सिन्धुपाल्चोक पहिरो अपडेट : ३६ जना बेपत्ता, ५ जनाको अवस्था गम्भीर

सिन्धुपाल्चोकको जुगल गाउँपालिका वडा नम्बर २ लिदीमा शुक्रवार गएको भीषण पहिरोमा परी ३६ जना बेपत्ता भएका छन् ।

शुक्रवार बिहान गएको पहिरोमा परी ३६ जना बेपत्ता भएको सभामुख अग्नि सापकोटासँगै घटनास्थलमा पुगेका उनका प्रेस सल्लाहकार श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।


Advertisement

'सभामुखसहित लिदीमा । ३६ जना पुरिएर बेपत्ता । कसैको सब निकालिएको छैन । ५ जना गम्भीर घाइतेहरूलाई चौतारा लगियो,' न्यौपानेले फेसबूकमा लेखेका छन् ।

लिदी गाउँका १३ घर पुरिएको र केही थप घर जोखिममा रहेको जानकारी प्राप्त भएको गाउँपालिका उपाध्यक्ष सिर्जना तामाङले जानकारी दिइन् ।​


Advertisement

पहिरोले लामा गाउँ पुरिँदा १३ घरमा पूरै क्षति भएको, १५ जना घाइते आफैं निस्किएर बाँचेको स्थानीय आशबहादुर तामाङले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले घटनास्थलमा सेना र प्रहरीलाई पठाएको जानकारी दिए ।

हेर्नुहोस्, केही तस्वीर :

तस्वीर सौजन्य : सभामुख सापकोटाका प्रेस सल्लाहकार न्यौपानेको फेसबूक

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्