ललितपुर सीडीओको आदेश – अबको दुई सातासम्म यी काम गर्न पाइनेछैन

ललितपुर जिल्ला प्रशासन कार्यालयले शुक्रवार राति १२ बजेदेखि शुरू हुने गरी भीडभाड, सभा जुलुश नगर्न निषेध गरेको छ ।

प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले एक आदेश जारी गर्दै जात्रा महोत्सव, नित्य पूजाबाहेकका सम्पूर्ण धार्मिक कार्यक्रमहरू, स्वास्थ्य मापदण्ड विपरितका क्रियाकलापहरू, चाडपर्वलगायत धार्मिक सांस्कृतिक कार्य, शैक्षिक संस्था सबै प्रकारका तालिम गोष्ठीहरू गर्न नपाइने जनाएका छन् ।


Advertisement

कोरोना संक्रमण बढ्दै गइरहेको सन्दर्भमा जनस्वास्थ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मध्यनजर गरी कोभिड १९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि तत्काल थप सतर्कता अपनाउनका साथै नेपाल सरकारले जारी गरेको स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्ने गराउने सन्दर्भमा ३० गते राति १२ बजेदेखि १५ गते राति १२ बजे सम्मका लागि यी गतिविधि गर्न निषेध गरिएको उनले जारी गरेको पत्रमा उल्लेख छ ।

हेर्नुहोस् आदेशको पत्र -


Advertisement

 

लोकान्तर संवाददाता
लोकान्तर संवाददाता

लेखकबाट थप...

कमेन्ट गर्नुहोस्