बालुवाटारमा ओली-प्रचण्ड छलफल

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच प्रधानमन्त्री निवास बालुवाटारमा छलफल शुरू भएको छ । 

शुक्रवार बिहान पौने ११ बजेदेखि छलफल शुरू भएको बालुवाटारनिकट स्रोतले बतायो ।


Advertisement

लामो समयदेखि संवादहीनताको स्थितिमा रहेका नेकपाका अध्यक्षद्वयबीच बिहीवारदेखि भेटवार्ता सुचारु भएको थियो । 

शीर्ष नेताबीचको विवादका कारण गत असार १० गतेदेखि बोलाइएको स्थायी कमिटी बैठक चल्न सकेको छैन । 


Advertisement

बिहीवारको छलफल सकारात्मक रहेको र संवादलाई निरन्तर जारी राख्ने विषयमा दुवै अध्यक्षहरू सकारात्मक रहेको संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले लोकान्तरलाई बताए । 

आजको छलफलले केही सकारात्मक निष्कर्ष निकाल्ने उनको भनाइ छ । 

'हामीले जे–जे गर्ने हो गर्नुस् भनेर दुवै अध्यक्षलाई छोडिदिएका छौं,' नेम्वाङले भने, 'सबै कुरा सकारात्मक ढंगले अघि बढिरहेको छ ।'

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्