×

NMB BANK
NIC ASIA

ओलीबाट धोकाधडी र बदला लिने काम मात्रै भयो : प्रचण्ड

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

नेकपाका अध्यक्ष पुष्पकमल दाहालले अर्का अध्यक्ष केपी शर्मा ओलीबाट धोकाधडी, षड्यन्त्र र बदला लिने काम मात्रै भएको गुनासो गरेका छन् ।

Muktinath Bank

दाहाल–नेपाल निकटका प्रदेश ५ का केन्द्रीय सदस्यहरूको भेलालाई सम्बोधन गर्दै दाहालले अरूलाई छक्याएर, झुक्याएर आफूलाई ठूलो देखाउने ओलीको बानी रहेको र त्यसै कारण पनि पार्टी एकता प्रक्रियामा अवरोध आएको बताएका थिए । उनले ओलीले दुईमध्ये एक पदबाट राजीनामा दिनुपर्छ भन्ने आफ्नो पुरानो अडान यथावत् रहेको र बिहीबारको छलफलमा पनि त्यही कुरा दोहोर्‍याएको बताएका थिए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

बैठकमा दाहालले कुनै पनि हालतमा पार्टी नफुट्ने भन्दै तल्लो तहका कार्यकर्ताका माझमा सन्देश प्रवाह गर्न पनि भेलामा आग्रह गरेका थिए । ‘पुराना विवाद यथावत् छन्, उहाँ, उहाँकै कुरामा हुनुहुन्छ,’ दाहालले भेलामा भने, ‘पार्टी एकताका लागि भनेर हामीले उहाँको लचकता पर्खिएर बसेका छौं ।’ उनले पार्टी बैठकबाट भाग्ने प्रवृत्तिले निकास निस्कन नसक्ने बताए ।


Advertisment
Nabil box
Kumari

वरिष्ठ नेता माधवकुमार नेपालले स्वेच्छाचारी शासक बन्नकै लागि ओलीले पार्टी एकता गरेको बताए । ‘आफूलाई खास र शक्तिशाली प्रधानमन्त्री देखाउन ओलीजीले पार्टी एकता गर्नुभएको रहेछ, उहाँ अहिले कार्यकर्ताको मतको बलमा निरंकुश बन्दै जानुभएको छ,’ नेपालले भेलामा भने, ‘त्यतिखेर गलत नियतले पार्टी एकता गरेका रैछन् भनेर अहिले बुझ्दैछु ।’ सहभागी भए तापनि खनालले भने सम्बोधन गरेनन् ।

Vianet communication
Laxmi Bank

ओली पक्षले मदन भण्डारी फाउन्डेसनका नाममा तल्लो तहसम्म कार्यक्रम गरेर पार्टी फुटका लागि तयार हुन भनेपछि आफूहरूले पनि केन्द्रीय सदस्यहरूसँग छलफल गरेको नेताहरूले बताएका छन् । यसअघि बुधबार गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग दाहाल–नेपाल पक्षीय सचिवालय सदस्यहरूले छलफल गरेका थिए । उक्त छलफलमा दाहालले पार्टी कुनै पनि हालतमा नफुट्ने भएकाले ढुक्क रहन आग्रह गरेका थिए । कान्तिपुर दैनिकमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

मंसिर २५, २०८०

अस्पतालले मृत घोषणा गरी १५ घण्टासम्म शवगृहमा राखेर अन्तिम दाहसंस्कारका लागि घाट लैजान लागेका एक व्यक्ति जिवितै रहेको पाइएको छ। विराटनगरस्थित मेट्रो न्युरो अस्पतालले मृत्यु प्रमाणपत्रसमेत बनाएर १५ घण्टासम्म शवगृहमा...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x