×

NMB BANK
NIC ASIA

'जोखिममा छौं' भनेर प्रदेशदेखि केन्द्रसम्म गुहार्दा कसैले सुनेन, अन्ततः उजाडियो लिदी गाउँ !

साउन ३०, २०७७

NTC
Sarbottam
Premier Steels
Marvel

शुक्रवार बिहानको भीषण पहिरोले सिन्धुपाल्चोक जुगल गाउँपालिकास्थित लिदी गाउँ पुर्दा ३८ जना बेपत्ता भएका छन्, ४ जनाको शव फेला परेको छ ।

Sagarmatha Cement
Muktinath Bank

निरन्तर परेको पानीसँगै खसेको पहिरोले लामा गाउँका ३७ घर पूर्ण रूपमा पुरिएका छन् । घटनास्थलमा अहिले प्रहरी, सेना तथा स्थानीय उद्धारमा खटिएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सिन्धुपाल्चोक सदरमुकाम चौताराबाट करीब एक दिनको पैदल यात्रापछि मात्रै पुगिने साबिक गोल्चे गाविसको लिदी गाउँ जिल्लाकै विकट गाउँको रूपमा परिचित छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication
Laxmi Bank

७२ घरपरिवार रहेको लिदी गाउँमा गत माघ १६ गते पहिलोपटक बिजुली बत्ती पुगेको थियो । यस गाउँले गत हिउँदमा मात्रै सडकसँग नाता जोड्न पाएको थियो ।

बिजुली बत्तीले ल्याएको उत्साह र सडक जोडिएसँगै छाएको उमंग लिदीवासीका लागि धेरै समय टिकेन । 

पानी रोकिएपछि बिहानको मिरमिरेमै आएको पहिरोले धरै वर्षपछि साकार भएको सडक र बिजुलीसँग घुलमिल हुने सपना चुडेर लग्यो भने पुरै लिदी गाउँ शोकमा डुबेको छ ।      

हिउँदको समयमा मात्रै ट्रक र मोटरसाइकल आवतजावत हुने लिदी गाउँमा  अहिलेसम्म नियमित यात्रुबाहक सवारीसाधन चल्न सकेको छैन ।

सोलार बत्ती हटाएर बिजुली बत्तीसँग राम्ररी परिचित हुन नपाउँदै यहाँका ३७ घर परिवारले ठूलो क्षति बेहोरेका छन् ।

निम्न आर्थिक अवस्था भएका यहाँका स्थानीयसहित वडा अध्यक्षले बस्ती जोखिममा रहेको भन्दै केही महिनादेखि पटक–पटक बस्ती स्थानान्तरणको माग राख्दै जिल्लादेखि प्रदेश हुँदै केन्द्रसम्म निवेदन दिएका थिए । 

केही हप्ताअघि मात्रै सोही ठाँउमा आएको पहिरोले चार घरमा क्षति पुर्‍याएको वडा अध्यक्ष प्रताप लामाले बताए । पहिरोले चार घरमा क्षति पुर्‍याएपछि बस्ती जोखिममा परेको भन्दै गाउँलेले स्थानान्तरणको माग राखेका थिए । 

निम्न आर्थिक अवस्था भएका सर्वसाधारणले आफ्नै पहलमा तत्काल बस्ती सार्न सक्ने सम्भावना थिएन । वडाध्यक्ष लामाले भावुक भावुक हुँदै भने, ‘जाने ठाउँ कतै नभएपछि पटक–पटक जोखिम भयो, बस्ती सारिदिनुपर्‍यो भन्दै जिल्ला हुँदै केन्द्रसम्म निवेदन दियौँ कसैले सुनेन र आज यो क्षति बेहोर्नुपर्‍यो ।

लिदीवासीले समयमै गराएको जानकारीका बेवास्ता गर्दा यहाँका स्थानीयले ठूलो प्राकृतिक विपत्तिको सामना गर्नु परेको लामाको गुनासो छ । 

पहिरो खसेको ठाँउमा हालसम्म कुनै पनि मेसेनरी औजारको प्रयोग नभएको भन्दै पहिरो जानुमा बलेफी ‘ए’ हाइड्रोले खनेको सुरुङप्रति पनि स्थानीयले आशंका गर्न थालेका छन् । 

केही वर्षअघि हाइड्रोले सुरुङ खन्न गरेको ब्लास्टिङका कारण पूरै गाउँ नै कम्पन हुँदा यसबाट क्षति हुने भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकमा ज्ञापनपत्र समेत बुझाएका थिए । 

तस्वीर : सभामुख अग्नि सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपाने ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x