच्चे रेल चलाउने घोषणा गरे । ओली प्रधानमन्त्री भएलगत्तै डेढ वर्षमै काठमाडौंमा मोनो रेल चल्ने घोषणा भयो । राजमार्गका सडकमा हवाइजहाजको आकस्मिक अवतरण गर्नेगरी बाटो फराकिलो बनाइने कुरा भयो । ‘हात्ती र हात्तीछाप चप्पल उस्तै–उस्तै हो नानु’ भनेजस्तै देखिए– पानीजहाज र ग्यास पाइपलाइन ।
प्रधानमन्त्री ओलीले आफू १८/२० घण्टा खटिएको दाबी गरेपनि त्यसको परिणाम भने देखिएको छैन । प्रधानमन्त्री, उनका सल्लाहकार र मन्त्रीहरू यो कुरा स्वीकार गर्न तयार छैनन्, तर सरकारको कामबाट कोही रुष्ट छन् भने स्वयं नेकपाका नेताहरू छन् ।
बेसार पानी खाँदा कोरोनाबाट बच्न सकिन्छ भन्ने अभिव्यक्ति र भगवान रामको जन्मभूमि अयोध्या नेपालमा पर्छ भन्ने अभिव्यक्तिका कारण ओली चर्चामा छन् । बेसार पानीले कोरोना निको हुन्छ भन्ने ओलीको भनाइलाई लिएर धेरैले व्यंग्य गरेपनि कतिपयले भने ओलीको भनाइले आम नागरिकलाई सान्त्वना र कोरोना संक्रमितलाई हौसला दिएको भन्दै प्रशंसा पनि गरे ।
सरकारको अलोकप्रियताका कारक– 'गलत पखेटा'
जनताको जीवनस्तरमा ल्याउने परिवर्तनबाट सरकारको लोकप्रियताको जाँच गरिन्छ, सरकारका नीति कार्यक्रम र बजेटले जनताका समस्या समाधान गर्यो भने ।
पटक–पटक सरकारको नेतृत्वमा गएपनि नेकपाले २०५१ सालको त्यही ९ महिने सरकारले गरेका कामको ब्याजले चुनाव जितिरहेको छ । त्यसयताका कुनै सरकारले सम्झनलायक काम गरेनन् । जनताको मन जित्ने मामिलामा अहिलेका अर्थमन्त्री युवराज खतिवडा सबैभन्दा बढी चुकेका छन् ।
चुनाव लड्न जानुनपर्ने र जनताप्रति उत्तरदायी बन्नु नपर्ने कारण खतिवडाले जनताको आवश्यकता सम्बोधन गर्न नसक्ने बजेट ल्याएको भन्दै स्वयं नेकपाका सांसदहरूले यसको विरोध गरे ।
बजेटमाथिको छलफलमा भाग लिँदै सांसद नवीना लामाले अर्थमन्त्रीको बजेट मुला रोपेर आलु फलाउने गफ दिएको जस्तो भन्दै अर्थमन्त्रीको आलोचना गरेकी थिइन् ।
‘शायद अर्थमन्त्रीज्यूले चुनावमा लड्नुपर्दैन भनेर यस्तो बजेट ल्याउनुभयो तर, पार्टी र सरकारको विचारधारालाई संकटमा पार्न हुँदैनथ्यो,’ जेठ २५ गते सांसद लामाले संसद्मा भनेकी थिइन् ।
न्युन आर्थिक हैसियत भएका मध्यम वर्ग र आर्थिक विपन्नप्रति अर्थमन्त्री खतिवडा विगतका अर्थमन्त्रीभन्दा निर्मम बने ।
‘स्केन्डिभिनियन मुलुकमा जस्तो जसरी भएपनि कर असुल्नमै उहाँको ध्यान गएको देखियो, जनतालाई राहत र सहुलियत दिने कुरामा अर्थमन्त्री निरंकुश बन्दै जानुभयो,’ अर्थमन्त्रीको कार्यशैलीप्रति रुष्ट नेकपाका एक सांसद भन्छन् ।
नेपालको अर्थतन्त्रबारे खतिवडाको ज्ञान किताबको स्याउजस्तो भएको ती सांसदले टिप्पणी गरे । ‘अर्थमन्त्री खतिवडाकै कारण आगामी चुनावमा नेकपाले नराम्रो धक्का बेहोर्नुपर्ने अवस्था आउन सक्छ,’ ती सांसदले थपे ।
