×

NMB BANK
NIC ASIA

कोरोनाविरुद्ध आयुर्वेदिक उपचार : सात दिनमै निको भए सङ्क्रमित

साउन ३१, २०७७

NTC
Sarbottam
तस्वीर सौजन्य : गोरखापत्र दैनिक
Premier Steels
Marvel

आयुर्वेद चिकित्साप्रति मानिसको विश्वास गुमिरहेको समयमा कोरोना सङ्क्रमण भएका बिरामीलाई भने आयुर्वेदिक औषधिले फाइदा गरेको छ ।

Muktinath Bank

कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रमा भर्ना भएका कोरोना सङ्क्रमित ३३ जना सात दिनमै निको भएर घर गएका छन् । अरु पनि निको भएर जाने क्रम बढ्दो छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आयुर्वेद अनुसन्धान अस्पतालका अनुसन्धान अधिकृत डा. अमितमान जोशी भन्छन्, 'आयुर्वेदिक औषधिमा विभिन्न रोगप्रतिरोध क्षमता बढाउने जडीबुटीको प्रयोग हुने भएको कारण कोरोनासँग लड्न सक्ने क्षमता चाँडो विकास भई निको भएको हो ।'


Advertisment
Nabil box
Kumari

उहाँका अनुसार कोरोना सङ्क्रमणका कारण भर्ना भएपछि आयुर्वेद विज्ञ चिकित्सक टोलीबीच छलफल गरी श्वासप्रश्वाससम्बन्धी रोगमा प्रयोग हुने र रोग प्रतिरोधी क्षमता बढाउने जडीबुटी मिलाएर बनाइएको औषधि सेवन गर्न दिइएको थियो । त्यसको सात दिनपछि पीसीआर परीक्षण गराउँदा सबैको रिपोर्ट नेगेटिभ आएको डा.जोशीले जानकारी दिए।

Vianet communication
Laxmi Bank

कोरोना सङ्क्रमण पुष्टि भएपछि भक्तपुरकी २२ वर्षीय नर्स कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान अस्पतालमा भर्ना हुनुभयो । आफूले बिरामीलाई एलोपेथिक औषधिमात्र सेवन गर्न दिने गर्ने गरको उहाँले कहिले पनि आयुर्वेदिक औषधि प्रयोग गर्नुभएको थिएन । आयुर्वेदिक चिकित्सकहरूको सल्लाहबमोजिम सोही औषधि सेवन गरको र अहिले आफूलाई समस्या नभएको बताए।

आफू १० दिनमा डिस्चार्ज भएको जानकारी दिँदै दैनिक तीन पटक दुई वटा औषधि खाएकाे र त्यसैले काेरोनालाई सजिलै जित्न सकेकाे उनले बताए। 'अहिलेसम्म पनि कुनै पनि नराकात्मक असर देखा परेको छैन भने मैले आफ्नो नर्सको ड्युटी पनि समालिसकेको छु,' उहाँले भने ।

उनी मात्र होइन बाग्लुङका ३५ वर्षीय जङ्गबहादुर केसीलाई पनि कोरोनालाई जित्न आयुर्वेदिक औषधिले धेरै मद्दत गरेको बताउँछन्। कतारबाट नेपाल आएको केसी भक्तपुरस्थित राधेराधेमा होल्डिङ सेन्टरमा बसेपछि पीसीआर टेस्ट गराउँदा पोजिटिभ देखेको थियो । खासै कुनै कोरोनाको लक्षण नदेखिएको र उनले अस्पतालमा हुँदा तातो पानीमा बेसार र नुन हालेर दैनिक रुपमा खान्थे ।

केसी भन्छन्, 'अस्पतालको व्यवस्था धेरै राम्रो छ । कोठा तातो पानीको व्यवस्था थियो र दैनिक रोग प्रतिरोधात्मक शक्ति बढाउने आयुर्वेदिक औषधि दिनको तीन पटक खान दिन्थ्यो ।' 

आठ दिनमा नै कोरोनाको रिपोर्ट नेगेटिभ आएपछि घर फर्केको जानकारी दिँदै थपे, 'हाल हर्बल चिया र चेवनप्रासको सेवन गरिरहेको छु । अहिले म आफूलाई स्वस्थ्य र बलियो पनि महसुस गरिराखेको छु ।'

गत असार २५ र २६ गते भर्ना भएका उनीहरू एक हप्तामै डिस्चार्ज भएको अस्पतालले जनाइएको छ । डा.जोशीले पहिलोपटक भर्ना भएका २० जना कोरोना सङक्रमित व्यक्तिहरू सबै डिस्चार्ज भएकाे बताउनुभयो । त्यसलगत्तै दोस्रोपटक पनि २० जना भर्ना भएकाे थियाे । जसमा १४ जना डिस्चार्ज भइसकेको जानकारी दिए।

आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्रका चिकित्सक तथा कोभिड-१९ का संयोजक डा. जितेन्द्र श्रेष्ठले हाल अस्पतालमा १६७ जना रहेको जानकारी दिँदै थपे, 'पुरुष १२१ र महिला ४७ जना उपाचारमा रहनुभएको छ । उहाँहरूलाई पनि सोही औषधिको प्रयोग गरिरहेका छाैँ । सबैको अवस्था सामान्य नै रहेको छ ।'

अहिलेसम्म दुई जनालाई गङ्गालाल अस्पताल र एक जनालाई आइसियुको लागि टेकु पठाइएको उनले बताए ।

भर्ना भएकामध्ये तीन जनामा मात्र सामान्य रुघाखोकी, श्वास फेर्न गाह्रो हुने र ज्वरो आउनेजस्ता मध्यम लक्षण देखिएका थिए भने अरूमा खासै लक्षण नदेखिएकाे डा. श्रेष्ठले जानकारी दिए।

उनका अनुसार भर्ना भएका सबैलाई स्वस्थ पार्ने विषयमा केन्द्रका विज्ञ चिकित्सकबीच छलफल गरी सङ्क्रमितलाई विभिन्न आयुर्वेदिक औषधि दिइएको हो ।

टोलीमा काया चिकित्सक, पोषणविद्, द्रव्यगुण चिकित्सक, शल्यविज्ञलगायत मिलेर औषधि छनोट गरिएको थियो । डा. जोशीले सङ्क्रमितलाई शरीरको प्रतिरक्षा शक्ति बढाउन गुर्जो, पिप्ला, अश्वगन्धा, तुलसी सुतमनी, मरिजलगायत जडीबुटीबाट बनेको औषधि खुवाइएको जानकारी दिए ।

औषधिका साथै खानामा पनि ध्यान दिएको प्रष्ट पार्दै  उनले भने, 'कोरोना सङ्क्रमणलाई भिटामिन सी, खनिजमा जिङक र सेलेनियम भएको त्यसै अनुसारको खाना मिलाएर दिने गरेका छौँ ।' 

डा.श्रेष्ठ भने खाना र औषधिको साथै मेडिटेसन, सामान्य नाचगान तथा योगा गर्नको लागि मौखिक रुपमा भन्नुभएको जानकारी दिइएकाे बताए।

आयुर्वेदिक विधिबाट छोटो अवधिमै सङ्क्रमित स्वस्थ भएपछि यसलाई थप अनुसन्धानका रूपमा प्रयोग गर्ने सोच बनाइएको उनले बताए। ‘यो औषधिले कोरोना निको नै भयो भन्ने हाम्रो दाबी होइन, तर बिरामीलाई लाभ मिलेको देखिन्छ । यसमा अनुसन्धान गर्नेबारे छलफल क्रममा छौँ,’ जोशीले थपे।

डा. श्रेष्ठले  अस्पतालकाे क्षमता जम्मा २० जनाको रहेकाे तर १५० जना क्षमता भएको आइसोलेसन बनाउ भनेपछि त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अधययन संस्थान र जनस्वास्थ्य केन्द्रीय विभागको भवनमा दुई दिनमा आइसोलेसन वार्ड बनाएको जानकारी दिए।

सानो स्वास्थ्य टोली हुदाँहुदै पनि राम्रो काम भइरहेको उनले बताए ।

जनशक्तिको कमीले असहज भएको गुनासो गर्दै डा. श्रेष्ठले भने, 'स्वास्थ्य विभागले स्वास्थ्यकर्मी पठाइदिने कुरा भइरहेको छ ।' गोरखापत्र दैनिकमा यलु जोशीले खबर लेखेका छन् । 

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

मंसिर ४, २०८०

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) सँग  एकता  गर्न  नेपाल  समाजवादी  पार्टीका  अध्यक्ष डा. बाबुराम भट्टराईलाई पार्टीभित्रबाट नेताहरूले दबाब दिन थालेका छन् । पार्टीका अर्का अध्य...

माघ २२, २०८०

सहरी विकास मन्त्रालयले निर्माणाधीन धरहराको बेसमेन्टमा सवारीसाधन पार्किङ मानवीय स्वास्थ्यका दृष्टिले जोखिमपूर्ण हुन सक्ने भन्दै सचेत गराएको छ । मन्त्रालयले  त्यहाँ  आवश्यक  प्राविधिक  तयारी  ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

माघ २५, २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआइजी) अर्जुन चन्दले राजीनामा दिएको चर्चा झन्डै एक साता चल्यो तर प्रहरी प्रधान कार्यालयले चन्दको राजीनामा नभई सोमबार १० दिनको बिदा स्वीकृत ग...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x