सिन्धुपाल्चोकको लिदीमा सुख्खा पहिरो, २५ घर पुरिएको आशंका

तस्वीर सौजन्य : झिल्को डटकम

सिन्धुपाल्चोकको जुगल गाउँपालिका दुई लिदीमा सुख्खा पहिरो जाँदा २५ घर पुरिएको आशंका गरिएको छ । 

बिहान ६ बजेदेखि साढे ६ बजेको समयमा गएको सुख्खा पहिरोले २५ घरहरू पुरिएको  जुगल गाउँपालिकाका अध्यक्ष होम नारायण श्रेष्ठले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

उनका अनुसार केही घाइतेहरूलाई पहिरोबाट निकालिएको छ । 

यता केही घरहरू पुरिएको भएपनि कति पुरिएको हो यकिन भइनसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रवक्ता डीएसपी माधव प्रसाद काफ्लेले लोकान्तरलाई जानकारी दिए ।


Advertisement

बिहान ६ बजेदेखि साढे ६ बजेसम्मको अवधिमा पहिरो गएको हो । 

जिल्ला प्रहरी कार्यालयबाट घटनास्थलतर्फ टोली जाँदै गरेको उनले बताए । प्रहरी कार्यालयबाट घटनास्थल करिब १८ किलोमिटर पैदल हिड्नुपर्ने डीएसपी काफ्लेले जानकारी दिए । 

घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्