बदनाम भारतीय टेलिभिजन समाचार च्यानलहरू, लिए व्यक्तिको ज्यान

भारतका निजी टेलिभिजन समाचार च्यानलमा हुने चर्को बहसले संसारभरि बदनामी कमाएको छ । यस बहसले एकजनाको ज्यान लिएको भनी सामाजिक सञ्जालमा चर्चा हुन थालेको छ । 

विपक्षी दल कांग्रेसका प्रवक्ता राजीव त्यागीको एक टीभी च्यानलको डिबेटमा सहभागी भएको केही समयपछि हृदयघातका कारण मृत्यु भएको हो । त्यसपछि टीभी च्यानलहरूमा हुने बहसमा आक्रामकताका विषयमा चर्चा सामाजिक सञ्जालमा हुन थालेका छन् । 


Advertisement

सन् १९९० मा निजी व्यवसायलाई भारतमा सहज बनाइएपछि निजी टीभी समाचार च्यानलहरूको बाढी आयो । यिनीहरूको कन्टेन्टमा नियन्त्रणका लागि सरकारले बनाएको नियम सन् २०११ मा मात्र लागू गर्न सक्यो ।

त्यतिखेर इन्डियन ब्रोडकास्टिङ फेडरेसनले ब्रोडकास्टिङ कन्टेन्ट कम्प्लेन्ट्स काउन्सिल गठन गर्‍यो । 


Advertisement

यसलाई भारतीय प्रेस काउन्सिल जस्तै गरी विकसित गरियो र टीभी च्यानलका प्रतिनिधिहरूलाई सदस्यका रूपमा नियुक्त गरियो । 

यसपछि अहिलेसम्म पनि टीभी च्यानलहरूमा हुने बहसको विषयमा चर्चा जारी छ । 

कांग्रेस पार्टीका प्रवक्ता तथा सर्वोच्च अदालतका वकिल जयवीर शेरगिलले सूचना तथा प्रसारण मन्त्री प्रकाश जावडेकरलाई एक पत्र लेख्दै मिडिया संस्थानहरूका लागि एड्भाइजरी जारी गर्न अनुरोध गरेका छन् । आचारसंहिता लागू गरेर सनसनीपूर्ण, निन्दात्मक र विषाक्त टीभी डिबेटलाई नियन्त्रण गर्न उनले आग्रह गरेका हुन् । 

कुनै पनि एंकरले लक्ष्मणरेखा ननाघोस् भनी आचारसंहिता सुनिश्चित गर्न उनले भनेका छन् । 

धेरै मानिसहरूलाई निजी च्यानलमा हुने बहसको स्तर लगातार खस्किरहेको लागेको छ । 

केही वरिष्ठ पत्रकारहरूले टीभी च्यानलमा हुने बहसलाई भालेजुधाइ नाम दिएका छन् ।

वरिष्ठ पत्रकार उर्मिलेश एक सरकारी टीभी च्यानलमा बहस चलाउँथे । उनी राजनीतिक विश्लेषण गर्नका लागि प्यानलिस्टका रूपमा निजी टीभी च्यानलहरूमा जाने गरेका छन् । 

उनका अनुसार, भारतमा समाचार प्रसारण गर्ने निजी टीभी च्यानलहरूमध्ये अधिकांशले सूचना तथा संवाद बाहेक अन्य सबै कुरा देखाइरहेका छन् । 

समाचार प्रस्तुत गर्ने र बहस आयोजना गर्ने क्रममा अराजकता र सतहीपना स्पष्ट देखिन थालेको छ । 

टीभी च्यानलहरूले मानिसलाई मन पर्ने कन्टेन्ट देखाउने गरेको बताउँदै आएका छन् । यसमा टीआरपी रेटिङ्सको पनि ठूलो भूमिका छ र तिनले कार्यक्रमको लोकप्रियता बताउँछन् । तिनै रेटिङ्सका आधारमा संस्थाको कमाइ निर्भर रहन्छ । 

राष्ट्रिय स्वयंसेवक संघका विचारक सन्दीप महापात्रका अनुसार, बहस भनेको आफ्नो कुरा राख्ने र अरूलाई पनि आफ्नो कुरा राख्ने अवसर दिने हो । तर एउटा बहसमा १२ जना सहभागी हुँदा आरजकता आउँछ ।
आफूले यस्ता बहसमा भाग लिन छोडेको उनी बताउँछन् । 

टीभी च्यानलको कन्टेन्टमा नियन्त्रण गर्न नसकिने किनकि त्यसो गर्न खोज्दा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहारका रूपमा हेरिने उनको भनाइ छ ।

राष्ट्रिय जनता दलका प्रवक्ता मनोज झाले टीभी बहसमा भाग लिँदाको असर मानसिक स्वास्थ्यमा पर्न थालेको छ । यस्ता बहसले घृणाको प्रदर्शन मात्र गर्ने गरेको र मानिसहरूको दिमागमा विष घोल्ने गरेको छ । 

एजेन्सी
एजेन्सी

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्