अपडेट : लिदी पहिरोमा पुरिएको ५ को शव भेटियो, अझै ३३ जना बेपत्ता !

जुगल गाउँपालिका– २ गोल्चे, लिदीमा शुक्रवार बिहान खसेको पहिरोमा परी मृत्यु भएका पाँच जनाको शव फेला परेको छ ।

पहिरोमा परेकामध्ये अझै ३३ जना बेपत्ता छन् । पहिरोले ३५ घर ध्वस्त भएका छन् ।  पहिरोमा परी घाइते भएका १४ जनाको उद्धार गरिएको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।


Advertisement

पहिरोमा पुरिएका पाँच शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रज्वल महर्जनले जानकारी दिए ।

घाइतेको उद्धार जारी छ । पहिरोबाट निकालिएका घाइतेलाई हेलिकप्टरमार्फत चौतारा र काठमाडौं पठाइएको उनले बताए ।


Advertisement

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्