रौतहटमा स्थानीयसँगको झडपमा प्रहरीले १४ राउण्ड हवाई फायर गर्‍याे

रौतहटमा प्रहरी स्थानीयबीच झडप भएको छ। झडपलाई काबुमा ल्याउन प्रहरीले १४ राउण्ड हवाई फायर समेत गरेको छ।

बिहीबार दिउँसो राजपुर नगरपालिका-६ स्थित कुडियामा भारतबाट अवैध भैंसी ल्याइएको भन्दै प्रहरीले नियन्त्रणमा लिन खोजेको थियो। तर, यो क्रममा दुबै पक्षबीच झडप हुँदा १४ राउन्ड हवाई फायर गर्नु परेको रौतहटका एसपी रविराज खड्काले बताए। 


Advertisement

झडपमा चार जना प्रहरी घाइते भएका छन्। प्रहरीले भीडलाई तितरवितर पार्न ८ राउण्ड अश्रु ग्यास समेत प्रहार गरेको थियो। त्यस्तै प्रहरीले खोजेको अवैध भैंसी पनि नभेटिएको बताइएको छ।
 


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्