सहयात्री मन्त्रीहरूका कारण पनि प्रधानमन्त्री ओली आलोचना र विवादको भुमरीमा फसे । पछिल्लोपटक स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका कारण ओली सरकार झनै विवादको भुंग्रोमा पर्यो । गुठी विधेयकदेखि राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेशका कारण सरकार आलोचनाको चौघेरामा पर्यो ।
'सरकारका कामको पार्टीले स्वामित्व नलिँदा जनतामा निराशा'
नेकपा केन्द्रीय सदस्य एवं पूर्वमन्त्री आनन्द पोखरेल सरकारले गरेका राम्रा कामको पार्टीले स्वामित्व नलिँदा सरकारका राम्रा काम छायाँमा परेको दाबी गर्छन् । ‘संघीयता कार्यान्वयनका क्रममा तीन तहका सरकारलाई समन्वय गरेर अगाडि बढ्नुपर्ने चुनौतीको सामना गर्दागर्दै केही समय बित्यो । सरकारको कामले गति लिने बेलामा विभिन्न चुनौती आइलागे,’ पोखरेलको विश्लेषण छ ।
पार्टीभित्रको विवाद, कोरोना संकट र भारतसँगको सम्बन्धमा प्रतिकूलताका कारण सरकारको स्पीडमा ब्रेक लागेको पोखरेलको बुझाइ छ । ‘चौतर्फी घेराबन्दीका बावजुद सरकारले अतिक्रमित नेपाली भूमिमा आफ्नो स्वामित्व स्थापित गर्नका लागि कदम चाल्यो, वर्तमान सरकार र संसद्का लागि यो ठूलो उपलब्धि हो,’ पोखरेल भन्छन् ।
संसद्मा दुईतिहाइको सुविधाजनक बहुमत हुँदा पनि वामपन्थी सरकारले जनताको मन जित्न किन सकेन भन्ने प्रश्नमा पोखरेलको जवाफ छ, ‘सरकारले गरेका राम्रा कामको पार्टीले स्वामित्व नलिइदिँदा जनताले थाहा पाउन सकेनन् ।’
'कम्युनिस्ट नेताहरू अरूको भरिया बने'
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारी नेकपाले जनतासँग जुन वचनबद्धता व्यक्त गरेर मत मागेको थियो त्यसको नजिकसम्म पनि सरकार पुग्न नसकेको टिप्पणी गर्छन् ।
‘सरकार बनाउनुभन्दा पहिले निर्वाचनको समयमा जनतासँग जुन वचनबद्धता व्यक्त गरेर मत मागेका थिए त्यसको नजिकसम्म पनि सरकार पुग्न सकेन । सीमा, डुबान, कोरोना, भ्रष्टाचार र महंगीले जनता अप्ठ्यारोमा परेको समयमा कम्युनिष्ट नेताहरू अरूको भरिया बनी आन्तरिक झगडामा लागेका छन्, भण्डारीले लोकान्तरसँग भने ।
भण्डारीले ओलीमा केही गरौं भन्ने इच्छाशक्ति भएपनि पखेटा (सरकारका मन्त्री) छनौट सही नभएको बताउँदै आएका थिए ।
नेकपाभित्र विवाद चर्केको समयमा पनि भण्डारी ओलीको विकल्प खोज्न नहुने बताउँछन् ।
‘सर्वहाराको सरकार आफ्नो परिवार तथा गुट र उपगुटलाई बलियो बनाउने बाटोमा लागेको छ, तथापि सरकारले यस समयमा जुन नक्सा जारी गरेको छ, त्यो राष्ट्रिय स्वाभिमानका लागि गौरव हो,’ भण्डारीको टिप्पणी छ ।
कुनै राजनीतिक संक्रमण वा अवरोध नभएको समयमा मन्त्रीहरूबीच कसले राम्रो काम गर्ने भनेर प्रतिस्पर्धा हुनुपर्ने हो । तर, विडम्बना ! सहज राजनीतिक अवस्थामा पनि झन्डै एक वर्षसम्म सरकारमा रहेका अधिकांश मन्त्रीको कार्यप्रगति ...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...