कात्तिक २१, २०८०
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेकपाको एकता अक्षुण रहने बताएका छन् ।
शुक्रवार गठन गरिएको कार्यदलको संयोजकसमेत रहेका महासचिव पौडेलले सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपामा विग्रह नहुने बताएका हुन् ।
उनले दुईजना अध्यक्षले आफ्नो अधिकारको प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गरेको र कार्यदलले पार्टीभित्रको समस्याको अध्ययन गरेर सुझावका रूपमा प्रतिवेदन पेश गर्ने बताए ।
‘दुईजना अध्यक्षले आफ्नो अधिकारलाई प्रयोग गर्दै ६ सदस्यीय कार्यदल गठन गर्नुभएको छ,’ उनले भने, ‘कार्यदलले पार्टीभित्रको समस्या के हो त्यसलाई अध्ययन गरेर छिटै प्रतिवेदन पेश गर्नेछ । त्यो प्रतिवेदन समेतलाई आधार मानेर अध्यक्षद्वयले समाधानका प्रस्तावहरू पार्टीको औपचारिक निकायमा प्रस्तुत गर्नुहुनेछ ।’
उनले नेकपामा विग्रह नहुने र पार्टी एकताबद्ध भएर अघि बढ्ने बताए । ‘नेकपामा विग्रह हुँदैन । एकताबद्ध भएर अघि बढ्छ । नेकपाको एकता अक्षुण रहन्छ । नेकपाभित्र खेल्ने व्यर्थका कोशिसहरू नगरे हुन्छ,’ उनले भने ।
शुक्रवार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भएको छलफलमा कार्यदल गठन गर्ने निर्णय भएको थियो । पार्टीभित्रको समस्या समाधान गर्न सुझाव सहित प्रतिवेदन दिने म्यान्डेट उक्त कार्यदललाई दिइएको छ ।
कार्यदलमा महासचिव पौडेल, प्रदेश ५ का मुख्यमन्त्रीसमेत रहेका स्थायी कमिटी सदस्य शंकर पोखरेल, जनार्दन शर्मा, पम्फा भुसाल, सुरेन्द्र पाण्डे र भीम रावल रहेका छन् ।
यससँगै महिनौंसम्म डेडलकमा रहेको पार्टीको समस्या समाधान हुने अपेक्षा गरिएको छ ।
गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ । बाँचेकाहरू शोक र पीडामा छन् । ...
गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ । ...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...