नेपालसँग सीमा जोडिएको भारतको बिहारमा एकैदिनमा कोरोनाका चार हजार संक्रमित थपिए

नेपालको तराईका जिल्लासँग सीमा जोडिएको भारतको विहार राज्यमा कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ।

राज्य सरकार अन्तर्गतको स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ बिहीबार मात्र ४ हजार जनामा कोरोना पुष्टि भएको छ। यससँगै बिहारमा कोरोना संक्रमितको संख्या ३३ हजार ९ सय १६ पुगेको छ।


Advertisement

संघीय स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा भारतमा अहिलेसम्मकै सबैभन्दा बढी ६६ हजार ९९९ व्यक्ति कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म सङ्क्रमितको सङ्ख्या झण्डै २४ लाख पुगेको छ भने छ लाख ५० हजारभन्दा बढी व्यक्ति अहिले पनि कोभिड सङ्क्रमित छन् भने करिब १७ लाख सङ्क्रमणमुक्त भएका सरकारी तथ्याङ्क छ।


Advertisement

 भारतमा बिहीबारसम्ममा ४७ हजार ३३ व्यक्तिको कोरोना भाइरसको महामारीका कारण मृत्यु भएको छ 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्