कोरोना महामारीका बीच बै‌ंक चलाउन मापदण्ड : कर्मचारीलाई तनाव हुन नदिन 'अनलाइन योग' गराउनुपर्ने, केके छन् अरू ? [हेर्नुहोस् निर्देशिका]

नेपाल राष्ट्र बैंकल कोरोना भाइरसको महामारीका बीच बैंक तथा वित्तीय संस्था सञ्चालन गर्न ‘कोभिड १९ संक्रमण जोखिमको व्यवस्थापन र बैंकको सेवा सुचारु राख्ने कार्ययोजना, २०७७’ जारी गरेको छ । 

मापदण्डअनुसार बैंकका सञ्चालक तथा कर्मचारीलाई कोरोना संक्रमण भएमा बैंक आफैंले खर्च व्यहोर्ने गरी परीक्षण गराउनुपर्ने छ । 


Advertisement

मापदण्डमा भनिएको छ,‘संक्रमित सञ्चालक’कर्मचारीलाई अस्पताल वा होटल (आइसोलेसनमा) राख्ने व्यवस्था गरी उपचार गराउने । जसका लागि बैंकले खर्च व्यहोर्ने गरी होटल र अस्पतालसँग तत्काल सम्झौता गर्ने ।’

यस्तै, बैंकले संक्रमित सञ्चालक वा कर्मचारीको सम्पर्कमा आएका अन्य कर्मचारीलाई आवश्यकताअनुसार होटल क्वारेन्टाइनमा राख्नुपर्ने छ ।


Advertisement

संक्रमित सञ्चालक वा कर्मचारी र संक्रमितसँग प्रत्यक्ष सम्पर्कमा आएका कर्मचारीलाई बिना भत्ता काज र क्वारेन्टीनका लागि वर्क फर्म होम प्रदान गर्न पनि बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देश गरेको छ । 

कार्यालयमा सामाजिक दूरी कायम गर्न पनि मापदण्डमा भनिएको छ ।  

यस्तै कोरोना संक्रमणबाट उत्पन्न हुने मानसिक तनावलाई व्यवस्थापन गर्न अनलाइन माध्यमबाट योग तथा परामर्श दिने व्यवस्था गर्न पनि बैंकलाई निर्देशन गरिएको छ । 
 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्